उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा
प्रकाशित मिति : २०७६, २९ भाद्र आईतवार १२:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
यही अवधिमा दुई जना प्रहरी निरीक्षकको पनि जागिर गएको छ भने ५ जना प्रहरी नायब निरीक्षक, ११ जना प्रहरी सहायक निरीक्षक, २४ जना प्रहरी हवल्दार र १ सय ९५ जना प्रहरी जवान सेवाबाट हटाइएका छन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार यो अवधिमा ११ जना प्रकास पनि कारबाहीमा परेका छन् । प्रकास प्रहरी जवानपछिको पद हो ।
बर्खास्तीमा पर्नेमा एक जना प्रहरी सहायक निरीक्षक, दुईरदुई जना प्रहरी हवल्दार र जवानसहित ११ जना प्रकाश छन् ।यो अवधिमा प्रहरी प्रधान कार्यालयले १ हजार ५ सय ४४ जनालाई विभागीय कारबाही गरेको छ । विभागीय कारबाही भोग्नेमा सबैभन्दा बढी प्रहरी जवान ९ सय ८६ जना छन् । प्रहरी हवल्दारतर्फ ३ सय ३३ जना विभागीय कारबाहीमा परेका छन् भने दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले पनि कारबाही पाएका छन् ।
विभागीय कारबाही पाउनेमा दुईरदुई जना एसपी र डीएसपी (प्रहरी नायब उपरीक्षक) छन् । विभागीय कारबाहीमा नसिहत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बनलगायत पर्छ ।
प्रहरी प्रधान कार्यालयका अधिकृतहरु गलत कार्य गर्नेविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने संगठनले नीति लिएर कारबाही संख्या बढेको दाबी गर्छन् ।