आम निर्वाचन २०७४मा रहेका समाचारहरु

ओखलढुंगामा सुनुवार विजयी, रामहरि खतिवडा भारी मनान्तरले पराजित

ओखलढुंगा, २३ मंसिर । ओखलढुंगामा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका एमाले उम्मेदवार यज्ञराज सुनुवार बिजयी भएका हुन् । सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर बिजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ सय २७ मत ल्याए । खतिवडा ५ हजार २ सय ५३ मतले पराजित भएका हुन् । यसैबीच  ओखलढुंगाको प्रदेशसभा अन्तरगत क्षेत्र नं क १ तर्फपनि बाम गठबन्धनका तर्फबात एमाले उम्मेद्वार...

काठमाडौं-८ बाट एमालेका जीवनराम श्रेष्ठ विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ सांसद निर्वाचित भएका छन् ।   शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् । जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका छन् । यस क्षेत्रबाट विवेकशील साझा पार्टीका पुकार बलमे ४ हजार ४१४ मत ल्याएका छन् । यसअघि २०७० सालमा भएको दोस्रो...

अग्नि सापकोटाको जितमा ‘ह्याट्रिक’, राणाको हारमा ‘ह्याट्रिक’

सिन्धुपाल्चोक, २३ मंसिर । सिन्धुपाल्चोकका प्रतिनिधिसभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ। क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका अग्नि सापकोटा र क्षेत्र नं २ बाट नेकपा एमालेका शेरबहादुर तामाङ विजयी भएका हुन्। जितसँगै अग्नि सापकोटाले ह्याट्रिक गरेका छन्। उनी यसअघि २०६४ र २०७० मा पनि सिन्धुपाल्चोकबाटै निर्वाचित भएका थिए । सापकोटाले बहालवाला सञ्चार मन्त्री मोहन बस्नेतलाई पराजित गरेका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७...

रसुवामा काँगे्रसका आचार्य विजयी

रसुवा, २३ मंसिर । प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । राति ३ बजे सार्वजनिक अन्तिम मत परिणामअनुसार आचार्यले १४ हजार ४५३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का जनार्दन ढकालले १० हजार २७८ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो । यसअघि शुक्रबार प्रदेश कमा नेपाली काँग्रेसका प्रभात लामा छ हजार ९७६ मत ल्याई विजयी भइसक्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कन्र्याल तामाङले पाँच हजार १५२ मत...

काठमाडौं ४ मा गगन थापा विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार बढी मतले विजयी भएका छन्। थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्। गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका हुन्। यस्तै विवेकशील साझाकी सुबुना बस्नेतले ३०४० मत ल्याएकी थिइन्। ...

शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई हराएका छन्। कांग्रेसको गढ मानिने मोरङ क्षेत्र नम्बर ६ बाट वाम गठबन्धनका लालबाबु पण्डितले जित हात पारेका छन्। कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङ ६ मा शेखर कोइरालालाई ६७५ मतले हराउँदै पण्डितले विजय हाँशिल गरेका हुन्। कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन्। लालबाबुले ३३...

काठमाडौं १ मा कांग्रेसका नेता प्रकाशमान विजयी

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् । मिश्रले कांग्रेस नेता सिंहलाई...

बझाङमा वाम गठवन्धनको ‘क्लिन स्वीप’

बझाङ, २२ मंसिर– पहिलो चरणअन्तर्गत गत मंसिर १० गते निर्वाचन भएको ७ नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा वाम गठवन्धनले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसिभा सदस्यको एउटा र प्रदेशसभाका २ गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमाले नेता भैरवहादुर सिंह विजयी भएका छन् । एमालेका सिंहले २८ हजार ८८१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २२२ मत...

जुम्ला प्रदेश खमा एमालेका रोकाया विजयी

जुम्ला, २२ मंसिर : जुम्ला प्रदेश क्षेत्र नं (ख) मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी हुनुभएको छ । नेकपा(एमाले)बाट उम्मेदवारी दिनुभएका रोकायाले १० हजार ४५८ र उहाँका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याउनुभएको छ । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित हुनुभएको थियो । सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल...

काठमाडौँ २ र ४ मा एमाले, १ मा काँगे्रसको अग्रता

काठमाडौँ, २२ मंसिर : काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो । विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले...