आम निर्वाचन २०७४मा रहेका समाचारहरु

जनताले सिंहदरबारको ढोका खोलिदिए : मोष्ट वान्टेड चौधरी

सीताराम ओझा धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उमेदवार रेशमलाल चौधरीले अप्रत्याशित रुपमा अग्रता बढाउँदै लगेका छन् । प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका चौधरीविरुद्ध स्थानीय प्रशासनले टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ । २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ...

झापा १ मा राम कार्की विजयी

झापा, २४ मंसिर । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् । ...

काठमाडौं क्षेत्र नम्बर ५ मा र्इश्वर पोखरेल विजयी

काठमाडौं, २४ मंसिर । काठमाडौं क्षेत्र नम्बर पाँचमा वाम गठवन्धनले जीत हात पारेको छ । वाम गठवन्धनका लागि एमाले उम्मेदवार ईश्वर पोखरेलले जित हात पारेका हुन् । एमाले महासचिवसमेत रहेका पोखरेलले २२ हजार ९ सय २९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाए । पोखरेलेको जीतसँग काठमाडौंको प्रतिनिधिसभा को मतगणना सकिएको छ । काठमाडौंमा वाम गठवन्धनले ६ वटा निर्वाचन क्षेत्रमा जित हात पार्दा नेपाली...

२३ वर्षपछि नुवाकोटमा रामशरण पराजित, हितबहादुर विजयी

नेपालगन्ज, २४ मंसिर । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामशरण महतलाई हराउँदै वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्। तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै विजयी भएका हुन्। निर्वाचन आयोगका अन्तिम मत परिणाम अनुसार हितबहादुर तामाङले ३६,४७३ मत ल्याए भने रामशरण महतले २७ हजार ९ सय २० मत ल्याए। महतले २०५१ सालपछि पहिलो पटक नुवाकोटमा चुनाव हारेका हुन्। ...

बाँके १ र ३ मा वाम गठबन्धनको अग्रता

नेपालगन्ज, २४ मंसिर । बाँकेका प्रतिनिधि सभाका दुई क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज अगाडि छन् भने ३ मा एमालेका नन्दलाल रोकाले अग्रता लिइरहेका छन्। बाके १ प्रतिनिधि सभा वाम गठबन्धन ( माओवादी केन्द्र ) महेश्वर गहतराज : १७५९५ लोकतान्त्रिक गठबन्धन ( नेपाली काङ्ग्रेस ) माधवराम खत्री : १६४६८ बाके ३ प्रतिनिधि सभा वाम गठबन्धन ( नेकपा एमाले ) नन्दलाल रोका : २६३५४ लोकतान्त्रिक गठबन्धन (नेपाली...

समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो

नेपालगन्ज,२४ मंसिर । ६ लाख ९९ हजार ८ सय ३८ मत गणनाको नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान एमालेले लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । समानुपातिकतर्फ खसेको मत यस्तो छ- १. नेकपा एमाले- 255922 २. नेपाली कांग्रेस- 251656 ३. माओवादी केन्द्र -123375 ४. विवेकशील साझा- 10325 ...

किन छ मुख्यमन्त्री पद लोभलाग्दो, के–कति पाईन्छ सुविधा ?

नेपालगन्ज,२४ मंसिर । तीन तहको राज्य संरचनाको परिकल्पना गरेको संविधान कार्यान्वयनले औपचारिक प्रवेश पाएको छ । अब संविधानले परिकल्पना गरेका नियमित व्यवस्थाहरु एक पछि अर्को गर्दै कार्यान्वयनमा आउने छन् । संघीय संरचना व्यवस्थानका क्रममा प्रदेश कार्यपालिकामा सबैको चासो छ । संविधानको भाग १३ ले प्रदेश कार्यपालिकाको व्यवस्था गरेको छ । प्रदेशको कार्यकारिणी अधिकार संविधान र प्रदेश कानून बमोजिम प्रदेश मन्त्रिपरिषद्मा निहित हुनेछ । संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका...

दाङ ३ मा एमालेका हिराचन्द्र केसीले बाजी मारे

दाङ, २४ मंसिर । दाङ क्षेत्रनम्बर ३ बाट पूर्वमन्त्री दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमाले जिल्ला सचिवसमेत रहेका केसीले पूर्व सिचाइँमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गिरीलाई ६ हजार ५५७ मत अन्तरले हराएका हुन् । केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाएका छन् । ...

दाङमा काँग्रेसको साख जोगाए डिल्लीवहादुर चौधरीले

दाङ,२४ मंसिर । कुनै समयको गढ मानिएको दाङमा नेपाली काँग्रेस निराश बनेको छ। कम्युनिष्ट गठवन्धन भएपछि दाङमा काँग्रेसले नराम्ररी पछाडी धकेलिनु परेको छ। एकसे एक हस्तीहरु पराजित भएपछि दाङमा काँग्रेस रक्षात्मक देखिएको छ। यद्यपी काँग्रेसको वीउ भने जोगिएको छ। श्रमराज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीवहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनि निर्वाचित भएका हुन् । १७ हजार ३५ मत प्राप्त गर्दै चौधरी प्रदेशसभा सदस्यमा...

पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट विजयी

ललितपुर,२४ मंसिर । पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै सिलवाल निर्वाचित भएका हुन्। सिलवाल २६ हजार ९ सय ५१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका छन्। पूर्व डीआईजी सिलवाल प्रहरी बढुवामा असन्तुष्ट भएको केही महिनामै माननीय बनेका हुन्। नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा सिफारिसमा...