डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु
डुडुवागाऊपालिका(नेपालगन्ज),९ असार। बाँकेको डुडुवा गाउँपालिकालाई शनिबार पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । एक समारोहका विच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले सो घोषणा गरेका हुन । उनले बालबालिकाहरुका लागि खोप अमृत भएकाले यसलाई कहिलै पनि छुटाउन नहुने बताउदै खोप कार्यक्रमलाई सफल बनाउनमा महिला स्वास्थ्य स्वयम्सेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सम्मान र जनसेवा नै पारिश्रमिक भएको बताउदै उनीहरुको मेहन र समाजसेवाको स्थानीय सरकारले उच्च कदर गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष...
नेपालगन्ज, ३१ जेठ । आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी बाँकेमा पनि मनाइएको छ । बाँकेको डुडुवा गाउँपालिकाले आज विशेष कार्यक्रम गरी दिवस मनाएको छ । गाउँपालिकाको वडा नं. २ को कार्यालय बेतहनीमा गरिएको बृहत रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । वडाध्यक्षद्वय गजेन्द्र कैराँती र मोहनराम मिश्र, गोपीनाथ बैश्य, शसस्त्र प्रहरीका इन्सपेक्टर गंगाराम भट्ट, गाउँपालिकाका कर्मचारी कौशलकुमार कैराँती, इन्जिनियर तेजराज खड्का, पत्रकार पवन जयसवाल लगायत जनप्रतिनिधि,...
नेपालगन्ज,२७ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले गाउँ घरमा सेवा पुर्याउने उद्देश्यले घुम्ती सेवा शुरु गरेको छ। गाउँपालिकाको प्रथम गाउँसभाबाट पारित गाउँमा पुगेर घुम्ती सेवा संचालन गर्ने नीति अनुसार वडा नम्बर ५ बाट आज आईतबार सेवा शुरु गरिएको हो । घुम्ती सेवामा व्यक्तिगत घटना दर्ता, मालपोत कर असुली, नागरिकता लगायत विभिन्न सिफारिस, जन्म, विवाह, मृत्यु, बसाईसराई लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिदैछ । ५ नम्बर वडा अन्तर्गत् जबदहवा गाउँमा आजदेखि दुई...
नेपालगञ्ज, २० जेठ । बाँकेको डुडुवा गाउँपालिकामा एक सातादेखि पशु चौपायाहरुमा फैलिएको भ्यागुते रोग (घटरुवा) को महामारी नियन्त्रणमा आएको छ । गाउँपालिकाको वडा नम्बर २ बेतहनी र वडा नम्बर ४ कम्दीका किसानले पालेका पशुहरुमा विगत एक सातादेखि रोगको महामारी देखिएको हो । रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करिब ३०० पशु विरामी परेका छन् । भ्याक्सिन नदिइएका बाहिरबाट खरिद गरी ल्याइएका पशु तथा रोगी पशु मरेपछि गाउँ...
नेपालगञ्ज, ११ जेठ । बाँकेको डुडुवा गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार तथा शिक्षक नियमितताका लागि विद्यालयहरुमा इ हाजिरी मेसिन जडान गरिएको छ । गाउँपालिका अन्तर्गत् यस आर्थिक वर्षमा १० वटा विद्यालयलाई विहीबार एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्र र प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सो मेसिन हस्तान्तरण गर्नुभयो...
दिनेश ठाकुर,नेपालगन्ज २९ बैशाख । नेपाल शिव सेना बाँकेलेले बाँकेको डुडुवा गाउँपालिका २ मा जोखन यादवको अध्यक्षमा संगठन बिस्तार गरिएको छ । नेपाल शिव सेना केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्य तथा डुडुवा गाउँपालिकाका नेपाल शिव सेना प्रमुख गंगासागर बर्माको अध्यक्षतामा भएको भेलाले यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विद्याराम गोडिया, सचिवमा रामचन्द्र गोडिया, कोषाध्यक्षमा बाबाद्दीन गोडिया रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः रामनिवास गोडिया, मिट्ठु विश्वकर्मा,...
नेपालगन्ज, १९ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाले विकासमा साझेदारका लागि विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग आज छलफल गरेको छ । विभिन्न विकासे साझेदारसंगको बैठकमा गाउँपालिकाका निति तथा कार्यक्रमसंग मेल खाने विषयमा साझेदारी गरि काम गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, र विपत व्यवस्थापनको मुख्य समस्या रहेकाले सो क्षेत्रमा आवश्यक पहलका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयोडुडुवा बाढी प्रभावित क्षेत्र हो, यहा बर्षेनी समस्या आउछ,...
नेपालगन्ज,१७ बैशाख । आईतबार साँझ आएको हावाहुरी र असिनाले बाँके डुडुवा गाउँपालिकाका धेरै घरमा क्षति पुगेको छ, भने केेेहि नागरिक घाईते भएका छन । आईतबार साँझ परेको असिनाले डुडुवा गाउँपालिकाका धेरै घरको टायल र खफडा फुटाएको छ । हावाहुरीसंगै आएको असिनाले घरमाथी छाएको टायल फुटाएर क्षति बनाएको हो । टायल फुटेपछि पानी पसेर घरभित्र रहेको अन्नपात, कपडा लत्तामा क्षति पुर्याएको पीडितले बताएका छन । किसानले लगाएको तरकारी बाली र गहुमा समेत असिनाले क्षति...
नेपालगन्ज,९ बैशाख । सरकारी विद्यालयमा ‘बाउण्डरी वाल’ नभएका कारण धेरै विद्यार्थीहरु भाग्ने गरेको पाईन्छ। जसका कारण विद्यार्थीरु ‘ड्रप आउट’ बढ्ने गरेको तथ्य समेत उजागर भएको छ । विद्यार्थीहरुको नियमितता नहुनुमा अभिभावको चेतनास्तर समेत प्रमुख चुनौतीका रुपमा देखिन्छ । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बालबालिकालाई शिक्षा दिनुपर्ने सोँच अभिभावकहरुमा अझै विकास हुन नसकेकोले बिद्यार्थी बिचमै बिद्यालय छोड्ने गरेको बताएका थिए । अभियाननै चलाएर बिद्यार्थी भर्ना गरिएपनि खेतीपातीको समयमा बिद्यार्थीको उपस्थिती संख्या...
नेपालगन्ज, २ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाले विद्यालय स्वागत तथा भर्ना अभियान आजदेखि शुरु गरेको छ । बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुचको सुनिश्चिता र सिकाईमा स्थायित्व भन्ने मुल नाराका साथ आज एक कार्यक्रमका विच अभियानको शुभारम्भ गरियो। गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले अभियानको शुभारम्भ गर्दै गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा बाहिर रहेका सम्पुर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने अभियान प्रभावकारी रुपमा लैजाने प्रतिबद्धता गर्दै शिक्षाको अवस्थामा व्यापक सुधार ल्याउन योजना नै निमार्ण गरि...