चौरजहारी नगरपालिकामा गत असारयता तीन करोड बढिको क्षति
प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार १६:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रुकुम पश्चिम, २८ भदौ । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार राबरको क्षति भएको छ ।
Advertisement
फाईल तस्बिर
नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु¥याएको छ। बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी बगेको छ । बाढी र पहिरोका कारण सात सडक तथा छा विद्यालयमा क्षति पुगेको छ ।
नगरपालिकाभित्रका जहारीखोला, सेतीगारखोला, मानाकोटखोला, दमदमेखोला, कालिगारखोला, नार्जिखोला, खहरेखोला, चिन्नेबगरखोला, लापुरखोला, ठूलाखोला, कटेजखोला, चैतेखोला तथा साक्चा खोलामा आएको बाढीले क्षति पु¥याएको कार्यदलका संयोजक सुनारले बताउनुभयो । कार्यदलले क्षतिको कारण पत्ता लगाउँदै नगरपालिकालाई सुझावसमेत दिएको छ । कार्यदलले विशेषगरी जथाभावी खनिएका सडकका कारण बर्खायाममा व्यापक क्षति भएको निष्कर्ष निकालेको छ । नगरपालिकाले २० परिवारलाई रु तीन हजारदेखि रु २० हजारसम्म सहयोग उपलब्ध गराएको छ। रासस।