बिजनेसमा रहेका समाचारहरु
चितवन,७ जेठ । चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं।९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो । बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४...
नेपालगन्ज, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका अबेर गरी बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । ...
छविलाल बगाले, नेपालगन्ज, ३ जेठ । सरकारले आन्तरिकतर्फको दुर्गम क्षेत्रमा हवाई भाडा बढाउने निर्णय गरेको छ । राज्यले दुर्गम क्षेत्रमा विशेष अनुदानमार्फत राहत दिएर हवाई सेवा संचालन गर्नुपर्ने भएपनि उल्टै व्यवसायीको दवावमा परेर भाडा बढाउने निर्णयमा पुगेको हो । प्रत्येक २-२ बर्षमा हवाई भाडा समायोजन गर्नुपर्ने प्राबधान रहेपनि सरकारले ८ बर्षपछि हवाई भाडाको विषयमा मुख खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हवाई व्यवसायीहरुको प्रस्तावमा ५४ प्रतिशतसम्म भाडा बृद्धि गर्ने...
नेपालगन्ज,१ जेठ । यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो। सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ। विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ। यातायात...
नेपालगन्ज,१ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने उद्घोष गरेका छन् । आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट पारे । उनले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे संविधानले भनेको बाटामा बजेट आउने भएकाले समृद्धिको अभियानमा...
बझाङ, ३१ वैशाख । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताउनुभयो...
काठमाडौं २९ वैशाख । नेपाल र भारतका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई वेवास्था गरिएको खुलासा भएको छ । मन्त्रालयका सचिव र अन्य अधिकारीलाई बोलाइए पनि उर्जा मन्त्री बर्षमान पुनलाई भने सो समारोहमा निमन्त्रण नै नगरिएको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राती काठमाडौंको बत्तिसपुतली स्थित एक होटलबाट स्विच थिचेर अरुण तेस्रोको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा मन्त्री पुनलाई...
नेपालगन्ज,२८ बैशाख।नेपालगन्जमा शुक्रबार देखि नँया पार्टी प्यालेस सञ्चालनमा आएको छ। नेपालगन्जको सुर्खेत रोडस्तिथ ३०० जना सम्म अट्ने हल भएको द किचेन टप्स रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस आज शुक्रबारबाट सञ्चालनमा आएको हो। पारिवारिक बाताबरण सहित एसी लगायत फ्री वाईफाईको सुबिधा सम्पन्न उक्त रेस्टुरेन्टमा प्राभेट क्याबिन सहित गार्डेको ब्यबस्था भएको संचालक इन्द्र बहादुर थापाले बताए। नँया पिढीलाई र यूबबर्गलाई मध्यनजर गर्दै उक्त रेस्टुरेन्ट खोलिएको संचालकले बताए।सञ्चालनमा आएको रेस्टुरेन्टमा थकाली,चाइनीज,कन्टीनेंटल,इन्डियन खाना सहित...
बर्दिया,२७ बैशाख । बर्दिया जिल्ला माछामा आत्मनिर्भर बनेको छ । ५ सय ३७ हेक्टर जलासयमा माछा पालन भइरहेको बर्दियामा किसानहरुले हाल बार्षिक ३५ करोड आम्दानी गरिरहेका छन् । दश वर्षयता बर्दियामा व्यवसायिक माछा पालन फस्टाएको हो । माछापालनकै कारण किसानहरुको आयस्तर उकासिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् माछा ब्लक कार्यक्रम सञ्चालनमा आएपछि किसानहरु माछा पालन व्यवसायमा होम्मिएका हुन् । बर्दियामा एक बर्षमा करिब २ हजार मेट्रिक टन...
काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभाको बुधबारको बैठकमा आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन् । नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्री डा. खटिवडाले प्रि–बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ । अर्थ मन्त्रालयले पनि बुधबारको बैठकमा प्रि–बजेट पेश...