डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु
फाल्गुन २२,नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न शुरु गरेको छ । मंगलबारदेखि गाउँपालिकाको वार्ड नं. १ होलियाको स्थानीय प्रेमा बर्माको घरबाट घर नंम्बर कायम गरि नम्बर प्लेट टाँस्न शुरु गरिएको जनाएको छ । अभियानको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द चौधरीले शुभारम्भ गर्दै यसले गाउँपालिकाको घरधुरी तथा सदस्य संख्या निर्धारण भई अधिकारिक हुनुको साथै हरेक सेवा सुविधा सहज र सरल रुपमा नियमित प्रवाह गर्नमा...
फाल्गुन २२, नेपालगन्ज । महिला तथा बालबालिकाबिरुद्ध हुने हिंसाको अन्त्यका लागि स्थानीय संरचनामा महिला र बालिकाको अर्थपूर्ण सहभागिता विषयक वडा स्तरीय कार्यशाला बाँकेको डुडुवा–४ कम्दीमा सम्मपन्न भएको छ । अक्सफामको सहयोग तथा सामाजिक सचेतन सरोकार केन्द्र (स्याक) को आयोजनामा सम्पन्न सो कार्यक्रमलाई सहजिकरण गर्दै स्याक नेपालका टिम लिडर नेत्रकला शाहीले महिला तथा बालिका विरुद्ध हुुने हिंसा अन्त्यका लागि स्थानीय संरचनामा महिला र बालिकाको अर्थपूर्ण सहभागिता भए मात्र पनि आफै न्यूनिकरण...
नेपालगन्ज, १० फागुन । बाँकेका स्थानीय तह न्यायीक समितिका संयोजकहरुको आज बसेको बैठकले न्यायीक समितिका पदाधिकारी र कर्मचारीलाई दक्षता अभिवृद्धिको तालिम दिनुपर्ने निर्णय गरेको छ । बैठक बाँकेको डुडुवा गाउँपालिका कार्यालयमा बसेको थियो । बैठकमा बाँकेका ८ वटै स्थानिय निकायका न्यायीक समितिका संयोजकहरुको उपस्थिति थियो । न्यायीक समितिको संयोजकमा स्थानीय निकायका उपप्रमुख रहने व्यवस्था छ । बैठकले बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुखबीच समितिको कामलाई प्रभावकारी संचालनका विषयमा छलफल समेत...
बनकट्टी ,नेपालगन्ज (बाँके), ९ फागुन । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले दुई वटा विधेयक पास गरेको छ भने आर्थिक ऐन २०७४ लाई संशोधन गरेको छ। गाउँपालिकाको आज बसेको विशेष गाउँसभाले शिक्षा विधेयक र सहकारी विधेयक ऐन २०७४ पारित गरेको हो । गाउँपालिकाको शिक्षा र सहकारी सम्वन्धी व्यवस्थापन, नियमन तथा अनुगमन, दर्ता सम्वन्धी व्यवस्था गर्न शिक्षा र सहकारी विधेयक पारित गरिएको गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको आर्थिक ऐन २०७४...
फाल्गुन ५,नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाले आफ्नो समस्याको पहिचान गरि समग्र विकासका लागि रणनीतिक योजना तयार गर्न लागेको छ । गाउँपालिकाको पञ्च वर्षिय अद्यावधिक रणनीतिक योजना तयार गरि समस्या समाधान गर्नको लागि पहल सुरु भएको जनाईएको छ । गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाढी प्रकोपको अवस्थालाई चित्रण गरि समाधानको योजनासहितको योजना तयार गर्ने उदेश्यले घरधुरी सर्वेक्षण सम्वन्धी दुई दिने अभिमुखीकरण शुरु भएको जानकारी दिए...
फाल्गुन ४,नेपालगन्ज।बाँकेको डुडुवा गाँउपालिकाका नागरिकले स्वास्थ्य सँस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा नि:शुल्क पाउने भएका छन । अहिले गाँउपालिकाले सेवाग्राहीबाट नामदर्ताको लागि समेत शुल्क नलिने घोषणा गरेको छ । गाँउपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै सम्पुर्ण सेवाग्राहीलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउ सुरु गरिएको गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले जानकारी दिए । उनले घर–घरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीका लागि २ दिने अभिमुखीकरण समेत गरिएको बताउदै भने–‘हामी विस्तारै गाँउमा सिँहदरवार...
नेपालगञ्ज, १२ मंसिर । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले विकास र समृद्धिका लागि आफूहरुको विकल्प नभएको बताएका छन् । मंगलबार क्षेत्र नम्बर ३ अन्तर्गत् सीतापुरको एलगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै उनीहरुले एकदलीय तानाशाही व्यवस्था लागू गरेर देशलाई कंगाल बनाउनेहरु विरुद्ध आफूहरुको उम्मेदवारी भएको बताएका हुन् । लोकतन्त्रको नाम भजाएर जनतालाई झुक्याउने र साम्यबाद ल्याउने दिवा स्वप्न देख्नेहरुसित सजक रहन लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुले आग्रह गरेका छन् । पश्चिम बाँकेको मुहार फेर्न आफूहरुको...
नेपालगञ्ज, १२ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ९ दिन मात्र बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुको बढ्दो घरदैलो र चुनावी सभाले रौनक बढाएको छ । निर्वाचनको मिति संघारमै आउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा तिब्र बन्दै गएको छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेल आज दिनभर (मंगलबार) कोहलपुर नगरपालिका वडा नम्बर १०...
बाढिका कारण स्थगीत बाँकेका तीनवटा स्थानिय तहले गाउँसभा छिट्टै गर्ने तयारी थालिएको छ । २८ गतेको बाढीका कारण बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुरमाको गाउँसभा स्थगीत भएका थिए । राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अब गाउँसभाको तयारी सुरु हुने जानकारी दिनुभयो । एक दुई दिनमा गाउँ कार्यपालिकाको बैठकको तयारी भईरहेको बताउँदै थारुले त्यसपछि गाउँसभाका लागि रोकिएका कामहरु सुचारु हुने जानकारी दिनुभयो । गत साउन ३१ गतेका लागि तोकिएको गाउँसभा २८ गतेको बाढिले...
नेपालगन्ज । राप्ती सोनारीमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार लाहुराम थारुले ८२३६ मतले विजयी भएका छन् । पराजित भएका एमालेका तुलसीराम चौधरीले ६९२४ मत प्राप्त गरे । पूर्व सभासद समेत रहेका माओवादी केन्द्रका पट्टु थारु निक्कै पछाडि रहे । यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै घनीकुमारी खत्रीले ८२०३ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्धन्दी चमेली बागबनले ६९२४ मत प्राप्त गरिन् । राप्तीसोनारीमा वडा नं. १, ३,...