प्रदेश १मा रहेका समाचारहरु

मेडिकल कलेजले एमबीबीएस र बीडीएसमा भर्ना नलिने

काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६र७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन...

कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी,उपचारमा धौ-धौ

नेपालगन्ज । कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् ।केही दिनयता इलाम कारागारका कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित भएका हुन् ।कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ’, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको...

आफ्नै दाईलाई खुकुरी प्रहार गरि भाईले गरे आत्महत्या

नेपालगन्ज  ।  एकजना व्यक्तिले आफ्नै दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका १ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् ।दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिनुभयो । घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको...

सीडीओ साब कता तिरको….?

काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा गत बर्ष एक हजार आठ सय प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि उच्च अधिकृत सम्म रहेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका हुन्।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

आफ्नै छिमेकी वडा अध्यक्षलाई कुटपिट गरेको भन्दै अर्का वडा अध्यक्ष पक्राउ

काठमाडौं । एक जना वडा अध्यक्षले अर्का वडा अध्यक्षलाई कुटपिट गरेको आरोप पिडक अध्यक्ष पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर आफ्नै छिमेकी  वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर  ८ का अध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन्। उनले वडा नम्बर ७ का अध्यक्ष सुरेश थापालाई  कुटपिट गरेको आरोप लागेको छ। अध्यक्ष लुइँटेलले असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन्।...

‘विप्लव’ समुहद्वरा दुई बिधालयमा बम बिस्फोट

बिराटनगर ।  ‘विप्लव’ समुहले  दुई शैैक्षिक संस्थामा  बम बिस्फोट गराएको छ।  इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । शैैक्षिक संस्थामा बम बिस्फोट  गराउदा चौतर्फी बिरोध भइरहेको छ। ...

उडानकै क्रममा सिता एयरको जहाजको इन्जिन बिग्रेपछि काठमाडौंमा सकुशल अवतरण

काठमाडौं । लुक्लाबाट उडेको सिता एयरको जहाज उडानकै क्रममा एउटा इन्जिन बिग्रेपछि काठमाडौंमा सकुशल अवतरण गरेको छ।जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्।लुक्लाबाट आएको सीताको नाइनएन(एजेएचु )नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी...