समाजमा रहेका समाचारहरु

बिप्लब समुहका बर्दिया जिल्ला ईन्चार्जसहित बिद्यार्थी नेता पक्राउ

बर्दिया।बम बिस्फोटनको घटनामा संलग्न भएको अभियोगमा बर्दिया प्रहरीले बिप्लव निकट माओवादीका बर्दिया जिल्ला इन्चार्ज सहित विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जोशीपुर गाँउपालिका वडा नं.१ बस्ने बर्ष २३ को लोकेश जोशी र अछाम पंचदेवल बिनायक नगरपालिका वडा नं.४ बस्ने बर्ष ३८ कि मिना चलाउने भन्ने मिना देबी धामी रहेका छन ।जोशी अखिलक्रान्तिकारी (बिप्लव समुह) को केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष र धामी (बिप्लब पार्टिकी बर्दिया...

बाँके कांग्रेसद्वारा नेकपाका दश जना कार्यकर्ता बिरुद्ध जिल्ला प्रहरीमा मुद्दा दायर

नेपालगन्ज ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले शुक्रबार दिउँसो नेपालगन्जमा प्रर्दशनसहित एक घन्टा चक्काजाम गरेको छ । दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए ।आक्रमणबाट सभापति कोईरालाको बायाँ...

घटनालाई राजनीतिकरण नगर्न बाँके काँग्रेसलाई नेकपा बाँकेको आग्रह

नेपालगञ्ज।नेकपा बाँकेले ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न नेपाली काँग्रेस बाँकेलाई आग्रह गरेको छ । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त गरेको छ । नेकपा बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रत असहमति जनाएको छ । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको...

नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको शहरी विकास मन्त्री राईद्वारा उद्घाटन

(नरैनापुर) बाँके। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई हुलाकी सहरका रुपमा विकास गरिने बताउनुभएको छ। बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज(शुक्रबार) उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी सहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताउनुभयो । गएको आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्षभित्र सबै घरलाई फुसरहित...

बाँके कांग्रेसले टायर बाल्दै गर्यो नेपालगन्जमा एक घण्टेे चक्काजाम (फोटो फिचरसहित)
"आक्रमणकारीलाई कारबाही नगरे झनै उग्र रुपले आन्दोलन गर्ने कांग्रेसको चेतावनी  "

नेपालगन्ज, सबिना चन्द । नेपाली कांग्रेस बाँकेले आन्दोलन सुरु गरेको छ। दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य...

आक्रमणको बिरोधमा कांग्रेसले आन्दोलन गर्दै, तीनजना पक्राउ

नेपालगन्ज ।दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो। उक्त कार्यक्रमलाई प्रमुख अतिथी ९केद्रिय प्रतिनिधी० बिद्याप्रसाद खनालले...

पार्टी सभापति कोइरालालाई आक्रमण गर्नेलाई कारबाही गर्न मन्त्री राईको निर्देशन

नेपालगन्ज ।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी भएको आक्रमण प्रती शहरी बिकास मन्त्री मो. इस्तियाक राईले दुख ब्यक्त गर्नु भएको छ।आज बिहान पार्टी सभापति कोइराला निवास पुगेर मन्त्री राईले सभापति कोइरालालाई भेेेट्दै सबै कुराको जानकारी लिदै सभापतिलाई शिघ्र स्वास्थय लाभको कामना समेत गर्नु भएको छ। “आक्रमणकारी जो सुकै होस् , सबैलाई कारबाही हुन्छ” मन्त्री राईले भन्नुभयो।पार्टी सभापति सग कुरा गर्दै मन्त्री राईले यो युग भनेको लोकतन्त्रको युग भएकोले...

बाँकेका चार नर्सिङ कलेज अस्पताल बिहिन सन्चालनमा

नेपालगन्ज  । सरकारले नर्सिङ कलेजलाई अस्पताल निर्माणका लागि २०७४ असोज मसान्तसम्मको समय दिएको थियो । तर, कलेजले सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै अस्पताल निर्माणमा अटेरी गर्दै आइरहेका छन् । सरकारले दिएको अन्तिम समय सीमा सकिएर पनि दुई वर्ष पूरा हुन एक महीनामात्रै बाँकी छ। अझै पनि बाँकेका चार वटा नर्सिङ कलेजका आफ्नै अस्पताल छैनन् । नेपालगन्जमा रहेका भेरी कलेज अफ मेडिकल साइन्स, भेरी नर्सिङ कलेज, मध्यपश्चिम टेक्निकल स्कुल र सुष्मा...

कांग्रेस बाँके सभापति कोइराला माथी नेकपाका कार्यकर्ताद्वारा आक्रमण, सभापतिको हात भाँचियो
"तरुण दल बाँके अध्यक्षद्वारा दोषीलाई कारबाही गर्न माग "

नेपालगन्ज।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी आक्रमण भएको छ। आज  नेपाली कांग्रेस बाँकेको सभापतिसहित कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्। दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्। उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन्।जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले...

मन्त्री राईले गर्न लागेको ल्याण्डफिल उद्घाटनमा कांग्रेस जनप्रतिनिधीद्वारा बहिस्कार
"वडा अध्यक्ष सफिक बेहनाद्वारा समेत उद्घाटन कार्यक्रम बहिस्कार  "

नेपालगञ्ज।  नेपालगञ्जको ल्याण्डफिल साइटको शहरी बिकास मन्त्री  मो. इस्तियाक राइ  द्वारा   उद्घाटन हुने कार्यक्रममा नेपाली कांग्रेस आबद्द जनप्रतिनिधिहरुले बहिस्कार गर्दैछन् ।नेपालगञ्जको हिरमिनिया बनेको ल्याण्डफिल साइटको उद्घाटन गर्ने मन्त्रीको एकल निर्णयको  विषयमा चर्को विवाद भएको छ। यसअघिको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्ने निर्णय गरेको थियो।मन्त्री राईले मेयरसँग संयुक्त...