पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

एक वर्षको बजेट चार महिनामै सकियो, कुन मन्त्रीले कति खर्च गरे?

काठमाडौं, १२ पुस ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक...

किन भेटेनन् ओली-दाहाल, खटपटको आशंका

काठमाडौं, १२ पुस । वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए। सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए। दुवै नेताले आफूहरूका लागि...

फेरि मन्त्रालयको संख्या बढाउन एमाले र माओवादी नेता लबिङमा

काठमाडौं, ९ पुस । केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ। नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन्। मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका निजामती कर्मचारी बढी सक्रिय भएका छन्। मन्त्रालयको संख्या बढाउन सके प्राविधिक समूहका कर्मचारीतर्फको सचिव हुनेको संख्या बढ्ने र चाँडो अवसर आउने भएकाले उनीहरूले मन्त्रालयको संख्या वृद्धिमा जोड दिएका प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यो खबर पुष्प...

सिलवाल प्रकरणमा मुख्य सचिव र काठमाडौं प्रहरीबीच छलफल

नेपालगञ्ज, ७ पुस । पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ । रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् । प्रहरी स्रोतका अनुसार सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्ने वा पक्राउ नगरी अनुसन्धान सकिएपछि मुद्दा बुझाउँदा पक्राउ गर्नेबारे मुख्यसचिव रेग्मी र धानुकबीच छलफल भएको थियो । रेग्मीले महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी...

एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद् ?

काठमाडौं, ४ पुस । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको बनेको नेकपा –एमाले समानुपातिकतर्फ पनि ठूलो दल बनेको छ । समानुपातिकमा पनि एमाले कांग्रेसलाई १ सिटले जितेर पहिलो पार्टी बनेको हो । समानुपातिकका १ सय १० सिटमध्ये एमालेले ४१ सिट ल्याएको छ । जसअनुसार प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये एमालेले १ सय २१ सिट पाउने भएको छ । एमालेमा अब समानुपातिक सांसद् बन्न दौडधुप सुरु भएको छ । तर,...

निर्वाचन परिणामको असर आरोप–प्रत्यारोपमा कांग्रेस नेता

नेपालगन्ज,३ पुस । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ। यो खबर महेश्वर गौतमले आजको राजधानीमा लेखेका छन्। निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए।‘पार्टीले सिद्धान्तमा जित्यो तर निर्वाचनमा हार बेहोर्नुपर्‍यो,...

प्रदेशमा कर्मचारी पठाउनै सकस

नेपालगन्ज,३ पुस । लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ। केन्द्रिय कर्मचारी निकाय (सीपीए) का रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सबै मन्त्रालयसँग माग गरे पनि मन्त्रालयहरूले विवरण दिएका छैनन्। मन्त्रालयहरूले प्रदेशमा पठाउने कर्मचारीको विवरण पठाउन आनाकानी गरेपछि सामान्य आफैंले कर्मचारीको पीआईएस (पर्सनल इन्फर्मेसन सिस्टम)को आधारमा...

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

नेपालगन्ज,३ पुस । अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ। यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्। अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ। नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतंककारी गतिविधि, दंगा नियन्त्रण, सीमा...

प्रदेश संरचनामा कति खर्च ?

नेपालगन्ज,२ पुस । संघीयता कार्यान्वयनको केन्द्रबिन्दू मानिएको प्रदेशसभाका लागि आवश्यक संरचना तयार गरी सेवा सुरु गर्न तत्काल ४ अर्ब ५५ करोड रुपैया लाग्ने देखिएको छ । प्रदेश तहको अस्थायी संरचना निर्माणका लागि करीब ६३ करोड, भवन निर्माणका लागि २ अर्ब ४५ करोड र कर्मचारी व्यवस्थापनका लागि १ अर्ब ७५ करोड गरी  तत्काल ४ अर्ब ५५ करोड लाग्ने सरकारी अनुमान रहेको कान्तिपुर दैनिकमा खबर छापिएको छ  । ...

सरकार गठनमा एमाले-माओवादी तयारी यस्तो छ

नेपालगन्ज, २८ मंसिर । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्। दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ मंसिरमा यी दुई नेताबीच छलफल भएको थियो। त्यसयता ओली-दाहाल भेट...