Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, २९ आश्विन बुधबार १०:१९  

    काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा उच्च निजामती पदमा  विज्ञापन खोलेको  छ।  लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो ।

    Advertisement

    निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलोपटक हो ।लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।

    प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक/एक जना सहसचिवको विज्ञापन खुलेको छ ।

    यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३/३ जनाको विज्ञापन प्रकाशित भएको छ। प्राविधिकतर्फ नै जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक/एक जनाको विज्ञापन खुलाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट