बिजनेसमा रहेका समाचारहरु

चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ४ वैशाख । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो । सरकारले उखुको मूल्यमा प्रति...

घोराही सिमेन्ट उद्योगद्वारा स्थानीय निकायलाई ५४ लाख सहयोग

दाङ, ४ वैशाख । घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई रु ५४ लाख १६ हजार सहयोग गरेको छ । उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो । उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई रु २८ लाख ६६ हजार, घोराही–४ लाई रु २५ लाख ५० हजार सहयोग गरेको छ । सिमेन्ट उद्योगले विभिन्न विकास निर्माणका लागि स्थानीयवासीले गाउँपालिका र वडा कार्यालयमार्फत सहयोगका लागि आग्रह...

जुम्ला सदरमुकामको कारोवार ५० प्रतिशत घट्यो

जुम्ला, ४ वैशाख । संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ । गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो सरकारका जिल्ला तथा गाउँसम्म रहेका स्थानीय निकायहरु स्थानीय तहमा परिणत भइसकेपछि सदरमुकाम केन्द्रित सरकारी सेवाहरु पनि विकेन्द्रित भए । सरकारका विभिन्न...

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा

काठमाडौँ, ४ वैशाख ।केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या हट्ने छ । स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता...

भारतबाट ल्याइएको चिनी तीनदिनदेखि कैलाली भन्सारमै रोकियो

कैलाली ,४ बैशाख ।भारतबाट कैलाली भन्सार नाका भएर आयात हुने चिनी भन्सारमै रोकिएको छ । सरकारले चिनीको आयात मूल्य प्रति मेट्रिक टन ४६० डलरमा कायम गर्नु भनेर मौखिक जानकारी गराएपछि कैलाली भन्सारले सबै प्रकृया पुर्‍याएर चिनी आयात गरिरहेका व्यापारीहरुलाई सो भन्दा कम मूल्यमा भन्सार गर्न नसक्ने भन्दै भन्सारमै चिनी रोकिदिएको हो । व्यापारीहरुले भारतीय बजारबाट प्रति क्वीन्टल २ हजार ८५० भारतीय रुपैयाँमा खरिद गरे ल्याएपनि. भन्सारले भने प्रति केजी ३०...

चैतसम्म लक्ष्यभन्दा करीब १३ अर्ब कम राजश्व संकलन

काठमाडौं, ४ वैशाख । चालु आर्थिक बर्षको पहिलो ९ महिनमा ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको तुलनामा १३ अर्ब रुपैयाँले कमी हो । सरकारले चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधीमा मात्रै ४ खर्ब ९२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर यसमा सरकार असफल भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको सरकारमा अर्थमन्त्रीका रुपमा आएका युवराज खतिवडाले आएलगत्तै भन्सार मूल्यांकनमा...

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

त्रिपुराकोट, डोल्पा, ३ वैशाख । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो । यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिव्यक्ति पाँचसय, मध्यवर्ती क्षेत्र...

सामाजिक सेवामा उम्दा वडा अध्यक्ष बेहना

नेपालगञ्ज, २ बैशाख  । गरिब, दुःखी, असहाय र इमान्दार मानिसहरुको सहयोग गरेर नथाक्ने नेपालगञ्जका एक वडा अध्यक्षले आफ्नै खर्चमा एक युवतिको विवाह गराइदिएका छन् । विकास र सामाजिक सेवा मार्फत् आफूलाई जनताको अब्बल सेवक बनाउन तल्लीन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नगरकै वडा नम्बर ५ की एक युवतिको विवाहमा आफ्नै घरबाट नास्ता, खाना, कपडा लगायतका सामग्री गरी ६० हजार रुपैयाँ बराबरको सहयोग गरेर विवाह...

“गुरुप्रसाद खत्री जेहेन्दार विद्यार्थी छात्रबृत्ति २०७४” वितरण

नेपालगञ्ज, २ बैशाख  । बरिष्ठ पत्रकार पोषण केसीले आफ्ना बुबाको सम्झनामा स्थापना गरेको ‘गुरुप्रसाद खत्री जेहेन्दार विद्यार्थी छात्रबृत्ति २०७४’ वितरण गरिएको छ ।  राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित कुशुमेश्वर माविबाट २०७४ को बार्षिक परिक्षामा कक्षा ९ मा सर्वोत्कृष्ट अंक ल्याउने मेधावी छात्र दिलिप खड्कालाई आज छात्रबृत्ति वितरण गरिएको हो । बुवाको मृत्यु पश्चात् १ लाख रुपैयाँको अक्षय कोष खडा गरी त्यसबाट बार्षिक रुपमा आउने ब्याजबाट प्रत्येक बर्ष एक जना जेहेन्दार...

गौरमा आज दिउँसो आगलागी हुदाँ ४ वटा होटेल जलेर पूर्ण रूपमा नष्ट

प्रविण टिबडेवाल/रौतहट, २ बैशाख । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका अन्तर्गत वडा नम्बर १ मा आज दिउँसो आगलागी हुदाँ ४ वटा होटेल जलेर पूर्ण रूपमा नष्ट भएको छ । वडा नम्बर १ स्थित रामजानकी धर्मशालासंगै रहेको सन्तलाल जयसवालको होटलबाट सल्केको आगोको चपेटामा परी टाँसिएर रहेको सुधा देवी, राजेन्द्र दास र आकास महतोको होटेलसमेत खरानी बनेको छ । चर्को धाम र तेज हावाका कारण आगो नियन्त्रण गर्ने प्रयास भइरहँदा पनि आगोले भयावह...