डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु

डुडुवा गाउँपालिकाको राजपत्र सार्वजनिक

डुडुवा (बाँके), चैत्र २० । बाँकेको डुडुवा गाउँपालिकाले आफूले बनाएका ऐन, कानुन, नियमावली र कार्यविधिलाई राजपत्रमा प्रकाशित गरेको छ । हालसम्म बनेर प्रमाणिकरण भएका ऐन, कानुन, नियमावली र कार्यविधिलाई चैत्र १५ गते राजपत्रमा प्रकाशित गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिका कार्यालय बनकट्टीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरी र उपाध्यक्ष साहिदा बानोले ‘डुडुवा राजपत्र’ सार्वजनिक गर्नुभयो । प्रदेश ५ मा पहिलो पटक डुडुवाले आफूले निर्माण गरेको स्थानीय कानुन...

बाँकेमा गोली हानेर श्रीमानले गरे श्रीमतिको हत्या

नेपालगञ्ज, चैत्र १६ । बाँकेमा श्रीमानले गोली हानेर श्रीमतिको हत्या गरेका छन् । डुडुवा गाउँपालिका–३ बनकट्टीका ३० बर्षीय सञ्जयकुमार बर्माले २८ बर्षीया श्रीमति सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हानेर आफ्नै श्रीमतिको हत्या गरेका बर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले...

डुडुवा गाउँपालिकाद्वारा अग्नी पीडितलाई राहत रकम वितरण

नेपालगन्ज,१४ चैत्र। बाँकेको डुडुवा गाउँपालिकाले वडा नम्बर १ संतालियका अग्नी पीडितलाई राहत स्वरुप नगद रकम वितरण गरेको छ । गाउँपालिकाले ४ जना अग्नी पीडित परिवारलाई नगद २ हजारका दरले वितरण गरेको हो । बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मीले सो रकम पीडितलाई हतान्तरण गरेका थिए । सो अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले आग्नी पीडितलाई थप राहतका लागि सम्वन्धित...

नेतृत्व तथा वाक कला तालिम प्रदान

नेपालगञ्ज,  १० चैैत्र। ग्रामिण यूवा महिलालाई नेतृत्व तथा वाककला तालिम दिइएको छ । प्लान नेपालको सहयोगमा राईजिङ आइडल्स बाँकेले नेपालगञ्जमा दुई दिने तालिम प्रदान गरेको हो । यूवा महिला सञ्जालमा आवद्ध बैजनाथ गाउँपालिका १, खजुरा ३, ४ र डुडुवा गाउँपालिका ४ र ५ वडाका २७ यूवा महिलालाई प्रशिक्षण दिइएको हो । तालिममा नेतृत्व विकास, सञ्चार, सञ्चार प्रक्रिया, आम सञ्चार, वाक कला÷भाषणकला, उदघोषण कला र रेडियो लगायतका विविध आयामबारे सहजीकरण गरिएको थियो...

डुडुवा गाउँपालिकाको आवश्यक पूर्वाधार विकास निमार्णको योजना सुरु

नेपालगन्ज,९ चैत्र। बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास निमार्णको योजना सुरु गरेको छ । आर्थिक वर्षको अन्त्य नजिकिदै गरेपछि योजना बनाइएका सम्पूर्ण काम हरु उपभोक्ता समितिमार्फत निर्माण प्रक्रिया थालनी गरेको छ । गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम सुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी बताए । पहिलो सभामा प्रस्ताव पेश भएका आयोजनाहरु तत्काल अगाडि बढाउने भन्दै निर्माण समितिमार्फत कामको थालनी गरेको हो । उनका अनुसारु...

बाँकेको डुडुवा गाउँपालिकामा ७४ योजना निमार्ण शुरु

नेपालगन्ज, ८ चैत । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पुर्वाधार विकास निमार्णको योजना शुरु गरेको छ । गाउँपालिकाले अहिले विभिन्न उपभोक्ता समिति निर्माण गरी विकास निर्माणको योजना धमाधम शुरु गरेको हो । गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम शुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका ६ वटै वडामा सडक, पिपिसी, नाली निर्माण, माटो पटान, ग्राबेल, कल्भर्ट पुल निर्माण, खानेपानी, सार्वजनिक शौचालय, बाउण्ड्री निर्माण...

वडासदस्य खाँको निधन, डुडुवा गाउँपालिकाद्वारा शोक ब्यक्त

नेपालगन्ज ७ चैत । बाँके डुडुवा गाउँपालिका वडा नं. ३ का वडा सदस्य तथा गाउँसभा सदस्य ४२ वर्षिय अलिउल्ला खाँको निधन भएको छ । गएराती ९ बजे घरको छतबाट खसेर गम्भीर घाईते खाँलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटो मै निधन भएको परिवारले बताएको छ । गाउँसभा सदस्य खाँको निधनले गाउँपालिका स्तब्ध भएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र ३ नंम्बर वडाध्यक्ष भण्डारीलाल यादवले आज शोक बक्तव्य जारी गर्दै...

डुडुवामा ‘घर–घरमा स्वास्थ्य’ र ‘घरधुरी सर्भेक्षण’ तिब्ररुपमा अगाडि

नेपालगन्ज ,१चैत्र। डुडुवा गाउँपालिकाद्वारा सञ्चालन गरिएको महत्वाकांक्षि दुई अभियान ‘घर–घरमा स्वास्थ्य’ र ‘घरधुरी सर्भेक्षण’ तिब्ररुपमा अगाडि बढाईएको छ । गाउँपालिकाले केहीदिन अघिदेखि शुरु गरेको अभियान अन्र्तगत ६ वटै वडाका विभिन्न टोलका नागरिकहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले अभियानको बारेमा जानकारी दिदै भने–‘अहिलेसम्म ६० घरधुरीका करिब ४ सय जनाको स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिसकिएको छ । नागरिकको घरमै औषधिसहित स्वास्थ्यकर्मी पुगेपछि उनीहरु...

डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु

नेपालगन्ज,१ चैत्र। बाँकेको डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु गरेको जनाएको छ । प्रदेश सरकारले गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पारिश्रमिक दिने निर्णय गरेपछि वडासदस्यहरुले आफुहरुले पनि पारिश्रमिक पाउनुपर्ने भन्दै दवाव मुलक कार्यक्रम सुरु गरेका थिए । डुडुवा गाउँपालिका बाँकेले गाउँपालिकाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सेवा सुविधासहितको पारश्रमिकका लागि पहल गरेको जनाएको छ । गाउँ कार्यपालिकाको हालै बसेको बैठकले वडा सदस्यहरुको पारिश्रमिकका विषयमा केन्द्र र प्रदेश सरकारसंग माग...

डुडुवा गाउँपालिकामा ब्यावसायिक मकै खेति तालिम शुरू

(डुडुवा)नेपालगन्ज ,२७ फागुन।  बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा ब्यावसायिक मकै खेति प्रविधि विषयक कृषकस्तरिय तीन दिने तालिम आईतबारदेखि शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को आयोजनामा भएको तालिम उद्घाटन कार्यक्रममा सहभागिले मकै जोन कार्यक्रमले कृषकलाई फाइदा पुगेको बताए । सरस्वती मावि भंघोटनाको हलमा शुरु भएको तालिममा सहभागीहरुले परियोजनाले कृषकका लागि उल्लेख्य काम गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिनु पर्ने धारणा राखे । मकै...