आम निर्वाचन २०७४मा रहेका समाचारहरु

निर्वाचन संघारमै आउँदा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो

नेपालगञ्ज, १३ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ८ दिन बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पनि घरदैलोलाई प्राथमिकता दिएर प्रचारप्रसारलाई निकै आक्रामक बनाएका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज दिनभर (बुधबार) कोहलपुर नगरपालिका...

चुनावपछि सबै जाति, वर्ग र समुदायको उत्थानः उम्मेदवार खत्री

नेपालगन्ज १२ मंसिर । लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधी सभा–१ बाँकेका उम्मेदवार माधवराम खत्रीले चुनावपछि सबै जाती, वर्ग र समुदायको उत्थान हुने बताएका छन् । नयाँ संविधानमा सबै जाती, वर्ग र समुदायको अधिकार सुनिश्चित भएपनि व्यवहारिक रुपमा अनुभुती गर्न नसकेको औल्याउँदै चुनावपछि सबैको उत्थान हुने धारणा राखे । कोहलपुर नगरपालिका वडा नम्बर १० मा मंगलबार मतदातालाई भेटघाट गर्दै उम्मेदवार खत्रीले लोकतन्त्रमा मात्रै सबै जाती, वर्ग र समुदायको अधिकार स्थापित हुने बताए...

‘पश्चिम बाँकेको मुहार फेर्न हामीलाई जिताउनुहोस्’

नेपालगञ्ज, १२ मंसिर । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले विकास र समृद्धिका लागि आफूहरुको विकल्प नभएको बताएका छन् । मंगलबार क्षेत्र नम्बर ३ अन्तर्गत् सीतापुरको एलगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै उनीहरुले एकदलीय तानाशाही व्यवस्था लागू गरेर देशलाई कंगाल बनाउनेहरु विरुद्ध आफूहरुको उम्मेदवारी भएको बताएका हुन् । लोकतन्त्रको नाम भजाएर जनतालाई झुक्याउने र साम्यबाद ल्याउने दिवा स्वप्न देख्नेहरुसित सजक रहन लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुले आग्रह गरेका छन् । पश्चिम बाँकेको मुहार फेर्न आफूहरुको...

दाङ्गको तुलसीपुरमा बम बिस्फोट

तुलसीपुर, १२ मंसिर । तुलसीपुरमा बम बिस्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ तुलसी बोर्डिङ चोक नजिकै अज्ञात समुहले बम बिस्फोट गराएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाँकि छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ...

लोकतान्त्रिक गठबन्धन चुुनावी अभियानमै

मंसिर–१२ नेपालगन्ज । बाँकेको निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज पनि चुनावी अभियानलाई निरन्तरता दिनुभएको छ । आज बाँकेको खजुरा गाउँपालिकाका राधापुरमा घरदैलो तथा सीतापुरको एलगाउँमा चुनावी कोणसभा गरिएको छ भने बैजनाथ गाउँपालिकाको पेडारीमा चुनावीसभा गरिएको छ । चुनावीसभालाई सम्वोधन गर्ने वक्ताहरुले प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरेका थिए । मुलुकलाई...

सप्तरीमा फेला परेको बम निष्क्रिय, दुई पक्राउ

राजविराज, १२ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले आज बिहान फेला पारी निष्क्रिय पारेको छ । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाबाट बताइएअनुसार राखिएको स्थानमा रहेको बम नेपाली सेनासहितको टोलीले निष्क्रिय पारेको प्रहरी...

छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

नेपालगन्ज, मंसिर १२: निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ । अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका नौ, भोजपुरका छ, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५...

डुबान समस्यालाई उच्च प्राथमिकता दिने हमालको प्रतिवद्धता

नेपालगन्ज, मंसिर १२ । नेपालगन्जको बौद्धगुम्बा क्षेत्रका मतदाताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन् । उक्त गठबन्धनबाट प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल सहित नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताले मंगलबार बिहान घरदैलो गर्ने क्रममा बौद्धगुम्बा क्षेत्रका मतदाताले लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र विकासका लागी लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने प्रतिवद्धता जनाएका हुन् । सो क्रममा मतदातालाई आग्रह गर्दै प्रदेश सभा उम्मेदवार हमालले कसैको प्रलोभनमा नपरेर मतदान गर्न आग्रह...

घरदैलो र चुनावी सभाले बाँकेमा रौनक बढ्यो

नेपालगञ्ज, १२ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ९ दिन मात्र बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुको बढ्दो घरदैलो र चुनावी सभाले रौनक बढाएको छ । निर्वाचनको मिति संघारमै आउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा तिब्र बन्दै गएको छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेल आज दिनभर (मंगलबार) कोहलपुर नगरपालिका वडा नम्बर १०...

“अब छानो दिनेलाई भोट दिन्छौँ” बाढीपीडित

सुर्खेत, १२ मंसिर : तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई छोरी कल्पना र जानकीलाई बगायो । ससुराली गएका कार्की दम्पत्ति बाँच्न सफल भए । भेरीले घरसँगै आमा र छोरी गुमाएका मनबहादुर त्यसयता कर्णाली राजमार्गमा पर्ने गिरीघाटस्थित अस्थायी शिविरमा बसिरहेका छन् । बाढीपीडितहरु अस्थायी शिविरमा बस्न थालेयता स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देश होमिएको छ । स्थानीय...