आम निर्वाचन २०७४मा रहेका समाचारहरु
उदयपुर: गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ । जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा (एमाले)का प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२...
चितवन :भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस हुँदैछ।अदालतको आदेश अनुसार वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र पनि सर्वोच्चको इजलासमा आज खुल्नेछन्। असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्। मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल पनि सर्वोच्चको...
कमला हमाल, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई आज सपथ ग्रहण गराइएको छ । उपमहानगरपालिका कार्यालयमा कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नवनिर्वाचित मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर र २३ वटै वडाका अध्यक्षहरुलाई सपथ ग्रहण गराउनुभएको हो सपथ ग्रहणमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका नवनिवार्चित धवल शमशेर राणाले नेपालगञ्ज उपमहानगरपालिकाको विकासमा आफु प्रतिबद्ध भएको लागेको बताउनुभयो । राणाले चुनावमा भाषण गरेर सकियो अव नगरपालिकामा काम गरेर...
तुलसीपुर । तुलसीपुर उप महानगरपालिकामा एमालेका उमेदवार विजयी भएका छन । घनश्याम पाण्डेले ३९५४ अन्तरको फराकिलो अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी भएका छन् । पाण्डेले २२८५७ र गिरीले १८९०३ मत प्राप्त गरेका छन् । यहाँ माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवारको पक्षमा ८६९३ मत परेको छ । त्यसैगरी उपप्रमुखमा एमालेकि माया आचार्य विजयी भएकी छिन् । उनले ८५२ मतले कांग्रेसकी देविका नेपालीलाई पछि पार्दै...
बुटवल । बुटवल उपमहानगरपालिकाको मेयर नेकपा एमालेका शिवप्रसाद सुवेदी २३२४९ मतसहित विजयी भएका छन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादीको संयुक्त गठबन्धनका खेलराज पाण्डेले २०८५१ मत पाएका छन्। यस्तै उपमेयरमा पनि नेकपा एमालेकै गोमा आचार्यले २५ हजार ३०३ मत पाएर विजयी भइन्। ...
कमला हमाल, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका लुटबहादुर रावत विजयी हुनुभएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी सञ्जु कुमारी थारु विजयी हुनुभएको छ । रावतका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका भानुभक्त भट्टराई भन्दा ८३ मत बढी प्राप्त गरेर मेयरमा विजयी हुनुभएको हो । रावतले ९,००७ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले ८,९२४ मत पाउनुभयो । उपमेयर निर्वाचित थारुले १०,०५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दि...
चेतन रेग्मी, तुल्सीपुर दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको अन्तीम मतपरीणाम आजै रातीसम्म आउने सम्भाबना बढेको छ । १९ वटा वडा मध्य १६ वटाको मतपरीणाम सार्बजनीक गरीएको छ भने २ वटा वडाको मतगणणा जारी रहेको छ । जारी रहेका जारी रहेका वडा नंबर १७ र १८ मध्य १७ नंबर वडाको मतगणणा अन्तीम तीर पुगेको छ भने वडानंबर १९ को मतगणणा गर्ने तयारी थालीएको छ । पछील्लो मतमरीणाम अनुसार प्रमुख तथा उपप्रमुखमा नेकपा...
धनगढी । धनगढी उपमहानगरपालिकाको पछिल्लो मत गणना अनुसार प्रमुख पदमा नेपाली कांग्रेस अगाडि रहेको छ। ३२६०१ मत गणना हुँदासम्म स्वतन्त्रलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको हो। मेयरमा कांग्रेस २०१ मतान्तरले अघि रहेको छ। कांग्रेसका उम्मेदवार नृप अोडले ७९६७ मत पाएका छन् भने स्वतन्त्रतर्फका उम्मेदवार गोपाल हमालले ७७६६ मत प्राप्त गरेका छन्। त्यसैगरी, उपमेयरमा पनि कांग्रेसले अग्रता लिएको छ। उपमेयरमा कांग्रेसले ९८५६ मत पाएको छ भने एमालेले ७४०६ मत प्राप्त गरेको...
नेपालगन्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बुधबारदेखि निर्वाचन आयोगमा दर्ता हुँदैछ। आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बिजुली बजारमा भेला भएका छन्। सबै नेताहरु भेला भएर दिउँसो १ बजेसम्म निर्वाचन आयोग पुग्ने र पार्टी दर्ता गर्ने जानकारी राजपा नेता मनीष सुमनले दिए। ‘अाज निवेदन दर्ता हुन्छ। पार्टीको अन्तरिम विधान र घाेषणपत्र सबै अायाेगलाई बुझाउँछाैं। केन्द्रीय कमिटिकाे अन्तिम नामावली अर्काे दिन बुझाउने भएका छाै’, राजपा नेता केशव झाले भने, ‘केन्द्रीय समिति ६ सयभन्दा...
राधा आचार्य, (पिपिरी) कोहलपुर । कोहलपुर नगरपालिकामा मतगणना भईरहदा पछिल्लो वडाहरुमा कांग्रेस बिजयी बन्दै गइरहेको छ ।नगरपालिकाको वडा नम्बर १० बाट कांग्रेसका निरज चलाउने अध्यक्ष पदमा बिजयी बनेका छन् ।त्यस्तै वडा नम्बर ७ बाट कांग्रेसका दिपक जंग शाह अध्यक्षमा बिजयी बिजयी बनेका छन् भने कोहलपुर नगरपालिकाकै वडा ९ बाट अध्यक्ष्मा कांग्रेसकै ठाकुर प्रसाद थारु सहित प्यानल नै विजयी बनेको छ ।अहिले सम्म को वडाहरु मतगणना भईसक्दा कांग्रेस बाट मेयर...