सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु

छोराछोरीको पढाइ खर्च जुटाउन बालुवा छान्दै

शेर बहादुर सिंह/भीमदत्तनगर( कञ्चनपुर), २६ पुस । छोरा/छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि भीमदत्तनगरपालिका–११ भुजेलाका खड्काको हरेक वर्ष हिउँदको समय महाकालीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनमा समय खर्चिनु दैनिकी बनिसकेको छ । “छोराछोरीको अध्ययन खर्च जुटाउन पनि पुर्खौली सम्पत्ति भएन ।” उहाँले भन्नुभयो, “बगरमा !परिश्रम गर्नु हाम्रो बाध्यता हो ।” द्रोपतीजस्तै यतिबेला महाकाली...

कञ्चनपुरमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

भीमदत्तनगर(कन्चनपुर), २४ पुस ।गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएयता...

प्राविधिक सहायकको भरमा वडा कार्यालय सञ्चालन

बैतडी, २४ पुस ।स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ। जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन्। वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको छ ।” आठ वडा रहेको सुर्नया...

युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

डोटी, २२ पुस । गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् । युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा र स–साना केटाकेटी तथा महिला...

कलेज अफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टमा शुदूरपश्चिम सम्पर्क समाज गठन

नेपालगन्ज,२० पुस। नेपालगन्जको कलेज अफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टमा शुदूरपश्चिम सम्पर्क समाज गठन भएको छ। शनिबार कलेजमै सम्पन्न समिति गठन कार्यक्रममा शैलेन्द्र बिष्ट अध्यक्ष चयन भएका छन्। समितिको उपाध्यक्षमा मदन बहादुर शाही र सचिबमा हरिश प्रसाद पन्त चयन भएका छन्। त्यस्तै शुदूरपश्चिम सम्पर्क समाजको कोषाध्यक्षमा बेबिना जोशी रहेकी छिन्। सदस्यहरुमा निर्मल कुँवर,मुकेश सुनार, तेज बहादुर ऐरी र सन्जिब बम रहेका छन्। सोहि सम्पर्क समाजले सल्लाहकार संयोजकमा महादेब जोशी र सल्लाहकार सदस्यमा दिनेश...

कालीकोटका अग्नीपीडितका लागि मेडिकल कलेज कोहलपुरको निःशुल्क स्वास्थ्य शिविर

कालीकोट, २० पुस । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गत पुस ८ गते कालीकोटको पलाँटा गाउँपालिका वडा नं. १ मा भएको आगलागीका पीडितलाई मेडिकल कलेजको विशेषज्ञ सहितको मेडिकल टोलीले निःशुल्क स्वास्थ्य जाँच गरेको छ। मेडिकल कलेज सामाजिक विकास इकाई प्रमुख राम बहादुर मल्लको अगुवाईमा गएको मेडिकल टोलीले १५० जना अग्नीपीडितको स्वास्थ्य जाँच गरेको हो। स्वास्थ्य चेकजाँचका क्रममा धेरै जसो मानसिक रोगको शिकार भएको...

चिसो बढेसँगै बैतडीमा बिरामीको संख्या बढ्दै

बैतडी, १४ पुस । केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित...

रोग लिएर फर्कन्छन् महिला कामदार

(सञ्चिता घिमिरे )काठमाडौँ, १२ पुस ।विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको...

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

धनगढी,११ पुस।दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो। बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि...

कांग्रेसको सांगठनिक संरचना केन्द्रदेखि टोल तहसम्मै फेरिने

काठमाडौं, १० पुस ।  पुरानो दल कांग्रेसको सांगठनिक संरचना केन्द्रदेखि टोल तहसम्मै फेरिने भएको छ। महासमितिले आइतबार पारित गरेको विधान अनुरुप कांग्रेसले नयाँ संरचना अपनाउनेछ। मुलुकको पछिल्लो संरचना अनुरुपको विधानलाई विधानलाई दुई तिहाइले अनुमोदन गर्‍यो। केन्द्रीय समितिमा अब सभापतिसहित १४ पदाधिकारी रहनेछन्। केन्द्रीय समितिको संख्या १ सय ६८ पुगेको छ। १४ पदाधिकारीमध्ये २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्। ८ सहमहामन्त्री समावेशी क्लस्टरको आधारमा निर्वाचित हुनेछन् भने कोषाध्यक्ष...