आम निर्वाचन २०७४मा रहेका समाचारहरु
बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित भएको छ। माओवादीका मेयर उम्मेदवार दुर्गाबहादुर चौधरीले ११७४७ मत ल्याएर नेकपा एमालेका रामबहादुर चौधरीलाई हराएका हुन्। उपमेयरमा पनि माओवादीकै अन्जु दहीतले १०५४२ मत ल्याएर जित हासिल गरेकी छन्। उनले एमाले उम्मेदवार पुष्पा वलीलाई पराजित गरेकी हुन्। ...
भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहले ४ हजार ९ सय...
बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मधुवनको मेयरमा माओवादी उम्मेदवार गणेश बहादुर क्षेत्री विजयी भएका हुन् । उनले ८ हजार ४ सय ३१ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दूर्गाबहादुर वली ५ हजार ९ सय ३१ मतमा सीमित रहे । मधुवनको उपमेयरमा पनि माओवादीकै शोभारानी थारु विजयी भएकी छन् । उनी ७ हजार ५ सय २३ मत प्राप्त गरेर मेयरमा विजयी भएकी हुन्...
रुपन्देही । रुपन्देहीकाे कञ्चन गाउँपालिकाकाे अध्यक्ष पदमा एमालेका उम्मेद्वार गाेकर्ण बहादुर क्षेत्रीले ६७७७ मत ल्यार्इ विजयी भएका छन् । त्यसैगरी , उपाध्यक्षमा पनि एमालेकै उम्मेद्वार गाेमा तरामु मगरले ६९२४ मत ल्यार्इ विजयी भएकी छन् । ...
धनकुटा । प्रदेश नं १ अन्तर्गतको धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ। धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भए। मेयरमा विजयी तामाङ ४ हजार ९३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे। उपमेयरमा बस्नेतले ५ हजार ११२ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका रेणु श्रेष्ठले ३ हजार ३९२ मात्रै ल्याइन्। पाख्रिवास नगरपालिकामा एमालेका विर्षबहादुर राई ४...
अछाम । एमाले उपाध्यक्ष भिम रावलको गृह जिल्ला अछाममा एमालेले विजयी सुरूआत गरेको छ। अछामको मंगलसेन नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हो। एमालेका तर्फबाट मेयरमा पदमबहादुर बोहरा विजयी भएका छन्। उपमेयरमा एमालेकै सरिता उपाध्याय विजयी भएकी हुन्। १० वटा स्थानीय तहमा मंगलसेनसँगै ५ वटा स्थानीय तहको नतिजा आएको छ। जसमध्ये कांग्रेसले ४ स्थानमा विजय हासिल गरेको छ भने एमाले र माओवादीले १–१ स्थानमा विजय हासिल गरेका छन्। ...
नेपालगन्ज । राप्ती सोनारीमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार लाहुराम थारुले ८२३६ मतले विजयी भएका छन् । पराजित भएका एमालेका तुलसीराम चौधरीले ६९२४ मत प्राप्त गरे । पूर्व सभासद समेत रहेका माओवादी केन्द्रका पट्टु थारु निक्कै पछाडि रहे । यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै घनीकुमारी खत्रीले ८२०३ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्धन्दी चमेली बागबनले ६९२४ मत प्राप्त गरिन् । राप्तीसोनारीमा वडा नं. १, ३,...
दाङ । दाङका दुई उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। प्रारम्भिक चरणबाटै अग्रता सुरु गरेको एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा आफ्नो मतान्तर बढाउँदै लगेको हो। ३१ हजार मत गणना हुँदा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १३ हजार १ सय ४६ मतका साथ अग्रता कायम राखेका छन्। कांग्रेसका भुपवहादुर डाँगी ९ हजार ६ सय ८२ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा माओवादी केन्द्रका जीवन गौतम ७ हजार...
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ९ कलेनामा खसेको मतमा २० मत कम भएको भन्दै नेपाली कांग्रेसले मतगणना प्रक्रिया बहिष्कार गर्ने निर्णय गरेको छ। प्रारम्भिक मतगणनाको क्रममा खसेको मत भन्दा २० मत कम भएपछि नेपाली कांग्रेसले फेरि मतदान हुनुपर्ने भन्दै बहिष्कार गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जानकारी दिएको छ। उक्त वडाको पुनः मतदान हुनु पर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बहिष्कार गरेको निवेदन दर्ता गराई नेपाली कांग्रेस मतगणनाबाट बाहिरिएको छ। उक्त...
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा एमालेका नवलसिंह रावल १९ सय ९८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका धर्म बहादुर थापाले १८ सय २२ मत ल्याए। यस्तै उपाध्यक्षमा एमालेका पुजा बुढामगर २०३३ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी जानकी भण्डारीले १९ सय ३८ मत पाइन्। यो संगै १३ ओटा स्थानीय तह रहेको कैलालीमा एमाले २ र कांग्रेसले १ स्थानीय तह जितेको छ । ...