बिजनेसमा रहेका समाचारहरु

ठूलो परिमाणको अवैध बोइलर कुखुरा बरामद !

गौरब गिरी, महेन्द्रनगर नेपालगन्ज, बाँके, १६ भदौ । भारतबाट अवैध तरिकाबाट नेपालगन्ज भित्रुयाएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले शनिवार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटर बाँके नम्वर ४० गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक द्रोर्णबहादुर बुढाको कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको करिव १ लाख ४४ हजार मूल्य बराबरको ज्युँदो बोइलर कुखुरा बरामद गरेको हो । श्सस्त्र प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका १७ ढोडेगाउँबाट करिव ८ सय...

जुम्लामा लगानी प्रवद्र्धन सम्मेलन २९ भदौबाट सुरु हुने

जुम्ला, १० भदौ । जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन गर्ने भएको छ । स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो । उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिनुभयो...

फोब्सले नेपालका टप टेन धनाड्य गर्यो सार्वजनिक ! टपमा व्यवसायी विनोद चौधरी छन् भने पुछारमा पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, १० भदौ – फोब्सले सार्वजनिक गरेको धनाड्य ब्यक्तिको सूचिमा नेपालका १० जना परेका छन् । फोब्सको सूचिमा पर्नेमा ब्यवसायी विनोद चौधरी देखी पूर्वराजा ज्ञानेन्द्र शाहसम्म छन् । १. ६ विलियन सम्पतिका मालिक विनोद चौधरी टप १ मा परेका छन् । भने ४ सय १० मिलीयन डलरका मालिक शेष घले टप २ मा परेका छन् । त्यस्तै ३ सय ६० मिलीयन डलरका मालिक उपेन्द्र महत्तो टप ३ मा परेका छन्...

सरकारले कसरी लगाउँदै फेसबुक र ट्वीटर प्रयोगकर्तालाई कर !

नेपालगन्ज,५ भदौ।सामाजिक सञ्जालहरुमा बढी लोकप्रिय फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेपछि यसका प्रयोगकर्ताहरुमा नयाँ बहसु सुरु भएको छ।सरकारले फेसबुक र ट्वीटरलगायत अनेक सामाजिक सञ्जालबाट विज्ञापन सम्बन्धी कारोबार भईरहेको भन्दै त्यस्ता माध्यमहरुमा नेपाल भित्रबाट भईरहेका गतिबिधिमा कर लगाउने तयारी गरेको हो । संसदीय समितिले नै सामाजिक संजालमा प्रबाह हुने बिज्ञापनमा कर लगाउन निर्देशन दिएपछि सरकार अरु हौसिएको हो । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको...

पिथौरागढ पहिरोमा परेका भारतीयलाई मात्रै राहत,नेपालीले पाएनन्

काठमाडौं,३ भदौ। गत वर्ष भारतको पिथौरागढमा गएको पहिरोमा ज्यान गुमाएका १३ नेपालीका परिवारले अझैसम्म पनि राहत पाएका छैनन् । सोही पहिरोमा ज्यान गुमाएका २१ भारतीय नागरिकका परिवारहरुले भने चार लाख भारुको दरले राहत पाएका छन् । गत वर्ष १४ अगष्टमा पिथौरागढको मंगती घाटीबागड इलाकामा पहिरो जाँदा १३ नेपालीको मृत्यु भएको थियो । त्यहाँ मृत्यु भएका नेपालीहरु मजदुरहरु हुन् । गत वर्ष जिल्ला प्रशासन कार्यालयले राज्य सरकारसँग नेपालीलाई राहत दिने कि नदिने...

पहिरोले १० वटा घर बगाउदा लाखौको क्षति

नुवाकोट, २ भदौ । बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा  आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको रु दुई लाखभन्दा बढीको क्षति भएको...

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: महामन्त्री कोइराला

विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिनुभयो । महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला...

निगमको दोस्रो वाइड बडी ‘मकालु’ को पहिलो उडान थाइल्याण्डको बैंककमा

  काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका छन् । शनिबारसम्म परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरी उडान शुरु गर्ने...

हिमालयन बैंकमाथि रकम हिनामिनाको आरोप, बैंकका बिरुद्ध तीन अर्व रुपैया बिगो दाबी

काठमाडौं – रकम हिनामिनाको आरोप अगाउदै हिमालयन बैंकका बिरुद्ध म्याक्स मनि एस.डी.एच डिले तीन अर्व रुपैया बिगो दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस. डी.एच डिका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि २०१६ सम्म हिमालयन बैंकले झुठो विवरण पेशगरि तीन अर्व बढि रकम भुक्तानि पेश गरेको आरोप लगाउदै उक्त बिगो दाबि गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै म्याक्स मनि एस.डी.एच.डिलेका लगानीकर्ता अब्दा हमिदले बिगत...

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्कियो

  मुम्बई– टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि नै खस्केको थियो । टर्कीको मुद्रा लीराको मूल्यमा भारी गिरावट आएसँगै उदीयमान अर्थतन्त्र भएका मुलुकहरुमा त्यसको नकारात्मक प्रभाव देखिएको छ । गत हप्तादेखि नै...