पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

संसद पदाधिकारीको यस्तो छ तलब र सुविधा

काठमाडौं, ३० फागुन । संघीय संसदको बैठक सुरु भएको एक साता बितेको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।  संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो । सविधानको द्दारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक,...

अर्थमन्त्री किन जाँदैछन् भारत ?

नयाँ दिल्ली, ३० फागुन । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आउँदैछन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली आउन लागेका हुन् । तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा कि नोट स्पिकर (मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उद्घाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च साझा गर्नेछन् । वाम गठबन्धनको नेतृत्वमा बनेको...

विमान दुर्घटना आयोगले काम थाल्याे, अडियो सार्वजनिक भएकामा आपत्ति

काठमाडौँ, ३० फागुन। यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो । ‘आयोगले  काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ। आयोगलाई १ सय ५० दिनको समय दिइएको छ। यसैबीच कान्तिपुर लेख्छ-  एयर ट्राफिक कन्ट्रोलर...

यसरी फेरिँदैछ सत्रवटै मन्त्रालयको संरचना

 काठमाडौँ, २२ फागुन । सरकारले सत्रवटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्ने तयारी गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा मन्त्रालयका सचिवको दिनहुँ बैठक हुने गरेको छ । प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी, राख्ने,शाखा,महाशाखा कति राख्ने, विभागहरू कति राख्ने भन्नेवारेमा विषयगत रूपमा छलफल भइरहेको छ । बैठक...

शशांकको निष्क्रियताले सिंहको भोट घट्यो!

 काठमाडौँ, २२ फागुन । पौडेल पक्षका नेता भएर पनि महामन्त्री डा. शशांक कोइराला दलको नेता चयन प्रक्रियामा सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खसेको कांग्रेसभित्र चर्चा छ। निर्वाचित पदाधिकारी र प्रभावशाली नेता भएर पनि सिंहको प्रस्तावक नबन्दैदेखि कोइरालाको निष्क्रियताप्रति शंका गरिएको थियो । कोइराला सिंहको प्रस्तावक पनि बसेनन्, उम्मेदवारी दर्ताको प्रक्रियामा पनि सहभागी भएनन् । तर, सोमबार दलको नेता चयनका लागि भोट हाल्न भने पुगे । यो खबर हामीले आजको नयाँ...

भीआईपीलाई विशेष सुरक्षा, कसलाई कति सुरक्षाकर्मी?

 काठमाडौँ, २२ फागुन । गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रदेश प्रमुखलाई अतिविशिष्ट व्यक्तिका रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको हो। गृहले अतिविशिष्ट, विशिष्ट, मध्यम स्तर र सामान्य स्तर गरी चार तहमा सुरक्षा व्यवस्था तर्जुमा गरेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले पारित गरेको सुरक्षा...

संसदमा मोबाइल प्रयोगमा बन्देज, अभद्रलाई १५ दिन निलम्बन

काठमाडौँ, २२ फागुन । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। कार्याविधि अनुसार सभामुखको आसनको अवहेलना गर्ने वा सभाको...

प्रदेशमा विद्रोह भए केन्द्रीय फौजले नियन्त्रण गर्ने

काठमाडौं, २० फागुन । सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ। केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति-सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले तयार पारेको नयाँ आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन २०७४ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। गृह...

एमाले–माओवादीका सांसदलाई प्रशिक्षण, के भने ओली र प्रचण्डले ?

काठमाडौं, २० फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सरुवा–बढुवाका फाइल लिएर आफूकहाँ नआउन दुई पार्टीका सांसदलाई निर्देशन दिएका छन् । विकास निर्माणका फाइल बोक्न उनले सांसदहरूलाई सुझाए । ‘आफ्ना नातेदार, दाइभाइ पर्नेलाई प्राथमिकता नदिई विकास र समृद्धिको दिशातिर लाग्नुहोस्, देश विकासका लागि सांसदको ठूलो भूमिका हुने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुहास्,’ ओलीले भने । अहिलेको संसद् विगतको जस्तो परम्परागत नभएको भन्दै ओलीले आफ्नो भूमिकालाई सदुपयोग गर्न सांसदहरूलाई निर्देशन दिए...

पैसा लेनदेनकै कारण आठको हत्या

नेपालगन्ज, २० फागुन । खाडी मुलुक कतारमा पक्राउ परेका ‘सिरियल किलर’ सकिल हुसेनले पैसाको लेनदेनकै कारण सप्तरी र सुनसरीमा आठ जनाको ज्यान लिएको तथ्य फेला परेको छ । कान्तिपुरले समाचार लेखेको छ, ”उनले आफ्नै श्रीमती र सासू–ससुराको पनि ज्यान लिएको मुद्दा प्रहरीमा दर्ता छ ।’ अवधेश कुमार झाले लेखेको समाचारमा सप्तरीको टिकुलिया गाविस–७ घर भई कुसहा गाविस–६ बसिरहेका हुसेनलाई कतारमा इन्टरपोलले यसै साता पक्राउ गरेको उल्लेख गरेको छ । समाचारमा ‘सिरियल किलर’...