विशेषमा रहेका समाचारहरु

सरकारको नीति तथा कार्यक्रममा पुरानै योजनालार्इ निरन्तरता

नेपालगन्ज । सरकारले आर्थिक वर्ष २०७४ ७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यसपटक सरकारको नीति तथा कार्यक्रममा  नयाँ कार्यक्रमहरु समेटिएका छैनन्। नीति तथा कार्यक्रमले पुनर्निर्माण तथा उर्जा क्षेत्रलार्इ प्राथमिकतामा राखेको छ। लगानी मैत्री वातावरण बनेको र उर्जा क्षेत्रका अनियमितता अन्त्य भएकोले आगामी आर्थिक वर्ष आर्थिक बृद्धिदर उच्च हुने प्रक्षेपण गरेको छ। राष्ट्रपतिले आगामी आर्थिक वर्ष ७...

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

नेपालगन्ज । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत्रमा समावेश भएबमोजिम स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आउन थालेको सन्दर्भमा नीति तथा कार्यक्रममा सो विषय समावेश भएको हो । आधारभूत तहसम्मको शिक्षा अनिवार्य...

नयाँ सरकार गठन : यस्तो छ संवैधानिक व्यबस्था

नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार राजीनामा दिएपनि देशले नयाँ प्रधानमन्त्री पाउन कम्तीमा झण्डै दुई हप्ता लाग्ने देखिएको छ । प्रचण्डको राजीनामापछि राष्ट्रपतिले ‘राजनीतिक सहमतिको आधारमा’ सरकार गठनका लागि एक साताको समय दिएर आह्वान गर्ने व्यवस्था छ । संविधानको धारा २ सय ९८ को उपधारमा २ मा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचनगरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ३ मा सहमति कायम हुन नसकेमा व्यवस्थापिका संसद्को तत्काल...

पूर्वबजेट छलफलबिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम

नेपालगन्ज । स्थानीय तहको सङ्ख्या थपको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनको कारबाही चल्न नदिने अडान लिएपछि पूर्वबजेट छलफलबिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम आउनेभएको छ ।  व्यवस्थापिका संसद््को बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संसद्् सचिवालयको कार्यतालिकाअनुसार बिहीबार दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने समय तोकिएको छ ।  संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्नुहुनेछ । निर्वाचन...

आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित

नेपालगन्ज । सरकारले आर्थिक वर्ष (आव) २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । “नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइन्छ”,...

अव आउने जनप्रतिनिधिले आफ्नो समुदायको विकास गर्ने चिडिमार समुदायको विश्वास

कमला हमाल, नेपालगन्ज । लोपोन्मुख चिडिमार समुदायले आउने जनप्रतिनिधिबाट विकासको अपेक्षा गरेका छन् । उनिहरुले आफना लागि बाटोघाटो, खानेपानी, ढल र रोजगारको व्यवस्था हुने विश्वास गरेका हुन् । नेपालगंजको मुटु वेलासपुरमा रहेको चिडिमारबस्तीमा अहिलेसम्म भोट माग्न कोहि नपुगे पनि चुनावी रौनक चांहि वस्तीमा सुरु भैसकेको छ । स्थानीय चुनावका लागि दलहरु घरदैलोमा व्यस्त रहेको वताईरहंदा नेपालगंजको मुटुमा रहेको यो लोपोन्मुख चिडिमारबस्तीमा भने अहिलेसम्म कोहि पुगेको छैन । तर, २० वर्ष...

एक साताभित्रै मतदाता शिक्षा प्रभावकारी बनाउने : निर्वाचन आयोग

नेपालगन्ज ।  पहिलो चरणको स्थानीय तहको मतगणनाका क्रममा धेरै म तबदर भएपछि दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउने निर्वाचन आयोगले तयारी गरेको छ । प्रदेश नम्बर १,२,५ र ७ मा जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनको लागि एक हप्ताभित्र मतदाता शिक्षा कार्यक्रम आरम्भ गर्ने आयोगले जनाएको छ । प्रदेश नम्बर ३, ४ र ६ मा भएको पहिलो चरणको निर्वाचनको पर्यवेक्षण गरिरहेका थुप्रै संस्थाहरुले मतदाता शिक्षा अपुग भएको...

अब राजीनामा दिन्छु:प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए  । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने राजपाका नेता राजकिशोर यादवले जानकारी दिए...

श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी आवासमा चियापान आयोजना गर्नुभएको समारोहमा राष्ट्रपति श्रीसेनाले सो वचन दिनुभएको हो । यसअघि राष्ट्रपति भण्डारीको स्वागत गर्दै श्रीलङ्काका राष्ट्रपति श्रीसेनाले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अझ व्यापक र प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो...

स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो

नेपालगन्ज । निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ। मतदान सकिए पछि आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताएको छ। दलहरुसँगको छलफल पछि आजबाटै वा सोमबारबाट मतगणना सु्रु हुने आयोगले जनाएको छ। तीन स्थानमा मतदान स्थगित दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको छ । दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको...