पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

न्यायाधीशहरू विदेशी कार्यक्रममा जाँदा सरकारको अनुमति लिएर मात्र जानुपर्ने

नेपालगन्ज, १२ चैत । कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले न्यायपालिकालाई एनजीओ र बाह्य नियन्त्रणबाट मुक्त गरिने उद्घोष गरेका छन्। नेपाल बार एसोसिएसनको सम्मेलन समापनमा मन्त्री तामाङले यस्तो उद्घोष गरेका हुन्। न्यायपालिका आईएनजीओ र एनजीओको प्रभावमा परेको भन्दै जनगुनासा बढिरहेका बेला मन्त्री तामाङबाट यस्तो भनाइ आएको हो। उनले न्यायाधीशहरू विदेशी कार्यक्रममा जाँदा सरकारको अनुमति लिएर मात्र जानुपर्नेसमेत बताए। उनले न्यायपालिकालाई सक्षम र प्रभावकारी बानाउन पर्याप्त स्रोत साधन सरकारबाट उपलब्ध हुने बताउँदै...

यी हुन् ओलीसँग भारतका प्राथमिकता

नयाँ दिल्ली, १२ चैत । भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए । उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनका लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले...

प्रहरीमा अब आन्तरिक बढुवा प्राथमिकतामा

काठमाडौं, १२ चैत । प्रहरी निरीक्षकको रिक्त दरबन्दीमा खुला तथा आन्तरिकबाट बराबरी भर्ना लिई पदपूर्ति गर्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयमा आइतबार संघीय प्रहरी ऐनको मस्यौदामा भएको छलफलमा खुला र आन्तरिक बढुवाबाट ५०/५० प्रतिशतबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको हो । संघीय प्रहरी ऐनको मस्यौदा सम्बन्धी दोस्रो दिनको छलफलमा सहभागीहरूले अनुभवका आधारमा पनि आन्तरिक बढुवालाई प्रश्रय दिनुपर्ने धारणा राखेपछि ५० प्रतिशत आन्तरिक बढुवाको प्रस्ताव गरिएको हो । यसअघि खुलाबाट ६०...

समस्यै समस्यामा प्रदेश, प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीहरुसँग ६ घण्टा छलफल

काठमाडौं, ८ चैत । केन्द्र सरकारले प्रदेशका समस्या समाधानमा चासो देखाएको छ।प्रधानमन्त्री केपी ओलीले प्रदेशले भोग्नुपरेका समस्या, विकास आयोजना र कार्यसञ्चालनका प्रक्रियाबारे जानकारी लिने उद्देश्यले आयोजना गरेको छलफलमा प्रदेशका समस्या समाधानमा चासो लिएको हो। केन्द्र र प्रदेश सरकारबीच बुधबार ६ घण्टासम्म छलफल भएको थियो। छलफलमा प्रदेश मुख्यमन्त्रीले प्रदेशका समस्या राखेका थिए। मुख्यमन्त्रीका समस्या सुनेपछि प्रधानमन्त्री ओलीले प्रदेशका समस्या समाधान गर्न केन्द्रले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रदेश १ का...

डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडौं, ८ चैत । एपेक्स बैंक घोटाला प्रकरणमा राष्ट्र बैंककै मिलेमतो रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । समाचारमा राष्ट्रबैंकका गर्भनर चिरञ्जिवि नेपालको भूमिका माथि प्रश्न उठाउँदै भनिएको छ–राष्ट्र बैंकको प्रतिवेदनले २ माघ २०७३ मै कारबाही सिफारिश गरेपनि १२ बैंशाख ०७४ सम्म गर्भनर नेपाल मौन बसे । किनकी  बैंकका तत्कालिन अध्यक्ष विष्णु धितालले राजनीतिक मात्र होइन, गर्भनर नेपालको संरक्षण पनि सुनिश्चित गरिसकेका थिए । त्यसैले कारबाहीमा आलटाल गर्ने...

यूएस-बंगला विमान दुर्घटना बीमा : १० करोडसम्म पाउने

काठमाडौं, ८ चैत । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्। अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा...

‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

काठमाडौँ, ८ चैत । गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए । तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन् । कान्तिपुर लेख्छ- एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत...

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

काठमाडौं, ७ चैत ।  विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगी अन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द चाँदबाग स्कुलविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय र रातो बंगला, युलेन्स, जेम्स र...

अबोध बालकको हत्या कसरी राजनीतिक?

धनगढी ६ चैत्र । रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्। आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाइ छ। ‘अपराधीलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्यको महसुस हुन्छ,’ टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउँदका ६५ वर्षीय हजुरबा जंगबहादुर...

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

काठमाडौं, ४ चैत । दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने...