कर्णाली प्रदेशमा रहेका समाचारहरु

डा केसीलाई लिन हेलिकोप्टर जुम्ला पठाइयो

नेपालगन्ज, ३ श्रावण। बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । मन्त्रालयका सचिव खगराज बरालको टोली उहाँलाई लिन गएको छ । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । गएराति प्रधानमन्त्री...

देशभरिका शान्ति समिती असार मसान्तमा खारेज हुदै

काठमाडौं,३१ असार – द्वन्द्व व्यवस्थापनका लागि भन्दै देशैभरि स्थापना भएका शान्ति समितिका कर्मचारीहरुको म्याद असार मसान्तमा सकिँदैछ । उनीहरुको म्याद थपका लागि सिफारिस गर्नुपर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोगमा दलीय झगडा चर्किएका कारण समितिका कर्मचारीहरु घर फर्कने स्थितिमा पुगेका छन् । विभिन्न जिल्लाका शान्ति समितिका सचिवहरुले सत्यनिरुपण मेलमिलाप आयोगको कार्यालयमा फोन गरेर सोध्न थालेका छन् ‘हाम्रो म्याद थपिन्छ कि कागजात र कार्यालयका सामान सिडियो कार्यालयमा बुझाएर घरतिर लागौं ? ’ आयोगका पदाधिकारीहरु...

राउटेलाई पहिलो पटक परिचयपत्र

सुर्खेत, ३१ असार – पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र...

तलबको माग गर्दै नलगाडका स्वास्थ्यकर्मीहरुद्धारा स्वास्थ्य संस्था ठप्प

जाजरकोट, ३०असार । पाँच महिना देखि तलव नपाएको भन्दै नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबार देखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिका संग तलव माग गर्दा पनि संबन्धित निकायवाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुखद भएको बताउदै चौधरीले केन्द्र सरकार र प्रदेश सरकार व्यखवर हुनु दुःखद भएको जिकिर गरे...

जताततै आफैंमा लामो इतिहास बोकेको ‘कालीमार्सी चामल’ को चर्चा

नेपालगन्ज, ३० असार । हिजोआज जताततै ‘काली मार्सी चामल’ को चर्चा चुलिएको छ । राजनीतिदेखि स्वास्थ्य क्षेत्रसम्म यसकै चर्चा परिचर्चा छ । आफैंमा लामो इतिहास बोकेको फाइदाजनक यो अन्नबाली एकाएक हिट हुन पुगेको छ । कारण तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंग हो । जुम्लाको निकै पोषिलो र अत्याधिक काव्रोहाइड्रेट प्राप्त गर्न सकिने यो चामलको...

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

काठमाडौं,२४ असार – सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्...

कर्णाली प्रदेशसभाबाट दुई वटा विधेयक पारित

सुर्खेत, २२ असार । कर्णाली प्रदेशसभाले आज दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभामा सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘गाउँसभा र नगरसभाका कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित गरियोस् भनी सभामा प्रस्ताव गर्नुभएको थियो । सभामुख राजबहादुर शाहीले कानूनमन्त्री भण्डारीको प्रस्ताव सभामा राखेसँगै सो विधेयक सर्वसम्मतले पारित भयो । त्यस्तै कानूनमन्त्री भण्डारीद्वारा पारितका लागि प्रस्तावित ‘कर्णाली...

हिल्सामा अलपत्र ३ सय बढी तीर्थालुलाई नेपालगञ्ज ल्याइयो

नेपालगञ्ज, २१ असार । नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका ३ सय बढी तिर्थालुलाई नेपालगन्ज ल्याइएको  छ । आज मात्रै १५ वटा उडान मार्फत् १ सय ८० जना यात्रुहरुलाई नेपालगन्ज झारिएको छ । खराव मौसमका कारण हिल्सा र हुम्लामा अलपत्र परेका पाँच सय बढी मानसरोवर दर्शनार्थीहरुमध्ये उनीहरुलाई नेपालगन्ज ल्याइएको हो । नेपाल नागरिक उडड्यन कार्यालय नेपालगन्जका प्रमुख प्रतापवावु तिवारीले अलपत्र यात्रुहरु ओसार्ने काम जारी रहेको जानकारी दिनुभयो । हिजो...

मप विश्वविद्यालयमा इन्जिनियरिङका विद्यार्थीको आमरण अनसन

सुर्खेत, २१ असार –  सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले आमरण असन सुरु गरेका छन् । विभिन्न ७ बुँदे माग राखेर २० दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले माग पूरा नभएपछि बुधबारदेखि अनसन सुरु गरेको हो । विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ विषयको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् । यस्तै प्रयोगात्मक कक्षा पूर्ण रुपमा सञ्चालन गरिनुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण...

कर्णाली तर्फका हवाई उडान बन्द, यात्रु अलपत्र

खजुरा, बाँके, १९ असार – निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो । नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका...