आम निर्वाचन २०७४मा रहेका समाचारहरु

बाँकेमा वामगठबन्धनबाट आइपी खरेल विजयी

नेपालगन्ज ,२३ मंसीर । बाँकेमा वाम गठबन्धनले खाता खोलेको छ । बाँके क्षेत्र नं. ३ प्रदेश सभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्वार इन्द्रप्रसाद खरेल आइपी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारुलाई पराजित गरेका छन् । खरेलले नेपाली काँग्रेस थारुलाई १ हजार ६९३ मतले पछि पार्दै विजयी भएका हुन् । खरेलले १६ हजार ६७४ मत प्राप्त गरेका छन् भने थारुले १४ हजार ८९१ मत ल्याएका छन् । सो क्षेत्रमा कुल...

काठमाडौं १० मा काँग्रेसका केसी विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजन केसी विजयी भएका छन्। २०७० सालकाे निर्वाचनमा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएका केसीले माअाेवादीकै हितमान साक्यलाई पराजित गरेका छन्। ...

कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि

झापा, २३ मंसिर । झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अगाडि रहेका छन् । कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मत ल्याएर लिङ्देनलाई पछ्याइरहेका छन् । ...

बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेल विजयी

नेपालगन्ज ,२३ मंसीर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेल विजय भएका छन । दाङ क्षेत्र नम्वर २ को प्रदेश सभा १ का बाम गठबन्धनका उम्मेदवार पोख्रेलले २० हजार ६ सय ९४ मत ल्याई विजयी भएका हुन। उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत ल्याए । विजयी भए पनि आधिकारीक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले केहि वेरमा घोषणा गर्दै छ । यता...

जाजरकोट ’क’ मा माओवादीका खगेन्द्रसेन विजयी

जाजरकोट, २३ मंसिर । जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्रसेन) विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत ल्याएका छन् । जाजरकोटको प्रदेश (ख) मा यसअघि नै वाम गठबन्धनबाट एमालेका करबीर शाही विजयी भएका छन् । १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग...

भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी

भोजपुर, २३ मंसिर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् । भोजपुरमा राईको यो तेस्रो जित हो । ...

डोल्पामा वाम गठबन्धनको पूरै विजय

दुनै, डोल्पा, २३ मंसिर : डोल्पामा वाम गठबन्धनले पूरै स्थान हात पारेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याउनुभएको छ । त्यसैगरी प्रदेश (क)मा वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढा...

धादिङको सबै प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार विजयी

धादिङ, २३ मंसिर– धादिङको चारै वटा प्रदेशसभामा एमाले र माओवादीका  उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै पाण्डे विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए ।...

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी

ललितपुर, २३ मंसिर । ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् । भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् । ...

कैलाली ५ मा आरजुले लिइन् अग्रता

धनगढी, २३ मंसिर । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् । आरजुले ८ हजार ९९० मत पाएकी छन् भने एमालेका नारदमुनि ७ हजार ९७० मतका साथ उनलाई पछ्याइरहेका छन् । ...