पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

‘थ्रेसहोल्ड’ पार नगर्ने दलले पाएको मत के हु्न्छ?

नेपालगन्ज, २७ मंसिर । समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन्। अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन्। विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए। तर यस पटक...

यी स्थानमा सिफारिस भयो प्रदेश मुकाम

नेपालगन्ज, २७ मंसिर ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको खबर अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले सातै प्रदेशको सचिवालय तथा सभा सञ्चालन हुने स्थान र कार्यालयको पहिचान गरिएको जानकारी दिए। विज्ञ समितिले प्रदेश १ को इटहरीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँ...

काठमाडौं-तराई फास्ट ट्रयाक खन्न १० ठाउँमा शिविर

नेपालगन्ज । छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ। यसअघि पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो।  यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका छन्। ‘फास्ट ट्रयाक’ निर्माणका लागि एक हजार सैनिक तैनाथ गर्ने तयारी छ। हरेक शिविरमा एक सयभन्दा बढी सैनिक रहने गरी त्यसको व्यवस्थापन...

राष्ट्रिय गौरवको आयोजनाको डिजाइनमै यस्तो त्रुटि

नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौँ रुपैयाँ बजेट छुट्टाउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटीले १० प्रतिशत बजेट पुननिर्माणमा नै सकिने गरेको छ। यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका छन्। सम्बद्ध प्राविधिकहरुका अनुसार डिजाइनमा गरिएको त्रुटीका कारण आयोजनाको निर्माणाधीन संरचना प्रत्येक वर्ष भत्कने र त्यसलाई फेरि बनाउनुपर्ने बाध्यता छ। यसले आयोजनालाई दिएको रकमको १० प्रतिशत रकम पुनर्निर्माणमै खर्चनुपरेको छ। ‘पूर्व पश्चिम फैलिएको मूल नहरले उत्तर दक्षिणतर्फ...

सम्पत्तिमा इच्छापत्रको व्यवस्था हट्ने

नेपालगन्ज । पैतृक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक अन्त्य गर्ने गरी प्रस्तावित इच्छापत्रको व्यवस्थाबाट अन्ततः सरकार पछाडि हटेको छ। संसद्को विधायन समितिले प्रतिवेदन तयार पारी संसद्मा प्रस्तुत गरिसकेको अवस्थामा उक्त व्यवस्था हटाएर विधेयक पारित गर्ने सहमति राजनीतिक स्तरमा भएको हो। इच्छापत्रको व्यवस्था देवानीसंहिता पारित गरेको १८ वर्षपछि लागू हुने गरी प्रस्तावित थियो। यो खबर नारायण काफ्लेले आजको गोरखापत्रमा लेखेका छन्। संहिताको प्रस्तावित व्यवस्थामा अधिकांश महिला सांसदले असहमति जनाउँदै आउनुभएको थियो। पैतृक सम्पत्तिमा...

महिलालाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

काठमाडौं । २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्नसक्नेसम्म बाटो खुला भएको छ । २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलासमेत प्रधानसेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो । यो प्रावधानसँगै महिला सैनिकले सेनाको उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन् । यो खबर रामसूधन तिमल्सिनाले आजको राजधानी दैनिकमा खबर लेखेका छन्। नेपाली सेनामा स्टाफ...

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु !

नेपालगन्ज । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ। उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन्। गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ । राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी...

प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपूर्ति मन्त्रालयले

नेपालगन्ज । नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । यो खबर  दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्। छानबिन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ। इन्धन भण्डरणका लागि निगमले भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा किन्दा भएको घोटालामा संलग्नलाई कारबाही गर्न संसद्‌को सार्वजनिक लेखा समितिले दिएको निर्देशन मन्त्रालयले बेवास्ता गरेको हो। आपूर्ति मन्त्री शिवकुमार मण्डलको मौनताप्रति सार्वजनिक लेखा समिति...

कांग्रेसमा पदको बार्गेनिङ गर्न नयाँ-नयाँ गुट

नेपालगन्ज । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए। सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे। मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो। देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए। यो खबर नवीन झाले आजको अन्नपूर्णमा लेखेका छन्। भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई कार्यवाहक सभापति दिए।...

भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका हुन् । सांसदहरूले राखेको संशोधनअनुसार नै...