कर्णाली प्रदेशमा रहेका समाचारहरु
काठमाडौं, १७ साउन ।नेपाल कम्युनिष्ट पार्टी नेकपाले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् । यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए...
काशीराम शर्मा,बाँके, १७ साउन । वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खोपानीको योजना ल्याउन पानीका स्रोत भने नभएका होइनन् । तर, राजनीतिक पहुँच नभएकाले धमिलो पानी पिउन बाध्य भएको बताउँछन् स्थानीयवासी । गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्माकाअनुसार नाम्रामा बस्ती बसेदेखि नै...
सुर्खेत, १३ साउन । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो। शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ । त्यसैगरी साउन १० गते दिउँसो...
जाजरकोट, १२ साउन। निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ । पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ । गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल...
काठमाडौं,१० साउन। दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । ‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि...
काठमाडौं, ९ असार – बामदेव गौतम– नेपाल कम्युनिष्ट पार्टीभित्र नेता बामदेव गौतमलाई सांसद बनाउने तयारी भएको छ । प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित गौतमलाई सांसद बनाउन पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाउने तयारी भएको स्रोतको दाबी छ । सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उप–चुनाव गराउने र गौतमलाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सहमत भइसकेका छन् । नेकपाका नेता गौतमले...
काठमाडौ , ८ श्रावण – भिड नियन्त्रण गर्नका लागि हालसम्म हानीकारक अश्रृ ग्याँस प्रयोग गरिँदै आएकोमा अब भने प्रहरी प्रधान कार्यालयले ‘वाटर क्यानन’ खरिद गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा बजेट निकासा गरी खरिद प्रक्रिया सुरु गरिएको छ। चीनको...
सुर्खेत -कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाए। उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई...
डोल्पा, ४ श्रावन ।डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफँैले गोली चलाई घाइते भएका थिए । आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी...
जुम्ला,३ श्रावण । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले काठमाडौ जान अस्वीकार गरेका छन्। कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई हप्ता बढी समय देखि आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर भएको भन्दै सरकारले बिहीबार आज बिहान डा.केसीलाई लिन हेलिकोप्टर पठाएको थियो । डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ...