आम निर्वाचन २०७४मा रहेका समाचारहरु
गुल्मी,२४ मंसिर । गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए । ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । ज्ञवाली पहिलो र दोस्रो दुबै संविधानसभामा पराजित भएका थिए । त्यस्तै सोही क्षेत्रको प्रदेश सभा...
रुपन्देही,२४ मंसिर । कांग्रेस उम्मेदवार भरतकुमार शाह रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका छन् । फराकिलो मतान्तरसहित उनले माओवादी केन्द्रका उम्मेदवार डिलाराम आचार्यलाई पराजित गरे । शाहले ३३ हजार ८८ मत पाए । आचार्यले भने २० हजार ४ सय ३८ मत मात्रै पाएका छन् । ...
सुर्खेत,२४ मंसिर । कांग्रेसका प्रभावसाली नेता पूर्णबहादुर खड्कालाई हराउँदै नेकपा एमालेका ध्रुबकुमार शाही सुर्खेत १ मा विजयी भएका छन्। शाहीले ३६७५९ मत प्राप्त गरे भने खड्काले ३३३७७ मत प्राप्त गरे। ...
डडेलधुरा, २४ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए । ...
नेपालगन्ज, २४ मंसिर । राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गरेका छन् । दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए । निर्वाचन पूर्वसन्ध्यामा ऊर्जामन्त्री रहेका थापाले हेटौंडा बजारबाट राजमार्ग सार्ने निर्णय गराएपछि दाहाललाई...
नेपालगन्ज, २३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम देशभरबाट सार्वजनिक भइरहेको छ । मत परिणामले वाम गठबन्धनलाई निकै बलियो बनाइदिएको छ भने नेपाली कांग्रेसलाई निकै कमजोर अवस्थामा पुर्याएको छ । हालसम्म वाम गठबन्धनले ३६ सिट जितिसकेको छ भने नेपाली कांग्रेसले ६ सिट मात्रै जितेको छ । निर्वाचनको परिणामलाई दलहरुले आफ्नै तरिकाले विश्लेषण त गर्ने नै छन् । तर यसपालीको निर्वाचनमा दुई हाइफ्रोफाइल नेता निकै ‘अभागी’ सावित भएका छन् । वाम...
नेपालगन्ज, २३ मंसिर । बाँके क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका सुरेन्द्र हमाल विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट ७७९ मत अन्तरसहित उनी विजयी भएका हुन् । हमालले ९२११ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ८४३२ मत ल्याएका छन् । ...
काठमाडौँ, २३ मंसिर : काठमाडौँ क्षेत्र नं ३ को प्रदेश (क)मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा छ हजार ४४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत पाउनुभएको काठमाडौँ क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले राससलाई जानकारी दिनुभयो । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विशाल न्यौपानेले एक हजार ३०५ मत पाउनुभयो । अहिले प्रदेश...
जाजरकोट, २३ मंसिर । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनबाट माअाेवादीका शक्तिबहादुर बस्नेत ३२२८१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका राजीव विक्रम शाहले २३२८९ मत पाएका छन्। ...
मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् । रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४...