आम निर्वाचन २०७४मा रहेका समाचारहरु

बाँकेमा विहान ११ बजेदेखि मतगणना शुरु हुने

नेपालगञ्ज, मंसिर २२ । बाँकेमा विहान ११ बजेदेखि मतगणना शुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको छ । बाँकेमा प्रतिनिधि सभा तर्फ ३ र प्रदेश सभा तर्फ ६ निर्वाचन क्षेत्र रहेका छन् । ...

नारायणकाजीलाई ११ सय मतले पछि पार्दै बाबुरामको अग्रता फराकिलो

२२ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए । पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४...

लमजुंग र ललितपुरमा कांग्रेस र माओवादीको टक्कर: विवेकशीलका उज्वल पछि पछि

काठमाडौं, मंसिर २२ – प्रतिनिधिसभा चुनावको पछिल्लो मतगणना अनुसार, अहिले मतगणना भैरहेका लमजुङ र ललितपुरका दुईटा निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको कडा टक्कर देखिएको छ । लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ र कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीका बिचमा अहिले सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ । गुरुङ ८ हजार ६ सय ७७ र घर्तीले ८ हजार ४ सय ७८ मत ल्याएर सरदर २ सय मतको अन्तरमा प्रतिस्पध्र्दा गर्दै हुनुहुन्छ...

पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

२२ मंसिर, रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् । नयाँ शक्तिका उम्मेदवार जितमान...

नुवाकोटमा वाम गठबन्धनले कांग्रेससँगको अग्रता बढाउँदै

नुवाकोट, मंसिर २२ – नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेकाे छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेदवार हितबहादुर तामाङको अग्रता कायम रहेको छ । उहाँको ४ हजार ५ सय ६० मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतको ३ हजार ८ सय ६७ मत रहेको छ । क्षेत्र नम्बर २ मा पनि एमालेका उम्मेदवार नारायण खतिवडाको अग्रता कायम रहेको छ । उहाँको ४...

आज राति १२:०० बजेदेखि भोलि बेलुका ७:०० बजेसम्म सवारी चलाउन नपाइने

नेपालगन्ज २० मंसिर : भोलि ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन अत्यावश्यक सवारी (एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानी) बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ। निर्वाचनको दिनमा सुरक्षा व्यवस्थालाई लक्षित गरी आज राति १२ बजेदेखि भोलि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार नै गन्तव्यमा पुग्न अपिल गरेको छ। मतदान सकिएपछि...

कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार, गाडी पूर्णरुपमा क्षतिग्रस्त

कपिलवस्तु, २० मंसिर– नेपाली कांग्रेसबाट कपिलवस्तुको क्षेत्र नम्बर १ को प्रदेश सभा पूर्णप्रसाद थारुको गाडीमा बम प्रहार भएको छ । बम प्रहारबाट गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यद्यपि घटनाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । ...

शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने

सर्लाही, २० मंसिर ।  सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई बोलाएको छ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ । त्यसो त न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न पनि निर्वाचन आयोगको नाममा आदेश जारी गरेको...

निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउँछ : संयोजक खाँण

काठमाडौँ, १७ मंसिर । नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्नका लागि जनताले काँग्रेसलाई बहुमत दिलाउने बताएको हो । सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एकढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले काँग्रेसको स्पष्ट बहुमत आउने बताउनुभएको हो । “दोस्रो चरणमा...

समृद्धीका लागि नआत्तिएर रुखमा भोट हाल्नुहोस्ः कांग्रेस नेतृ डा. आरजु

धनगढी, १७ मंसिर । नेपाली कांग्रेसकी नेतृ नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर पाँचकी उम्मेदवार डा. आरजु राणा देउवाले मंसिर २१ गते नआत्तिएर भोट खसाल्न मतदातालाइ आग्रह गर्नुभएको छ । आइतबार धनगढी उपमहानगरपालिकाका दर्जन बढी चुनावी सभामा बोल्दै नेतृ देउवाले विवेकपुर्ण मत प्रयोग गर्न र बदर नहुने गरि नआत्तिएर भोट हाल्न आग्रह गर्नुभएको छ । ‘विहान समयमै गएर विचार र विवेक प्रयोग गरि मतको सदपयोग गर्नुहोला’ उहाँले भन्नुभयो ‘नआत्तएर रुखमा...