प्रदेश ५मा रहेका समाचारहरु
बर्दिया।बम बिस्फोटनको घटनामा संलग्न भएको अभियोगमा बर्दिया प्रहरीले बिप्लव निकट माओवादीका बर्दिया जिल्ला इन्चार्ज सहित विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जोशीपुर गाँउपालिका वडा नं.१ बस्ने बर्ष २३ को लोकेश जोशी र अछाम पंचदेवल बिनायक नगरपालिका वडा नं.४ बस्ने बर्ष ३८ कि मिना चलाउने भन्ने मिना देबी धामी रहेका छन ।जोशी अखिलक्रान्तिकारी (बिप्लव समुह) को केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष र धामी (बिप्लब पार्टिकी बर्दिया...
नेपालगन्ज ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले शुक्रबार दिउँसो नेपालगन्जमा प्रर्दशनसहित एक घन्टा चक्काजाम गरेको छ । दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए ।आक्रमणबाट सभापति कोईरालाको बायाँ...
नेपालगञ्ज।नेकपा बाँकेले ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न नेपाली काँग्रेस बाँकेलाई आग्रह गरेको छ । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त गरेको छ । नेकपा बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रत असहमति जनाएको छ । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको...
(नरैनापुर) बाँके। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई हुलाकी सहरका रुपमा विकास गरिने बताउनुभएको छ। बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज(शुक्रबार) उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी सहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताउनुभयो । गएको आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्षभित्र सबै घरलाई फुसरहित...
नेपालगन्ज, सबिना चन्द । नेपाली कांग्रेस बाँकेले आन्दोलन सुरु गरेको छ। दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य...
नेपालगन्ज ।दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो। उक्त कार्यक्रमलाई प्रमुख अतिथी ९केद्रिय प्रतिनिधी० बिद्याप्रसाद खनालले...
नेपालगन्ज ।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी भएको आक्रमण प्रती शहरी बिकास मन्त्री मो. इस्तियाक राईले दुख ब्यक्त गर्नु भएको छ।आज बिहान पार्टी सभापति कोइराला निवास पुगेर मन्त्री राईले सभापति कोइरालालाई भेेेट्दै सबै कुराको जानकारी लिदै सभापतिलाई शिघ्र स्वास्थय लाभको कामना समेत गर्नु भएको छ। “आक्रमणकारी जो सुकै होस् , सबैलाई कारबाही हुन्छ” मन्त्री राईले भन्नुभयो।पार्टी सभापति सग कुरा गर्दै मन्त्री राईले यो युग भनेको लोकतन्त्रको युग भएकोले...
नेपालगन्ज । सरकारले नर्सिङ कलेजलाई अस्पताल निर्माणका लागि २०७४ असोज मसान्तसम्मको समय दिएको थियो । तर, कलेजले सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै अस्पताल निर्माणमा अटेरी गर्दै आइरहेका छन् । सरकारले दिएको अन्तिम समय सीमा सकिएर पनि दुई वर्ष पूरा हुन एक महीनामात्रै बाँकी छ। अझै पनि बाँकेका चार वटा नर्सिङ कलेजका आफ्नै अस्पताल छैनन् । नेपालगन्जमा रहेका भेरी कलेज अफ मेडिकल साइन्स, भेरी नर्सिङ कलेज, मध्यपश्चिम टेक्निकल स्कुल र सुष्मा...
नेपालगन्ज।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी आक्रमण भएको छ। आज नेपाली कांग्रेस बाँकेको सभापतिसहित कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्। दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्। उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन्।जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले...
बुटवल । कञ्चनपुरबाट काठमाडौं छटेेेेको बसमा आगलागी भएको छ।बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो। उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। “त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने...