आम निर्वाचन २०७४मा रहेका समाचारहरु
नेपालगन्ज १२, मंसिर: प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ बनाउन उम्मेदवारीबीच “मेरो मत तपाईलाई किन ?” भन्दै अन्तक्र्रियात्मक “ककस कार्यक्रम” यही १४ गते बिहीबार नेपालगञ्जमा हुने भएको छ । आचारसंहिताको पालना, मतदाता सचेतनामा केन्द्रित हँुदै प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्न बाँके क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवारहरुबीच यही १४ गते “ककस कार्यक्रम” आयोजना हुन लागेको हो । नेपालगंज जेसीज र नेपालगंज जुनियर जेसीजको संयुक्त आयोजनामा हुने “ककस...
बाजुरा, १२ मंसिर : बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन हुनुभएको छ । सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन...
जुम्ला, १२ मंसिर : पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै सदरमुकाम जुम्ला खलंगामा भित्रिएका २७० मतपेटिकालाई दलका प्रतिनिधिहरुले पनि पहरेदारी गर्ने भएका छन् । भित्रिएका सबै मतपेटिका उच्च सरकारी वकिल कार्यालय जुम्लाको नवनिर्मित भवनमा बन्द गरी राखिएको छ । जुम्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला सुरक्षा समितिको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपेटिका कैद गरी सिलबन्दी गरेर राखेको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी दिनुभयो । सोमबार दिउसो ४ः०० बजे...
गौरीगञ्ज,चितवन,१२ मंसिर : चितवनको क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले निर्वाचन प्रचार अभियानको रथ छोडेपछि यस क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी दिएका बाम गठबन्धनका उम्मेदरवार एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन जित्न सकस पर्ने देखिएको छ । चितवन क्षेत्र न ३ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बन्नुभएका राप्रपाका महामन्त्री बिक्रम पाण्डे र नेपाली कांग्रेसका युवा नेता एवम् लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्यका...
भद्रपुर, १२ मंसिर : झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । ...
गोरखा, ११ मंसिर : उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता चूडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मालगायतको टोली उत्तरी...
कमला हमाल, नेपालगन्ज । ८ स्थानिय तह रहको बांकेमा २ सय ९५ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालित भएता पनि समग्रमा बांकेमा १३ देखि १४ प्रतिशत मत बदर भएको विभिन्न गैरसरी संस्थाबाट खटिएका प्रवेक्षक टोलीको प्रतिवेदनमा उल्लेख गरीएको छ । नेपालगंज उपमहानगरपालिकामा मात्र हर्ने हो भने प्रमुख पदमा सदर मत ४१ हजार ८ सय ५३ भएको छ भने बदर मद ६ हजार ८ सय १६ रहेको छ । यसको बदर...
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका हुन् । मेयरमा विजयी वडले १४३२४ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५ सय २७ मत ल्याएर पराजित भए । उपमेयरमा विजयी भट्टले १७४०८ मत पाएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याइन् । उपमहानगरपालिकामा कांग्रेसले पहिलोपटक जित...
नेपालगन्ज । पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शुक्रबार आयोजित समारोहमा आयोगले खर्च हुन बाँकी तीन अर्ब रुपियाँ सरकारलाई फिर्ता पठाएको जानकारी दिए । आयोगले निर्वाचनका लागि पाएको रकम निर्वाचन भएका ६ वटा प्रदेशमा खर्च गरेको थियो । निर्वाचन हुन बाँकी प्रदेश नम्बर २ को चुनावका लागि आगामी आर्थिक वर्षको बजेटबाट खर्च गरिनेछ । प्रदेश दुईको निर्वाचनअघि...
काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आज शुक्रबार विहानसम्म ३२५ स्थानको मतगणना सकिएको छ । दोस्रो चरणमा चुनाव भएका ३४ मध्ये २९ जिल्लाका सबै स्थानीय तहको अन्तिम मतपरिणाम अाएको छ ।अब ५ जिल्लाका ९ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । झापाका तीन, मोरङ र कञ्चनपुरका दुर्इ/दुर्इ तथा कैलाली र सुनसरीका एक/एक स्थानको अन्तिम मत परिणाम अाउँन बाँकी रहँदा एमाले १४६ जित र ६ अग्रताका...