गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं, १८ असार देशभर मनसुन सक्रिय भएकाले तीन दिनसम्म पानी परिरहने अनुमान गरिएको छ। नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै तीन दिन बिहिबार सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीले मनसुन सक्रिय हुँदा देशैभर वर्षा भइरहेको बताइन्। वर्षा देशैभर गराउन सक्ने बादल बनिरहेकोले केही दिन झरी लम्बिन सक्ने उनले जानकारी दिइन्। देशको पश्चिमी र...
गुल्मी,१४ असार । ११ वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा गुल्मीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इश्मा गाउँपालिका(२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । गत सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी गरेको भन्दै प्रहरीमा उजुरी परेकोे थियो । घटनाका बारेमा...
बागलुङ,१३ असार – ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ ।लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ुब्लकु मा पुगी शिकार खेलेका थिए। शिकारबाट ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ। पहिलो शिकार याम असोज–मंसिरमा नौ नाउर र चार झारलको शिकार भएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनका अनुसार दोस्रो शिकार याम फागुन(वैशाखमा १० नाउर र ६ झारलको शिकार गरिएको...
नेपालगन्ज, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्। यस्तै,...
नेपालगन्ज, ९ असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे जानकारी दिए । ‘एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी हामीले...
तनहुँ,१ असार। तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आज दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । ग१ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किनारमा खस्दा देवघाट गाउँपालिका–२ वैदीका ५० वर्षीय दानबहादुर ठकुरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
फलेवास, पर्वत, ३० जेठ । आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गर्नुभएको हो । घरको आर्थिक...
काठमाडौँ, १७ जेठ-सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो । सरकारले विशेषगरी राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन, रानी जमरा, कुलरिया, सिक्टा र बबई आयोजना निर्माण गरिरहेको छ । ती परियोजनाबाट सरकारले बाँके,...
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्बको बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार संघीय संसदका दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख हुने बताएका हुन् । नेपाल सरकारले हरेक जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम मंगलबार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट...
वालिङ, स्याङ्जा, १५ जेठ ।विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । “विशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखियो” विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगानाले भन्नुभयो, “यस्तो समस्या देखिएपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट आएको...