खेलकुदमा रहेका समाचारहरु

तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत / (तुलसीपुर)दाङ ।दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालन गरिन लागेको जिल्ला स्तरिय फुटबल प्रतियोगिता आउदो असोज १० गतेदेखि सुरु हुुनेछ । स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिलबाबु...

मुख्यमन्त्री कप लिग फूटबलमा बाँकेको धम्बोझी क्लब बिजयी

नेपालगन्ज । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगितामा बाँकेको धम्बोझी क्लब १३ अङ्क सहित लिग बिजेता भएको छ । आज बिहिवार अन्तिम खेलमा दाङलाई ३-२ गोल अन्तरले बाँकेले उपाधी जितेको हो । प्रतियोगितामा बाँके,बर्दिया ,रोल्पा ,दाङ ,रुपन्देही र नवलपरासी गरि छ जिल्ला सहभागी थिए । प्रतियोगितामा बाँकेले रोल्पासंग २-२ को बराबरी खेलेको थियो भने अरु सबै खेलमा अपराजित हुँदै बिजेता भएको हो । बिहिवार भएको...

डुडुवा गाउँपालिका अध्यक्ष टि २० क्रिकेटको उपाधी वडा नं २ लाई

डुडुवा (बाके)/ सन्तोष गुप्ता।बाकेको डुडुवा  प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २ ले हात पारेको छ । गाउापालिका वडा नं. ५ स्थित छग्राहवा खेल मैदानमा  भएको फाइनल खेलमा वडा नं. २ ले बाजी मारेको हो । शुुरुमा ब्याटिङ्ग गरेको वडा नम्बर २ ले वडा नम्बर ३ लाई १४३ रनको टारगेट दिएको थियो । त्यसमा वडा नम्बर ३ ले ११८ रन मात्र बनाउन सफल भएपछि वडा नम्बर २...

डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि २० क्रिकेटको सेमीफाइनल शनिबार

डुडुवा( बाँके )। डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् । गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेटमा शुक्रवार विहानको खेलमा १ विकेटले वडा नं. ३ ले जीत हासिल गरेको हो । वडा नंं. ३ ले १४...

क्रिकेट खेलाडी सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाए

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट खेलाडी   सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन्। मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको छ। नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपले भिसा पाएको सेतोपाटीलाई जानकारी दिए। यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए। सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए। ...

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

काठमाडौं । क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई अमेरिकि  दूतावासले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जान  उनले अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ । सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी...

नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौं । नेपालले आज बिहान भएको खेलमा मलेसियालाई पराजित गरेको छ।आइसिसी टी २० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपाललाई जितले ठूलो राहत मिलेको छ। बुधबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा कप्तानीको भूमीका रहेका ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले २१ बलमा ५१...

बिश्वकै चर्चित फूटबल खेलाडी लियोनल मेसी कारबाहीमा

अर्जेन्टिना । बिश्वकै चर्चित फूटबल खेलाडी लियोनल मेसी कारबाहीमा परेका छन् । भर्खर सम्पन्न कोपा अमेरिका कपमा  चिलीविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्डको सामना गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेसी कारबारीमा परेका  हुन्। दक्षिण अमेरिकी फुटबल महासंघले  स्टार मेसीलाई १ खेल प्रतिबन्ध लगाउने भएको हो। चिलीका ग्यारी मेडेलसँग विवाद भएपछि मेसीले रातोको सामना गरेका थिए। उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।महासंघले ३२ वर्षे मेसीलाई १५ सय डलर जरिवाना...

नेपालगन्जस्थित क्षेत्रीय खेलकुद विकास समितिले सुुुचना दिन कन्जुस्याइँ गर्दै

नेपालगन्ज । नेपालगन्ज स्थित क्षेत्रीय खेलकुद विकास समितिले सुुुचना दिन नमानेको पाइएको छ।  समिती आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको प्ररष्ट देेेखिएको छ। गत वैशाखमा प्रदेश– ५ मा भएको राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए...

बिश्वकप छनौटमा नेपाल एसियाकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको समुहमा

नेपालगन्ज । नेपालले बिश्वकप फूटबल २०२२ का लागि छनौट खेलमा एसियाकै  सबैभन्दा  बलियो प्रतिद्वन्द्वी अस्ट्रेलिया पाएको छ।फिफा विश्वकप छनोटमा खराब इतिहास रहेको नेपालका लागि सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट प्रतियोगिता पनि चुनौतीपूर्ण देखिएको छ। एसियाली राष्ट्रको दोस्रो चरणको छनोटमा नेपालले आफू भन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। समूह ‘बी’ परेको नेपालले पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलियासहित एसियाको पावर हाउस जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा रहेका चाइनिज ताइपेई र कुवेतको स्तर...