आम निर्वाचन २०७४मा रहेका समाचारहरु
नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बाट अध्यक्षमा कांग्रेस बाट बुद्दि सागर सुबेदी ५३० मत ल्याई बिजयी।सदस्यहरुमा कांग्रेस बाट ३ जना बिजयी भएका छन भने एक जना राप्रपाका सदस्य बिजयी भएका छान। कांग्रेस बाट सदस्यमा बिजयी हुनेहरुमा चन्दा चिड़ीमार, फूलमती लोहार र तरुण बज्राचार्य रहेका छन भने दिनेश राज पन्त राप्रपा बाट सदस्यमा बिजयी भएका छन। ...
घोराही । दाङको घोराही उपमहानगरपालिकामा मेयर जित्दै एमालेले उपमहानगरपालिकामा विजयी सुरूवात गरेको छ। मेयर उम्मेदवार नरूलाल चौधरीले नेपाली कांग्रेसका भुपबहादुर डाँगीलाई हराउदै उपमहानगरमा पनि विजयी खाता खोलेको हो। चौधरीले डाँगीलाई ५ हजार मतान्तरले पराजित गरेको दाङका प्रमुख निर्वाचन अधिकृत चुरामन खड्काले बागेश्वरीपोष्टलाई जानकारी दिए। उपमेयरमा पनि एमालेकै सिता न्यौपाने विजयी भएकी छन्। न्यौपानेले कांग्रेसका पुष्पा श्रेष्ठलाई हराएकी हुन्। ७८४१९ मतदाता रहेको घोराही उपमहानगरमा ५८ हजार ५ सय ३९ मत खसेको थियो। १...
दाङ । प्रदेश नम्बर ५ मा पर्ने दाङ जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरमा नेकपा एमालेले अग्रता लिइरहेको छ। सम्बन्धित निर्वाचन अधिकृतहरूले दिएको पछिल्लो जानकारीअनुसार घोराहीमा ४५ हजार मत गन्दासम्म एमालेका नन्दलाल चौधरीले १९७८२ मत पाएर अग्रता लिएका छन्। नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १५५४३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। माओवादी केन्द्रका जीवन गौतम १०५४९ मत ल्याएर तेस्रो स्थानमा छन्। यहाँ उपमेयरमा पनि एमालेकी सीता न्यौपाने १८५५१ मत ल्याएर अग्रस्थानमा छिन्। उनलाई...
कपिलवस्तु । कपिलवस्तुको सुद्धोदन गाउँपाकिलामा स्वतन्त्रको हैसियतमा चुवाव लडेका राजपाका नेता निराश अहमद खाँ प्रमुखमा निर्वाचित भएका छन्। उनले १ सय ३४ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका छन्। निराशले कुल १ हजार ८३७ मतकासाथ विजयी भए। उनका निकटतमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वम्भर कुर्मीले १ हजार ७६३ मत ल्याएए। आन्दोलन छाडेर निराश स्वतन्त्ररुपमा केटाकेटी चिन्ह लिएर चुनुावमा होमिएका थिए। उपाध्यक्षमा कांग्रेसकी सुधादेवी पाण्डेय २ हजार ७३५ मतकासाथ विजयी भएकी छन्। निकटत प्रतिद्धन्दी...
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका दीलबहादुर ऐर ६४३२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महरा ५२२९ मतमा रोकिए । माओवादी केन्द्र यहाँ तेस्रो बनेको छ । शुक्लाफाँटाका निर्वाचन अधिकृत प्रेमसिंह कुँबरले दिएको जानकारी अनुसार माअाेवादी मेयर उम्मेदवारले ३९६९ मत ल्याएका छन् । उपमेयरमा भने एमालेकी तुलसी हमाल विजयी भएकी छन् । हमाल कांग्रेसकी धर्मा...
गजेन्द्र बोहरा,नेपालगन्ज : डा.धवल शमशेर राणालाइ भेरी प्राबिधिक शिक्षालयको गेटको भीडले उहाँलाई ‘अग्रिम’ बधाई दिँदै थियो । ओंठमा अटुट मुस्कानसहित उहाँ भीडलाई नमस्कार गर्दै भित्र छिर्नुभयो । भित्र मतगणना भइरहेको एउटा वडाका वडाध्यक्षका उम्मेदवार आएर भन्दै थिए, ‘डा.साब हजुर त धेरै अगाडि पुगिसक्नुभयो ।’ उहाँले जवाफ फर्काउनुभयो, ‘मेरो कुरा छाड तिमीले जित्छौ कि जित्दैनौ त्यो भन् ।’ वडाध्यक्षका उम्मेदवारको जवाफ आयो, ‘म सय मतले मात्रै अगाडि छु ।’ लगत्तै उहाँले...
नेपालगंज: नेपालगन्ज उप-महानगरपालिकाको स्थानिय निर्बाचनको मतगणना कार्य भेरी प्राबिधिक शिक्ष्यालयमा जारी रहेको छ ।हाल सम्म नेपालगंजका १७ वटा वडाहरुको मतगणना भईसक्दा अहिले सम्म राप्रपा डा. धवल शमशेर राणा ९३०२ मतका साथ् अग्र पंक्तिमा छन्। त्यस्तै नेपालगंज उपमहानगरपालिकामा वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल बिजयी भएका छन् भने वडा नम्बर २मा कांग्रेस, सुनील सिंह हमाल बिजयी बने । त्यसैगरि वडा नम्बर ३ बाट माओबादी केन्द्रका अय्यूब सिद्दीकी बिजयी भएका...
नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा कांग्रेसका विन्दुभुषण बस्नेत विजयी भएका छन् ।उनले ५४२ मत ल्याई बिजयी बनेका हुन् ।नेपालगन्जको मेयरमा अग्रस्थानमा रहनु भएका धवल समशेर राणाको बसोबास रहेको वडा नं. १० मा नेपाली कांग्रेसका बिन्दुभुषण बस्नेतको प्यानल नै विजयी भएको छ । त्यस्तै नेपालगंज उपमहानगर वडा नम्बर १९ मा नेपाली कांग्रेस बाट अध्यक्ष पदमा बिजयी बनेको छ ...
बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना व्यवस्थित नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएपछि गणना स्थगित गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट खन्न्याइएको मत भने गणना गरिनेछ । यो गन्न केही समय लाग्नेछ । त्यसपछि मतगणना व्यवस्थित गर्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले यसका लागि कम्तिमा २ घन्टाको समय माग गरेका छन् । बिराटनगरको गणना निकै सुस्त र अव्यवस्थित छ । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवारले आफ्नो...
नेपालगन्ज । प्रदेश नं ५ मा नेकपा एमालेले अग्रता लिएको छ। प्रदेश नं ५ लाई आफ्नो गढको रुपमा रहेको दावी गर्दै आएको एमालेले त्यसलाई कायम राख्न खोजेको देखिन्छ। अधिकांश स्थानमा एमालेले जितेको छ। तीन उपमहानगरमा एमाले अगाडि छ। प्रदेश ५ मा रहेको बुटवल, घोराही र तुलसीपुरमा एमाले अगाडि छ। नेपालगञ्जमा भने राप्रपाका धवलशमशेर राणा अगाडि छन् । पहाडी जिल्ला रोल्पा र रुकुममा माओवादीले जित हात पारेको भए पनि प्रदेश ५...