विशेषमा रहेका समाचारहरु

स्थानीय तहको निर्वाचन आज

नेपालगन्ज । निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था गरिएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आह्वान गरेको छ । आयोगले शनिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी यस्तो आह्वान गरेको हो ।  मतदानमा भाग लिनु भनेको संविधानको कार्यान्वयन गर्नु हो भन्दै आयोगले लामो समयपछि आएको मताधिकारलाई वहन गर्न एक दिन राष्ट्रका लागि योगदान दिन सबैमा अपिल गरेको छ । आयोगबाट वितरण गरिएको...

कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने !

नेपालगन्ज । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन ।  कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् । निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन ।  आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा निर्वाचन हुँदैछ ।  कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम...

निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गर्यो

काठमाडौं। निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरेको छ ।आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको हो । मतदाता परिचयपत्र वितरणका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिएको छ । मतदाता परिचयपत्र वितरणसँगै मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले हरेक निर्वाचन केन्द्रबाट निर्वाचन शिक्षाको विषयमा जानकारी पनि दिने कार्यक्रम आयोगको छ । आयोगका प्रवक्ता...

रिपोर्टस क्बल अफ नेपाल बाँकेको पुर्नगठन

बाँके:रिपोर्टस क्बल अफ नेपाल बाँकेको पुर्नगठन भएको छ । नया पत्रिकाका मध्यपश्चिम प्रमुख जयसिंह केसीको अध्यक्षतामा भएको सञ्चारकर्मीहरुको एक भेलाले बुधबार नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा एपिवान टिभीका बिजय श्रेष्ठ, सचिबमा बागेश्वोरिपोष्टडटकमका सौरब गिरी, सहसचिबमा रेडियो कृष्णसारकि कमला हमाल, कोषाध्यक्षमा बागेश्वोरिपोष्टडटकमकि निर्देशक राधा आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रवीण गिरी, भीष्म लोध, जनक केसी र रमबहादुर रावत चयन गरिएको छ । केही दिनभित्रै सल्लाहकार तथा...

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले लिए सपथ

नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उहाँलाई शपथ गराइएको हो । यसैगरी नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि आजै पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती,...

स्थानीय निर्वाचनमा महिलाको उम्मेदवारी ३९ प्रतिशत

नेपालगन्ज । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन् । अध्यक्ष/प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिलाको सङ्ख्या १५७ अर्थात् ८.३५ प्रतिशत रहेको छ । उपाध्यक्ष/उपप्रमुख एक हजार तीन सय ८४ उम्मेदवार रहेकामा एक हजार एक सय...

सर्वोच्चको आदेशले संसद्को विशेषाधिकार हनन् भयो : सत्तासाझेदार

नेपालगन्ज । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशले संसद्को विशेषाधिकार हनन् भएको निष्कर्ष निकालेका छन् । सर्वोच्चको निर्णयबारे परामर्श गर्न शुक्रबार साँझ बसेको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उक्त निष्कर्षमा पुगेको जानकारी माओवादी प्रवक्ता पम्फा भुसालले दिनुभयो। ‘महाभियोग संसद्को विशेषाधिकार हो। संसद्को विशेषाधिकार उल्लंघन गर्ने कार्य विशेष ग्र्यान्ड डिजाइनमा भयो’, भुसालले भन्नुभयो । दाहाल र देउवाबीचको वार्तामा...

बैशाख महिनामै तीन गाबिस खुल्ला दिसामुक्त हुने

भीष्म लोध/नेपालगन्ज ।बाँकेको साबिकका तीन गाबिस खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेका छन् । ५ वटा गाबिसमा मात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको जिल्लामा अहिले तीन गाबिस घोषणा गर्ने खरखरमा छन् । पछिल्लो समय खुल्ला दिसामुक्त अभियान सुस्ताएको बाँकेमा केही समय पहिले रनियापुर गाबिसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । सबै अभियानकर्मी सुस्ताएका कारण बिचमा केही समय अभियानले तिब्रता पाउन नसकेको सम्बन्धित सोही क्षेत्रका व्यक्तिहरुको भनाई छ । तर स्वयम...

बैशाख ३१ गते आयोगको अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन बैशाख ३१ गते आयोगको अनुमति लिएर मात्र सवारी साधान प्रयोग गर्न सक्ने निर्णय गरेको छ । आयोगले सवारी साधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउने सम्वन्धी कार्यविधि समेत स्वीकृत गरेको छ । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कुटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनाले प्रयोग गर्ने सवारी साधानको लागि विशेष पास उपलब्ध गराउने सम्वन्धि...

बीस वर्षपछिको स्थानीय निर्वाचन : एक लोकतान्त्रिक महोत्सव

नेपालगन्ज । विगत २० वर्षदेखि कर्मचारी र सर्वदलीय संयन्त्रमार्फत चल्दै आएको स्थानीय तहमा अब भने जनप्रतिनिधि चयन हुने भएका छन् ।  लोकतन्त्रको आधार स्तम्भको रूपमा रहेको निर्वाचनलाई अगाडि बढाउन सरकारले गरेको पहल र प्रयत्न साकार हुने चरणमा पुगेको छ। मधेस केन्द्रित दलको विरोध, संविधान संशोधनको जटिलताका बीचमा हुन लागेको निर्वाचनले जनस्तरमा एउटा उत्साह र एउटा चेतनाको सञ्चार गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन पहिले स्थानीय तहको निर्वाचन...