प्रदेश ५मा रहेका समाचारहरु

मन्त्री राईले गर्न लागेको ल्याण्डफिल उद्घाटनमा कांग्रेस जनप्रतिनिधीद्वारा बहिस्कार
"वडा अध्यक्ष सफिक बेहनाद्वारा समेत उद्घाटन कार्यक्रम बहिस्कार  "

नेपालगञ्ज।  नेपालगञ्जको ल्याण्डफिल साइटको शहरी बिकास मन्त्री  मो. इस्तियाक राइ  द्वारा   उद्घाटन हुने कार्यक्रममा नेपाली कांग्रेस आबद्द जनप्रतिनिधिहरुले बहिस्कार गर्दैछन् ।नेपालगञ्जको हिरमिनिया बनेको ल्याण्डफिल साइटको उद्घाटन गर्ने मन्त्रीको एकल निर्णयको  विषयमा चर्को विवाद भएको छ। यसअघिको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्ने निर्णय गरेको थियो।मन्त्री राईले मेयरसँग संयुक्त...

डुडुवा गाउँपालिकाले डेंगु संक्रमणबाट बच्न सुरु गर्यो औषधी छराई अभियान

डुडुवा गाउँपालिका/ बाँके । बाँकेमा पनि डेंगुको संक्रमण देखिएपछि स्थानिय तहले सतर्कता अपनाउन सुरु गरेका छन् । स्थानीय तह मध्य डुडुवा गाउँपालिकाले डेंगु नियन्त्रणका लागि गाउँपालिका भित्र पर्ने टोल टोली र गाउँहरुमा डेंगुबाट बच्न किटनाशक औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपालिकाले वडा नम्बर १,४,५ र ६ मा औषधी छर्ने कार्य सकेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने,”डेंगुबाट बच्न गाउँपालिकाले यो अभियान थालनी गरेको छ, आशा छ यसबाट...

सहकारी संस्थाको ‘रकम अपचलन’ मुद्दा प्रभावित पार्न डिएसपी सापकोटाको सरुवा, डिएसपी सिंह आउँदै

नेपालगन्ज। नेपालगन्जस्थित एक सहकारी संस्थाको ‘रकम अपचलन’ सम्बन्धी मुद्दा प्रभावित पार्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रकाश सापकोटाको राजनीतिक दबाबमा सरुवा गरिएको छ। सहकारी वित्तीय विकास संस्था लिमिटेडको करोडौं रकम अपचलन गरेको अभियोगमा जिप्रका बाँकेले वर्तमान र निर्वतमान कार्यसमिति पदाधिकारी तथा कर्मचारी समेत गरी ३५ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। २०५१ सालमा स्थापना भएको उक्त सहकारीले ग्राहकबाट संकलन गरेको कुल ५२ करोडभन्दा बढी...

बाँकेका अस्पतालहरुमा २३ जना डेंगु विरामी देखिए

नेपालगञ्ज । बाँकेका बिभिन्न अस्पतालमा उपचारत २३ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ । देशभर डेंगुको संक्रमण देखिरहेका बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार हालसम्म ७ जना बिरामीमा डेंगुको संक्रमण देखिएको र यो क्रम बढ्दो छ । अस्पतालका अनुसार डेंगुका बिरामी मध्ये कैलालीका १, बर्दियाका २, बाँकेका ४ गरी ७ जनामा डेंगुको संक्रमण देखिएको छ । भेरी अस्पतालमा हालसम्म ७ जना डेंगुका बिरामी भर्ना भएर उपचार...

लागुऔषध तस्करीको नयाँ आइडिया

नेपालगन्ज ।गत जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा एकजना भारतीयलाई चरेससहित नेपाल प्रहरीले पक्राउ गर्‍यो। करिब ३ किलो ७ सय १४ ग्राम चरेस बोकेर उनी नेपाल छिरेका थिए। शुक्रबार गाउँमा लाग्ने हाट बजारबाट प्रहरीले उनलाई पक्राउ गरेपछि भारतीय पक्षले चौकी नै घेरा हाले। त्यो भिड नियन्त्रणका लागि प्रहरीले केही राउन्ड फायर नै गर्नुपर्‍यो। यो भारतीय सिमानाको नेपाली गाउँ हो। यहाँ हरेक साताजसो हाटबजार लाग्छ र, त्यहाँ किनमेल गर्ने धेरैजसो नेपाली हुन्छन्। तर, हाटबजारका...

कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान, बाँकेका सबै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरियो

नेपालगन्ज । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ।वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गर्दै जागरण अभियानको सुरूआत गरेको हो। जागरण अभियानका लागि कांग्रेसले सबै प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। जागरण अभियान अन्तर्गत बाँकेका ३ वटै निर्बाचन क्षेत्रमा वृक्षरोपण गरिएको छ। वृक्षरोपण अन्तर्गत केन्द्रीय प्रतिनिधिसहित सबै ठाँउमा बाँके कांग्रेस पार्टी सभापति...

बाँके ट्राफिकले राजमार्गमै गर्यो १६० चालकहरुको स्वास्थ्य परिक्षण

कोहलपुर । बाँकेमा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा बैजनाथ गाउँपालिकाको सम्झनामा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको हो। जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार पुर्ब देखि पश्चिम् र पश्चिम देखि पुर्ब तर्फ जाने गाडीका १६० जना चालकहरुको स्वास्थ्य जाँच गरिएको हो। दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिकले सबैभन्दा पहिला चालकले स्वास्थ्य भएर गाडी चलाउन अनुरोध समेत गरेको छ। ट्राफिक प्रहरीले...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले गर्यो सम्बन्धित सबैैमा अनुरोध:-

नेपालगन्ज । प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले डेङ्गुको लक्षण र यसबाट बच्ने उपाय बारे सम्बन्धित सबैैमा अनुरोध गरेको छ। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने –ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने –शरीरमा विमिरा आउने –वाकवाकी लाग्ने –पेट दुख्ने –नाक वा गिजाबाट रगत बग्ने –रक्तश्राव हुने...

क्यान्सर बिरामीलाई मनकारी वडाध्यक्ष बेहनाले गरे आर्थिक सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का मनकारी अध्यक्ष मोहम्मद सफिक बेहनाले बोन क्यान्सर भएका एक जनालाई आर्थिक सहयोग गर्न्नु भएको छ । बोन क्यान्सर भएका नेपालगन्ज उपमहानगरपालिका २ का सरिफ हलवाइलाई आफ्नो तर्फबाट उपचारमा केही सहयोग होस भन्दै आज ५००० रुपैयाँ हस्तान्तरण गर्नु भएको हो। आफुले केही पैसा सहयोग गरेर बिरामीलाई केही राहात हुन्छ भनेर दिएको अध्यक्ष बेहनाले बताउनु भयो। समाजसेवामा माहिर अध्यक्ष बेहनाले धेरै पटक अप्ठ्यारोमा...