बिजनेसमा रहेका समाचारहरु
काठमाडौँ, २५ वैशाख। नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ। गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै चाँडो तलब भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । कर्मचारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसकिएका कारण विभिन्न समस्या आएको, त्यसमा कार्यरत कर्मचारीलाई...
नेपालगन्ज, २४ वैशाख । नेपालगन्ज उपमहानगरपालिकामा संस्थागत विद्यालयहरुको शुल्क निर्धारण गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विभिन्न शुल्क तथा पाठयपुस्तक निर्धारण लगायतका निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा चैत्र १७ गते बसेको संस्थागत विद्यालय भर्ना तथा शुल्क अनुगमन समितिले गरेको निर्णयानुसार नै शुल्क कायम गरिने भइएको छ । सो निर्णय भन्दा बढी शुल्क लिन नपाउने र लिएको पाइएमा आगामी महिनामा...
नेपालगन्ज, २४ वैशाख । संघीय संरचनाअनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तहका सरकार गठन भइसकेको अवस्थामा संघीय संसद्का सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि राज्यले अलग्गै बजेटको व्यवस्था गर्नु नहुने विज्ञहरुले जोड दिएका छन् । सांसदलाई १० करोड सम्म बजेट दिनुपर्ने माग भइरहेको सन्दर्भमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आयोजना गरेको ‘सांसदलाई रु १० करोड बजेट ‘ठीक कि बेठिक’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले विगतमा सांसदहरुलाई दिइएको बजेट दुरुपयोग भएको...
नेपालगन्ज,१९ बैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन । खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४.२९ रुपैयाँ घाटा...
सुर्खेत, १९ वैशाख । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ । यही वैशाख १६...
खोटाङ, १७ वैशाख । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता आइतबार भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले...
काठमाडौं , १६ वैशाख – कर्णाली प्रदेशले ल्याएको चालु आर्थिक वर्ष ०७४/ ७५ को तेस्रो चौमासिक बजेट पारित भएको छ । गत बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको बजेट आइतबारको संसद बैठकले सर्वसम्मत पारित गरेको हो ।कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि एक अर्व दुई करोड पाँच लाखको बजेट ल्याएको छ । बजेट पारित भएसँगै कार्यानवयनको बाटो समेत संसदले खोलिदिएको छ ।आइतबारको संसद बैठकले...
नेपालगन्ज, १५ बैशाख । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सो सडकको लागत मूल्य बढेसँगै रु तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ पुगेको...
काठमाडौँ, १५ वैशाख । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ । बैंकको ६३ औँ वर्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुद्राको चलनचल्ती बढ्दै गएको आवस्थामा आपूर्ति सहज गरेको बताए । अर्थतन्त्रमा मौद्रिकीकरणमा सुधार भइरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले चालु आवको चैत मसान्तसम्ममा चलनचल्तीमा रहेको नोट रु चार खर्ब ७४ अर्ब ९५ करोड पुगेको उल्लेख गर्दै उनले...
काठमाडौं, १५ वैशाख । बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आज साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोहको आयोजना गरे । त्यसअवसरमा उनले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट...