गण्डकी प्रदेशमा रहेका समाचारहरु
खिलानाथ ढकाल पोखरा, कार्तिक २९ ।नेपाल तरुण दलको पोखरामा जारी चौथो महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालाको संयुक्त संयुक्त प्यानलले उम्मेदवारी दिने भएको छ। नेता कृष्णप्रसाद सिटौला समूह भागबन्डामा पदाधिकारी टुंगो लगाउन सहमतिमा नआएपछि देउवा-पौडेलले संयुक्त प्यानल बनाउने तयारी थालेका हुन्। भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा तथा नेपाल महिला संघमा एउटै प्यानल बनाएर चुनाव लडेको देउवा-सिटौला सहयात्रा तरुण दलमा भत्किएको छ। नेविसंघमा नैनसिंह महरलाई...
२९ कात्तिक, म्याग्दी। नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि भारतीय एक्जिम बैंकबाट चार करोड डलर सहुलियतपूर्ण ऋण लिनेछ...
फलेवास (पर्वत), २९ कात्तिक । पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्ष अघिदेखि अलपत्र परेको छ । निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ । भवन अभावमा विद्यार्थी भूकम्पले भत्काएको जोखिमयुक्त बनाएको कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन् । अझै केही समयमा निर्माण सम्पन्न नभए सबै संरचना भत्काउनुपर्ने अवस्था उत्पन्न हुनसक्ने विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताउनुभयो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण सुरु भएकोे छ...
बागलुङ, २९ कात्तिक ।जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको छ । ५९ गाविस र बागलुङ नगरपालिकाका ११ वडा गरी ७० वटा दर्ता केन्द्रबाट नामावली सङ्कलन गरिनेछ । जिल्लालाई छ ‘कलस्टर’ मा विभाजन गरी नामावली सङ्कलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आइतबार निसी, बोबाङ, सुखौरा, छिस्ती, अमरभूमि र वानपा–६ मा नामावली सङ्कलन कार्य सुरु भएको छ । प्रत्येक केन्द्रमा दुई दिनसम्म मतदाता नामावली सङ्कलन गरिनेछ...
वालिङ, २८ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताउनुभएको छ । नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा उहाँले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताउनुभयो । “नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ”–सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन गरेर देशलाई अग्रगतितर्फ लैजानु पर्दछ ।” देश सङ्क्रमणकालमा रहेको अवस्थामा...
सागर राज तिमल्सिना पोखरा, कात्तिक १३। एक वर्ष अगाडि बेपत्ता भएको पोखरा अल्ट्रालाइट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीमा दुर्घटना भएको अवस्थामा फेला परेको छ। अल्ट्रालाइटका पाइलट र सवार पर्यटकको पनि मृत्यु भएको छ। २०७२ असोज २१ गतेदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट विमानका टुक्रा/टुक्रा भएको अवस्थामा भेटिएको पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनाराण श्रेष्ठले जानकारी दिए। ‘शनिबार हेलिकप्टबाट खोजी गरेका थियो,’ उनले भने, ‘माछापुच्छ्रे र अन्नपूर्ण हिमालको खोचमा देखेपछि आज सोही स्थानमा गएको हौ,’ उनले...
फलेवास (पर्वत), कात्तिक २८ । उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ। शनिबार राति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो। घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उक्त घटनामा संलग्न बलबहादुरलाई प्रहरीले पक्राउ...
सागर राज तिमिल्सिना पोखरा, कात्तिक २८। विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण पोखरा र आसपासको जन जीवन प्रभावित भएको छ । मंहगी, भष्ट्रचार र खाद्य सम्प्रभुताको विषयमा आवज उठाउँदै नेकपा माओवादीले बन्दको गरेको हो। बन्दका कारण पोखरामा सवारी साधन गुड्न सकेका छैनन् भने शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना तथा पसल बन्द छन्। भित्र रहेका पसलहरु केही मात्रमा खुलेका छन् भने फाट्फुट्ट सवारी साधन समेत चलेका छन्। लामो तथा छोटो दुरीका सवारी नचल्दा...
२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब तीन वटै चुनाव कांग्रेसले जित्नु पर्ने भन्दै गाउँ पस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा शनिबारबाट सुरु भएको नेपाल तरुण दलको अधिवेशन उद्घाटन गर्दै देउवाले भने-‘जनतालाई भ्रम फैलाउने काम एमालेले गरेको छ, कुनैपनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ, यो नेपाली कांग्रेसको अन्तिम मौका हो ।’ सबैभन्दा गतिशील शक्ति तरुण दल र नेविसंघ भएको भन्दै उनले अब जिल्ला दौडाहामा...
दमौली, २७ कात्तिक । उद्योगीमन्त्री नवीन्द्रराज जोशीले संविधान कार्यान्वयन गर्नु सरकारको मुख्य एजेन्डा भएको बताउनुभएको छ । रिपोटर्स क्लब नेपाल तनहुँद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – संविधान संशोधनको माध्यमबाट यसलाई सर्वस्वीकार्य बनाइ कार्यान्वयन गर्नेतर्फ सरकार अगाडि बढिरहेको छ । मन्त्री जोशीले २०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गर्नुपर्ने भएकाले त्यस अघि नै स्थानीय र प्रदेशको चुनाव गर्ने तयारीमा सरकार लागिपरेको छ भन्दै चैतको दोस्रो साताभित्रमा स्थानीय चुनाव गर्न सकिने...