बिजनेसमा रहेका समाचारहरु
नेपालगन्ज(खजुरा) काशीराम शर्मा/३० भदौ। व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै थन्किएको छ । प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो । विगत चार वर्षदेखि...
रुकुम पश्चिम, २८ भदौ । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार राबरको क्षति भएको छ । नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु¥याएको छ। बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी...
चितवन, २७ भदौ । गत वैशाखमा पूर्बी चितवनमा हावाहुरी र असिनाले नष्ट गरेको बालीको क्षतीपूर्ती र राहत कृषकले पाउन सकेका छैनन् । हावाहुरीले केरा, मौरी, तरकारी, मकै, कागती, धान लगायतका बालीमा ठूलो क्षति पुगेको थियो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार रु ४८ करोड एक लाख ११ हजार क्षति भएको थियो । त्यसमध्ये ४० करोड हाराहारी केरामा मात्र क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताउनुभयो । त्यसबाट...
नेपालगन्ज,२६ भदौ।पाँच वर्षअघिको गुमनाम ठाउँ, मानिसहरुको दैनिक सामान्य, पुरुषहरु बाहिरी काममा व्यस्त हुन्थे, कोही कालापहाड त कोही मजदुरीमा, महिलाहरु चुलोचौको र घरधन्दामा । सानो गाउँ, शैक्षिकस्तर पनि उस्तै सामान्य, थारु र मुगाली बस्ती । बस्तीमा साक्षर र शिक्षित व्यक्तिको संख्या औलामा गन्न सकिनेभन्दा धेरै थिएन । अलि शिक्षित व्यक्तिलाई सदरमुकामतिर रोजगारीका लागि भौतारिन ठिक्क, निरक्षरहरु गाउँमा साँझविहानको छाक टार्नका लागि कोही नजिकका शहर बजारमा मजदुरी गर्थे भने कोही भारतीय भूमि...
घोराही, २४ भदौ । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर रोकामगरले विदेशबाट कमाएर ल्याएको पैसा संयुक्तरुपमा लगानी गरी...
काठमाडौं,२० भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ। नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८ रुपैयाँ तिर्नुपर्ने भएको छ...
तिलक कोइराला,कातजमाण्डौ,२० भदौ।शेयर धितोमा दिईने कर्जा बैंकहरुको अधिक तरलता ब्यवस्थापन ९ पार्किड।० गर्ने क्षेत्रको रुपमा रहँदै आएको छ । बैंकमा तरलता फालाफाल भएको बेला बोलाई बोलाई कर्जा दिने र तरलता साघुँरिदै गएपछि सबैभन्दा पहिले र बढी शेयर धितो कर्जा लिएका ऋणीहरुलाई नै निचार्ने, पेल्ने र कर्जा तिर्नमा एक दिन पनि ढिला भयो भने ऋणीलाई थाहै नदिईकन आफैले शेयर बेचिदिने नीति बैंकहरुले अख्तियार गर्दै आएका छन् । अहिले सरकारी खर्च बढेको...
पर्सा, १८ भदौ ।नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो । वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोवार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन...
नेपालगञ्ज,१७ भदौ । ६ किलो बढी यार्सागुम्बासहित नेपालगन्जमा एकजना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी ६ का श्रवण बहादुर बुढा ६ किलो एक सय ग्राम यार्सागुम्बासहित नेपालगन्ज विमानस्थलबाट पक्राउ परेको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज विमानस्थलमा सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा यार्सागुम्बा ओसारपसारको अनुमति पत्र विना ठूलो परिमाणमा यार्सागुम्बासहित पक्राउ परेपछि प्रहरीले बुढालाई वन डिभिजन कार्यालयमा बुझाएको थियो । पक्राउ परेका बुढालाई अवैद्य रुपमा वन पैदावार ओसार...
रमेश लम्साल , काठमाडौँ, १७ भदौ । कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैङ्क तथा...