बिजनेसमा रहेका समाचारहरु
नेपालगञ्ज, २४ जेठ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज लक्ष्य नजिक पुगेको छ । आर्थिक बर्ष २०७४÷७५ का लागि ३ अर्ब ३२ करोड १० लाख ७७ हजार लक्ष्य प्राप्त गरेको आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले बैशाख मसान्तसम्म लक्ष्यको ८४ प्रतिशत राजश्व संकलन गरिसकेको छ । बैशाख मसान्तसम्म २ अर्ब ७८ करोड ९१ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भइसकेको आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख प्रमुख कर अधिकृत जनकराज शर्माले बताउनुभयो...
टोपराज शर्मा/बुटवल,२३ जेठ । सरकारबाट चारवटा शाखा खोल्ने अनुमति लिएको एक क्यासिनोले अनुमति विपरीत पाँचवटा शाखा संचालन गरेर राज्यलाई करोडौं कर छली गरिरहेको छ । देशभर ४ वटा शाखा खोल्ने अनुमति लिएको हयाप्पी आवर प्रा.लि.ले पाँचवटा शाखा खालेर एउटा शाखा अवैध ढंगले सञ्चालन गरिरहेको छ । ह्याप्पी आवरले नेपालगञ्जको होटल स्नेहामा, काँकडभित्ताको होटल ढाकामा, महेन्द्रनगरको होटल स्वीट ड्रीममा, भैरहवाको होटल लाकौलमा र भैरहवाकै होटल नान्समा गरी ५ वटा शाखा संचालन गरिरहेको...
काठमाडौं,२३ जेठ – सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिएका छन् ।लगानीकर्ताहरुले विभिन्न पुँजीबजार लगानीकर्ता संघको आयोजनामा धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोकेको थियो । प्रहरीले अवरोध गरेपछि लगानीकर्ताहरुले गेटमै बसेर धर्ना दिए । हालैमात्रै सरकारले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर...
रसुवा, २१ जेठ । रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिए । ‘८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर...
काठमाडौं, १९ जेठ । सरकारले फेरि सबै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट कायम हुने गरी भाउ बढाएको हो। सरकारले पेट्रोल, डिजेल तथा मट्टितेलमा सबैमा प्रतिलिटर ३-३ रूपैयाँको दरले मूल्य बढाएको हो। सरकारले हवाइ इन्धनमा समेत मूल्य बढाएको छ। हवाइ इन्धनमा स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रूपयाँले बढोत्तरी गरेको छ भने अन्तराष्ट्रिय विमानहरूले भर्ने इन्धनमा प्रति हजार लिटर ७५ अमेरीकी डलरले मूल्य बढाएको छ। निगमले...
काठमाडौँ, १८ जेठ। महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ । पक्राउ...
नेपालगन्ज,१८ जेठ।सानिमा लाईफ ईन्स्योरेन्सले नेपालगन्जमा विधिवतरुपमा सेवा प्रारम्भ गरेको छ । शुक्रबार नेपालगन्जको सुर्खेतरोडस्थित (पाहुनाघर अगाडि) कार्यालयको उद्घाटन गरी सानिमा लाईफ ईन्स्योरेन्सले सेवारम्भ गरेको हो । सानिमा लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाईको उपस्थितिमा प्रदेस सभा सदस्य सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले संयुक्तरुपमा कार्यालयको उद्घाटन गरेका थिए । ...
दाङ, १८ जेठ – छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ ।सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई नमूना विद्यालयका रुपमा छनोट गरिएको छ । नमूनाका रुपमा छनोट भएका प्रत्येक विद्यालयलाई बालविकास कक्षा व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, खेलकूद मैदान, चिल्ड्रेनपार्क निर्माण कार्य...
बुटवल,१६ जेठ – प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी बिधेयक पारित भएको छ । विधेयक पारित भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुका लागि सेवा र सुबिधा पाउने बाटो खुलेको छ ।प्रदेशसभा ५ को दोश्रो अधिबेशन अन्तर्गत बुधबार बसेको चौथो बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी परिमार्जित बिधेयक पारित गरेको हो । पारित भएको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता ४१...
काठमाडौं,१६ जेठ । सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आउँदो पाँच वर्षभित्र युवा कामका लागि विदेश जानु नपर्ने गरी सरकारले तीन अर्ब १० करोड रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। तर, अहिले वैदेशिक रोजगारीका दैनिक दुई हजारभन्दा बढी युवा विदेश जान बाध्य छन्। युवाको विदेशमोह र बाध्यताले देशमै निर्माणाधीन ठूला आयोजनामा काम गर्ने कामदारको पनि अभाव बढ्दो छ। आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत...