विश्वकप २०१८मा रहेका समाचारहरु
रसिया,२८ जेठ।अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ। पाँचतारे सो होटलमा एक रातको रूम चार्ज ६ सय पाउन्ड पर्छ। पाँच पटकको विश्वविजेता ब्राजिललाई यसपालि उपाधिको...
रुस । विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् । त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्ड तथा ग्रिजम्यान र पोग्बाको फ्रान्स सातौं वरीयतामा छन् । लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लँदै आठौं स्थानमा, दक्षिण अमेरिकी राष्ट्र चिली नवौं स्थानमा छ भने रामोस र जोर्डी अल्बाको स्पेन दुई स्थान तल...
नेपालगन्ज,२५ जेठ। फुटबल प्रतियोगिताकै महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ। यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ ।ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको छ । ब्राजिल विश्वकप समूह ‘ई’ मा सर्बिया, स्विट्जरल्यान्ड र कोस्टा रिकासँग रहेको छ । रसियामा हुने...
नेपालगन्ज,२३ जेठ । रुस विश्वकप फुटबल २०१८ ले यतिबेला संसारलाई तरंगित बनाई रहेको छ । विश्व फुटबलमय बनेको बेला २० औं विश्वकपसम्म आईपुग्दा सम्म कुन–कुन खेलाडीले सुनको जुत्ता पाए त ? सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल अहिले २१ औं संस्करणसम्म आईपुगेको छ । केही दिनपछि रुसमा विश्वकप फुटबल धुमधामको साथमा सुरु हुँदैछ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई सुनको जुत्ता दिने प्रचलन छ । विश्वकप फुटबलमा अहिलेसम्म कुन–कुन...
काठमाडौ, २२ जेठ -मोबाइल एप रिचार्जरले १ रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्रान्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९ सय ९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको कम्पनीले जनाएको छ । विश्वकप फुटबल सुरु हुन २ सातामात्र बाँकी हुँदा रिचार्जरले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आइतबार दिउँसो १२ बजेबाट सुरु हुनेछ भन्दै रिचार्जरले यो अफर...
ब्राजिल,१ जेठ। ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी छन् । गोलरक्षक एडरसन, डिफेन्डर ड्यानिलो, मिडफिल्डर फर्नानडीन्हो र...