सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
बैतडी, १० पुस । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर...
बाजुरा, ८ पुस । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । बूढीगङ्गा नगरपालिका–१० मा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनसँगै बस्ने बेञ्च डेस्कको पनि अभाव रहेको छ । पुसको...
काठमाडौँ, ३ पुस । सरकारले पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । सरकारले गए राति १२ बजे देखिनै लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई- दुई रुपैया घटाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको छ। यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि...
काठमाण्डौ,२८ मंसिर। सरकारले भारतीय २०० को नोट (आईसी)नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना...
काठमाण्डौ,२६ मंसिर।रकारले निजामती कर्मचारीको सरुवा रोकेको छ। कर्मचारी समायोजन सकेपछि मात्रै सरुवा फुकुवा हुने गरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबारदेखि सरुवा रोकेका हुन्। ‘समायोजन प्रक्रिया सकेपछि मात्रै कर्मचारी सरुवा गर्न पाइन्छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले भने, ‘माघको १५ भित्र कर्मचारी समायोजन गरिसकिन्छ।’स्थानीय तहमा ५८ हजार कर्मचारी दरबन्दी छ। स्थानीय तहमा चार हजार जना कर्मचारी समायोजनबाट पठाउनुपर्ने उनले बताए। प्रदेशमा २१ हजार दरबन्दी रहेकोमा आठ...
बाजुरा,२१ मार्तडी। सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी...
काठमाण्डौ,१९ मंसिर।निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको अनुसन्धान टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ।कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् । विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो । तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको...
नेपालगन्ज, १९ मंसिर । अमेरिकामा बन्दुकधारीको गोली लाग्दा एक नेपाली युवा गम्भिर घाइते भएका छन् । कञ्चनपुर घर भई करिब एक बर्ष देखि अमेरिकाको टेक्सासमा बस्दै आएका एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्ने ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन्। स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर बन्दुकधारीले गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको छ । श्रीमती संगै एक...
भीमदत्तनगर, १९ मंसिर। कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ। निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम पनि सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीले निर्माण कम्पनीको लापरवाहीका साथै कतिपय स्थानमा मुआब्जा तथा सरकारी प्रक्रियाले दू्रतगतिमा काम नभएको जनाएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रमा डोकेबजारदेखि–बेलौरी–बेल्डाँडी हुँदै दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी...
काठमाण्डौ,१८ मंसिर।नेपाल आयल निगमले आज (सोमबार )देखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो।नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ । निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग...