गण्डकी प्रदेशमा रहेका समाचारहरु

तरुण दलको महाधिवेसन आजदेखि पोखरामा

पोखरा, २७ कात्तिक । नेपाल तरुण दलको चौथो महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। महाधिवेशन तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ। ‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ । मानवअधिकार चोकमा उद्घाटन सत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित र्‍याली निकालिने कार्यक्रम छ...

‘पर्वतीय महोत्सव’ मङ्सिर दोस्रो हप्ता

पोखरा, २७ कात्तिक । विश्व पर्वत दिवसका उपलक्ष्यमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव आगामी मङ्सिर दोस्रो सातामा हुने भएको छ । पर्वतीय पर्यावरण संरक्षण र खेलकुद संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गरिने भएको हो । मङ्सिर १० र ११ गते हुने महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुकाँड, दोहोरीगीत, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न आकर्षण रहने सङ्ग्रहालयमा आज आयोजित छलफल कार्यक्रममा संयोजक कुशल गुरुङले...

महाभियोग प्रस्ताव पारित हुने जिकिर

पोखरा, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुखमा नै भ्रष्टाचारमा लोलुपता देखिएको र पदीय दुरुपयोग गरेकाले प्रमुख राजनीतिक दल महाभियोगको प्रस्ताव पारित गराउने टुङ्गोमा पुगेको जिकिर गर्नुभयो । ...

पूर्वविद्यार्थीद्वारा क्याम्पसलाई सहयोग

म्याग्दी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा थप र स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने उद्देश्यले आयोजित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा क्यापसका पूर्वविद्यार्थीले सहयोग गरेका छन् । महायज्ञको पहिलो सहयोग व्यवस्थापन सङ्कायको पहिलो ब्याचका पूर्वविद्यार्थीले गरेका हुन् । क्याम्पसको व्यवस्थापन सङ्काय २०६३÷६५ का विद्यार्थीले बिहीबारदेखि सुरु भएको सप्ताहव्यापी श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु एक लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेका छन् । जिल्लाको पुरानो र शैैक्षिक इतिहास बोकेको...

आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट

पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराति आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ । हङकङ बजारको ‘बि’ ब्लकमा पर्ने सबै सटर ध्वस्त भएको छ । नजिकैको अर्को व्लकका सामानमा समेत आंशिक क्षेति पुगेको छ । आगलागी भएर ध्वस्त भएको व्लकमा लत्ता कपडा, भाँडाकुँडा, जुत्ता तथा खाद्यान्नका सामानहरु रहेको सटरहरु रहेका थिए ।...

चन्दा सङ्कलन गरेर गाउँमा सडक

म्याग्दीको कुहूँ–१ खानीगाउँका स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक पु¥याएका छन् । कृषि र पशुपालनमा प्रशस्त सम्भावना भएको खानीगाउँमा सडक नपुगेका कारण आफ्नो उत्पादनले बजार नपाउनुका साथै असुविधा भएपछि स्थानीयवासीले चन्दा सङ्कलन गरेर करिब रु आठ लाखको लगानीमा तीन किलोमटिर सडक विस्तार गरेका छन् । कात्तिक दोस्रो हप्तादेखि गाउँसम्म यातायातका साधन पुग्न थालेपछि स्थानीय हर्षित भएका छन् । सडकको असुविधाका कारण सास्ती खेप्नु परेका खानीगाउँका कृषकले यस वर्ष सडक विस्तारसँगै गाउँका...

बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर फेला

झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ । दाङ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी वीरबहादुर पुलामीले बताउनुभयो । गत असार ११ गते रातिदेखि सम्पर्कविहीन रहेका ओलीको अस्थिपञ्जर घाँस काट्न पाखामा जाँदा मानिसको टाउकोजस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अस्थिपञ्जरसँगै रहेको...

सिरिब्रिफम सिवासिइस निभस रोगको बिरामी फेला

घार–५ की बरूवाल थरकी एक महिला जिल्ला अस्पतालमा आउँदा चिकित्सक छक्क परे । मानिसको छालामा हुने दिमागी आकृति जस्तै देखिएपछि केही स्वास्थ्यकर्मीले दिमाग बाहिर निस्किएको भन्दै चर्चासमेत गरे । टाउकामा घाउ पाकेको अवस्थामा आएकी बरूवाललाई हेरेपछि डा धिरेन मल्लले सिरीब्रिफम सिवासिइस निभस नामक रोग भएको पुष्टि गर्नु भयो । विश्वमै निकै कम देखिने दिमाग बाहिर निस्किएजस्तै देखिने रोगबाट ग्रसित भएकी बरूवालको टाउकामा रहेको घाउबाट फैलिएको सङ्क्रमण नियन्त्रणका लागि उपचार गरिएपनि...

खिलुङ कालिका एग्रोफार्ममा दैनिक एक लाख अन्डा उत्पादन

स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् । फार्ममा हाल कमर्सियल लेयर्स जातका एक लाख ५० हजार कुखुरा रहेका छन् । यहाँबाट दैनिक करिब एक लाख अन्डा उत्पादन हुँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताउनुभयो । “आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो...

आविष्कार केन्द्रलाई चार लाख बढी सहयोग

सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई अफगानिस्तानमा रहेका म्याग्देलीले चार लाखभन्दा बढी आर्थिक सहयोग जुटाएका छन्। हिस्तान–८ औला घर भई हाल अफगानिस्तानमा कार्यरत खमबहादुर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत चार लाख दुई हजार ८० सहयोग गरेका हुन्। पुनले अफगानिस्तानमा सङ्कलन गरेको रकम हालै महावीर पुनलाई हस्तान्तरण गरे। आदर्श मावि रिमाका प्रअ कुमार गर्बुजा र टिकोट माविका शिक्षक टेक पुनको रोहवरमा उनले रकम हस्तान्तरण गरेका हुन्। सो...