नेपाली सेनाका एक जना कर्नेल जेल चलान
प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार १५:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।नेपाली सेनाले एक जना कर्नेललाई बर्खास्त गर्दै जेल चलान गरेको छ। भ्रष्टाचार अभियोगमा ती कर्नेललाई ३ महिनाका लागि जेल हालिएको हो।
Advertisement
नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् ।
जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।सैनिक प्रबक्ता विज्ञानदेव पाण्डेका अनुसार जंगी अड्डाले भ्रष्टाचार गरेको ४९ लाख रुपियाँ भरपाई सहित सेनाले भविश्यमा सरकारी जागिर खान अयोग्य नहुने गरी बर्खास्त गरेको छ । कार्की बिहीबार कैद भुक्तानीका लागि जगन्नाथ देवल जेल चलान भएका छन् ।
उनीमाथि भ्रष्टाचारको उजुरीपछि सेनाले अनुसन्धान गरेको थियो । कर्नेल शोभित अधिकारी नेतृत्वमा गठन भएको कोर्ट अफ इन्क्वाएरीले भ्रष्टाचार प्रमाणित भएको भन्दै कारबाहीका लागि २३ वैशाखमा सिफारिश गरेको थियो । कार्कीलाई सेना मातहतको सैनिक प्रहरीले २३ वैशाखदेखि हिरासतमा राखेको थियो । उनीमाथि फागुनदेखि अनुसन्धान थालिएको सैनिक स्रोतले बतायो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नम्बर १८ वाहिनीपति सहायकरथी हिमांशु खड्काको अध्यक्षतामा समरी सैनिक जनरल अदालत गठन गरेका थिए । सैनिक अदालतले २ जेठमा कार्कीलाई भ्रष्टाचार गरेको ४९ लाख भरपाई गर्दै पदबाट बर्खास्त र तीन महिना जेल सजाय सुनाएको थियो । उनले भ्रष्टाचार गरेको ४९ लाख रुपियाँ राजश्वमा दाखिला भइसकेको छ । प्रधानसेनापति थापाले ५ जेठमा सैनिक अदालतको उक्त फैसला सदर गरेका थिए । कार्कीलाई सजायको फैसला विहीवार सुनाइएलगत्तै जेल चलान गरिएको हो । उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ ।