बिजनेसमा रहेका समाचारहरु
काठमाडौं, १५ जेठ । लामो समयदेखि चर्चामा मात्रै रहेको पश्चिम सेती जलविद्युत् आयोजनालाई सरकारले स्वदेशी लगानीमा नै निर्माण गर्ने उदघोष गरेको छ । विगत ६ वर्षदेखि चिनियाँ कम्पनी थ्री गर्जेजले लिइरहेको सो आयोजनाले गति नलिएको भन्दै सरकारले आफ्नै लगानीमा निर्माण गर्ने लक्ष्य राखेको हो । केही समय पहिले सरकारले गठन गरेको अध्ययन समितिको प्रतिवेदनका आधारमा सो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्दा उपयुक्त हुने सुझाव दिएको थियो । सोही सुझावका आधारमा...
काठमाडौं, १५ जेठ । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिंदै मोडालिटीमा भने परिवर्तन गरेको छ । सांसदलाई जनही पैसा दिने व्यवस्था परिवर्तन गर्दै निर्वाचित सांसदको नेतृत्वमा उक्त क्षेत्रका अन्य सांसदहरुलाई ४ करोड रुपैयाँ दिइने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमबाट वर्षेनि ५ वटा आयोजना पूरा गर्नुपर्ने घोषणा गरे । सत्तारुढ सांसदहरुले नै सांसद विकास कोषलाईसमेत निरन्तरता दिंदै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा १० करोड रुपैयाँ मागेका थिए । ...
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्बको बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार संघीय संसदका दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख हुने बताएका हुन् । नेपाल सरकारले हरेक जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम मंगलबार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट...
काठमाडौं, १५ जेठ । आज सरकारले संघ, प्रदेश र स्थानीय तहलाई समेत गरेर करिब १६ खर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने बजेटमा संघीय सरकारलाई १२ खर्ब तथा प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब बिनियोजन गर्ने तयारी छ । जसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ र तल्लो तहका दुई वटा सरकारको बजेट २५ प्रतिशत हुने छ । नेपाल राष्ट्र बैंकले संघीय सरकारको...
नेपालगन्ज,१४ जेठ। नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्ने धम्की दिएको छ । नयाँ उद्योग दर्ता गर्दा पुरानो कर समेत लिन थालेको भन्दै संघले सोमबार निर्णय नै गरेर कुनै पनि प्रकारको कर नतिर्न उद्योग व्यवसायीलाई आग्रह गरेको हो । उक्त निर्णयले अधिकार सम्पन्न स्थानीय तहलाई संघले चुनौती नै खडा गरिदिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले करको भारी धेरै भएका कारण आफुहरु मर्कामा परेको बताए । उनले संघको...
काठमाडौं,११ जेठ, । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१...
काठमाडौं,९ जेठ । नेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो । रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ । विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा...
गौशाला । केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा ९सिक्का० पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ । अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसा — जस्तै एक रुपैयाँ, दुई रुपैयाँ...
काठमाडौं, ८ जेठ । क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको हो । गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ...
नेपालगञ्ज, जेठ ७ । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ४ मा रहेको एक घुम्ती पसलमा आगलागी हुँदा पौने २ लाख बढीको क्षति भएको छ । स्थानीय भिम बहादुर खड्काको खाजा नास्ता पसलमा आगलागी हुँदा पसलका सरसामानसहित घुम्ती समेत जलेर नष्ट भएको छ । आगलागी गएराति करिब ८ बजेतिर भएको थियो । ...