समाजमा रहेका समाचारहरु
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात ब्यवस्था कार्यालय बाँकेको संयुक्त टोलीले आज नेपालगन्जको खजुरा रोडमा सवारी साधनहरुको चेकिङ गरेको छ। संयुक्त टोलीले ईजाजत बिना संचालन भएका यात्रु बहाक सवारी साधन हरुलाई चेक जाँच गरेको छ । टोलीले बिना ईजाजत संचालन भएका १५ वटा सवारी साधन फेला परेको हो। बिना इजाजत चलेका सवारी साधनलाई यातायात ब्यवस्था कार्यालय बाँकेले जरीवाना गरी छोडेको छ। ...
नेपालगन्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै बिज्ञप्ति जारी गरेको छ।क्षेत्रीय सभापति रमेश गुप्ताद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही नगरिए आन्दोलनले ठुलो रुप लिने चेतावनी दिएको छ। बाँके क्षेत्र नम्बर ३ ख को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो नेकपाका कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि...
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आइतबार अपराह्नमा जुलुस सहित कोण सभा गरेको छ। बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा पार्टी सभापतिसहित कांग्रेस कार्यकर्तालाई नेकपाले गरेको आक्रमणको बिरोधमा नेपाली कांग्रेसले देशैभर अन्दोलन सुरु गरेको छ। आज नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयबाट जुलुस निकाल्दै बिपि चोकमा कोण सभा गरेको हो। कोण सभा कार्यक्रममा पार्टी सभापति किरण कोइराला , सचिब तप्त पौडेल र कपिल शर्मा, जिल्ला सदस्यहरु महेन्द्र मल्ल, सुधान्सु कोइराला, नेबिसंघका...
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले नेता महेन्द्र मल्ल ठकुरीको राजिनामा स्वीकृत गरेको छ। कांग्रेस नेता मल्लले बाँके कांग्रेसको संगठन बिभाग प्रमुखबाट राजिनामा पत्र जिल्ला कार्यसमिती बैठकमा पेश गरेका थिए। पार्टी बैठकमै नेपाली कांग्रेस बाँकेकि सभापति किरण कोइरालाले आजैका मितिबाट मल्लको राजिनामा स्वीकृत भएको घोषणा गरेकी छिन् । मल्लले जिल्ला आफ्नो कार्य ब्यस्तताले गर्दा आफुले राजिनामा बुझाएको पत्रमा उल्लेख गरेका छन् । मल्ल नेपाली कांग्रेस बाँकेको मनोनित जिल्ला सदस्य समेत हुन्...
नेपालगन्ज । बाँके कांग्रेसका नेता महेन्द्र मल्ल ठकुरीले पदबाट राजिनामा दिएका छन् । नेता मल्लले बाँके कांग्रेसको संगठन बिभाग प्रमुखबाट राजिनामा दिएका हुन् । आजैको मितिमा उनले जिल्ला कार्यसमितीको बैठकमा राजिनामा पत्र बुझाएका हुन् । आफ्नो कार्य ब्यस्तताले गर्दा आफुले राजिनामा बुझाएको पत्रमा उल्लेख गरेका छन् । मल्ल नेपाली कांग्रेस बाँकेको मनोनित जिल्ला सदस्य समेत हुन् । संगठन बिभाग प्रमुख मल्लले राजिनामा पत्र जिल्ला कार्यसमितीमा पेश गर्नु भएको छ,...
काठमाडौं । नेपाली कांग्रेसले सदन अबरूद्ध गरेको छ।राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै ३० मिनेट सदन अबरूद्ध गरेको हो।घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएपछि कांग्रेस सांसदले आपत्ति जनाएका थिए। ...
नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन् ।युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै...
नेपालगञ्ज। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले बाँकेमा कांग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताउनुभएको छ। नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसद्मा हंगामा गर्ने चेतावनी दिनुभयो । ‘जबसम्म गुण्डा नाइकेहरुमाथि कारबाही हुँदैन…तबसम्म हामीले आन्दोलन गरिरहन्छौं, लोकतन्त्रमा बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्ने सरकार विरुद्ध हामी कडा रुपमा प्रस्तुत हुन्छौं, सभापति...
नेपालगन्ज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार(आज ) नेपालगन्ज आई पुग्नु भएको छ । बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणको घटना बुझ्न उनी यहाँ आउनु भएको हो। गत बिहीवार कांग्रेस जागरण अभियानमा बाँकेको खजुराको सितापुर नेकपाका कार्यकर्ताले पार्टी सभापति किरण कोइराला लगायत अन्य कार्यकर्तालाई आक्रमण गरेका थिए।आक्रमणमा सभापति कोइरालाको हात भाचिएको छ।सभापति देउबा सगै सांसद डिल्ली चौधरी समेत आउनु भएको छ। ...
नेपालगन्ज।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार नेपालगन्ज आउने भएका छन् । बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणको घटना बुझ्न उनी यहाँ आउन लागेका हुन् । शुक्रबार दाङमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका पुर्वप्रधानमन्त्री देउवा शनिबार नेपालगन्ज आउने कार्यक्रम तय भएको जिल्ला सचिव तप्त पौडेलले जानकारी दिए । देउवाले शनिबार दिउँसो १ बजे नेपाली कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा आयोजित कार्यकर्ता भेलालाई...