बिजनेसमा रहेका समाचारहरु
काठमाडौँ, १४ बैशाख । अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४–७५ मा कमी आएको हो । निगमको तथ्यांकअनुसार आव २०७४–७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए । तुलनात्मक रुपमा यो संख्या...
काठमाडौं, १३ वैशाख। नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा पुरानो भन्दा केही विशेष परिवर्तनहरु गरिएका छन् । आकार भने साविककै कायम गरिएको छ ।यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुई वटा पाटे बाघको सट्टामा एउटा मात्रै राखिएको छ । नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमाल र दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ । नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको...
नेपालगन्ज, १३ वैशाख । आर्थिक वर्ष २०७४–७५ (सन् २०१८) मा नेपालीहरुको बार्षिक औषत प्रतिव्यक्ति आयमा वार्षिक १ हजार ४ अमेरिकी डलर प्रतिव्यक्ति आय पुगेको । नेपालीहरुको वार्षिक औसत प्रतिव्यक्ति आयमा पछिल्लो समयकै व्यापक वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आव २०७३–७४ मा वाषिर्क प्रतिव्यक्ति आय औसतमा ८ सय ६६ डलर रहेकोमा चालू आर्थिक वर्ष २०७४–७५ मा १ सय ३८ डलर बढेर १ हजार ४ डलर पुगेको हो...
काठमाडौँ, १२ वैशाख ।केन्द्रीय तथ्यांक विभागले पहिलोपटक शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब रु ४० करोड खर्च हुने भएको छ । यही वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका संघ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतका क्षेत्रमा आर्थिक तथ्यांक संकलन गरिने छ । गणनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति...
ललितपुर, १० वैशाख – यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो । यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उहाँ भन्नुहुन्छ, “पहिले आर्थिक उपार्जन केही नहुने ठाउँमा पनि अहिले बैंकिङ संस्था धमाधम...
कञ्चनपुर, ९ वैशाख । एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । रु ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन् । आयोजनाका इञ्जिनियर छविलाल पनेरुका अनुसार फोहरमैला व्यवस्थापन क्षेत्रका लागि माटो जाँचको कार्य अगाडि बढेको छ । माटोको तहको जाँचसँगै पानीको सतहबारे जाँच गर्नका लागि तीन...
प्रशन्न पोखरेल/काठमाण्डौ, ६ बैशाख।श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत कोमल अधिकारीले नियमित प्रक्रियाअनुसार माघ २६ गते अवकास पाए। अवकास भएको तीन महिना हुन लाग्दा पनि अधिकारीले पेन्सन पाएका छैनन्। स्वेच्छिक अवकास योजनामा निवेदन दिएको कारण देखाएर निजामती किताबखानाले पेन्सनपट्टा बनाउन ढिलाइ गरेको उनले बताए। ‘स्वेच्छिक अवकास योजनामा निवेदन दिएको छ कि छैन भनेर निजामती कितावखानाले सोध्छ। छ भने पेन्सनपट्टा बनाउन मान्दैनन्, केही समय कुर्नुहोस् भन्छन्’ अधिकारीले भने, ‘केही समय बाटो हेर्यौं...
दाङ, ६ बैशाख। नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ । अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व अल्वर्टका श्रीमती डा सिसेल हल्डेन, छोरा डा हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई रु पाँच लाखको चेक सहयोग...
नेपालगञ्ज,५ बैशाख। सामान्यतया कार्यक्रम गरिएपछि के कती, के मा खर्च भयो सार्वजनिक गरिदैन तर अब सामाजिक संघ संस्थाहरुले सार्वजनिक परिक्षण गर्न थालेका छन् । द्धन्द पीडित तथा एकल महिला सञ्जाल बाँकेले वडास्तरमा गरेको एक कार्यक्रमको सम्पूर्ण विवरण औपचारिक रुपमा सार्वजनिक गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न १० को सहयोगमा फागुन २९ र ३० गते गरेको कार्यक्रमको खर्च विवरण आज सञ्जालले सार्वजनिक गरेको हो । द्धन्द पीडित तथा एकल...
छविलाल बगाले, नेपालगन्ज, ५ बैशाख । बहुचर्चित नागढुंगा–नौबिसे सुरुङ निर्माण आयोजनाले गति लिने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकोले आयोजना निर्माणको बाटो खुलेको हो । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि साढे ३ महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । सुरुङमार्ग निर्माणका लागि आयोजनाले जग्गा प्र्राप्तिको कार्य भइरहेको जनाएकोे छ । सडक विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सुरुङ मार्ग निर्माणका...