पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आज

काठमाडौँ, २० फागुन ।  प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आइतबार हुँदै छ भने दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्ररम्भ हुने भएको छ। अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनेछन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य यादव राजपा अध्यक्षमण्डलका नेता हुन् भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्ट कांग्रेस नेत्री हुन्। राष्ट्रियसभामा मन्त्रिपरिषद्बाट सिफारिस भएका तीन सदस्यको...

छोरी जन्मिए खातामा २५ हजार !

 फागुन २०, नेपालगन्ज । रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । नयाँ पत्रिका दैनिकले आफ्नो समाचारमा लेखेको छ, ‘ लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।’ समाचारका अनुसार छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट...

भन्सार जाँचपासमा कडाइ, सिमापारी सामान ‘होल्ड’ गर्दै व्यापारी

फागुन २०, नेपालगन्ज । न्यून बिजकीकरणमार्फत हुँदै आएको राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयले भन्सार जाँचपासमा कडाइ गर्न थालेपछि व्यापारीले आयात गर्न ठिक्क पारेको सामान सीमापारि नै ‘होल्ड’ गर्न थालेका छन्। अन्नपूर्ण पोस्ट दैनिककमा प्रकाशित समाचारका अनुसार अर्थ मन्त्रालयले बुधबार भन्सार विभागलाई पत्र लेखेर सन्दर्भ मूल्यभन्दा कममा भन्सार मूल्यांकन नगर्न निर्देशन दिएको थियो। मंगलबार अर्थमन्त्रीले मौखिक रूपमा दिएको निर्देशन बुधबारै भन्सार विभागले सबै भन्सार कार्यालयलाई जानकारी गराएको थियो। मन्त्रालयमा शुक्रबार बोलाइएको बैठकमा...

थप ६ विमान किन्दै नेपाल एयरलाइन्स

काठमाडौँ, १६ फागुन । नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ। यो खबर आजको नयाँपत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन्। यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी ए ३३० विमान ल्याइसक्ने तयारीमा रहेको एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानकै लागि थप २ ए३२० सिरिजका न्यारोवडी विमान खरिद गर्ने योजनामा रहेको छ। त्यस्तै निगमले आन्तरिक उडान गर्न ४ ट्वीनअटर...

छाउ बार्न बुहारीलाई बाध्यकारी, छोरीलार्इ छुट

कालिकोट, १६ फागुन । कालिकोटको कालिका गाउँपालिका-६ निवासी पवित्रा खत्री छाउपीडित बुहारी हुन्। उनका सासूससुराले बुहारी कहिले महिनावारी हुन्छे भन्नेसम्मको हेक्का राख्छन्। महिनावारी भएको समयमा पवित्रालाई घरभित्र पस्न प्रतिबन्धजस्तै छ। दैलेख कुसापानी माइती भएकी पवित्रा महिनावारी हुँदा घर पर बनाइएको छुट्टै कोठामा बस्न बाध्य छिन्। महिनावारी हुँदा घरमा बस्दा अशुभ हुने, देवताले नहेर्ने तथा घरमा केही न केही क्षति हुने मान्यता उनका सासू-ससुराको छ। ‘पराइ घरका हामीलाई सासूससुराको भावनात्मक माया...

सरकारले पूर्णता नपाउनुका चार कारण

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। एमालेबाट आठ तथा माओवादीका सातजना मन्त्री नियुक्त गरेर पूर्णता दिने योजनामा प्रधानमन्त्री थिए । तर, संघीय समाजवादी फोरमले पनि सोमबार सरकारमा सहभागी हुने संकेत गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी धकेलिएको...

संसद् भवनको ढोका बन्द भएको छैनः रेशम चौधरी

कैलाली, १५ फागुन । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ । अदालत परिसरमै पत्रकारसँग कुराकानी गर्दै चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालतप्रति भरोसा जनाएका छन् ।...

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न नै ५ लाख

काठमाडौं, १५ फागुन । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ। त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्न्याक्स शीर्षकमा ६ हजार पाँच सय रुपैयाँ...

डीएसपी पत्नी छोरासहित घर निकाला

नेपालगन्ज, १५ फागुन । काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । यो खबर ठाकुरसिंह थारुले आजको कान्तिपुरमा लेखेका छन्। उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी...

माओवादीमा प्रत्यक्ष जितेका अधिकांश मन्त्रीका आकांक्षी

काठमाडौँ, १४ फागुन । माओवादीमा प्रत्यक्ष निर्वाचन जितेका अधिकांश सांसद मन्त्री बन्न लबिङ गरिरहेका छन् । प्रत्यक्षतर्फ माओवादीले ३६ सिट जितेको थियो । माओवादीको भागमा सातवटा मन्त्रालय मात्रै परेका छन् । माओवादीले सबै प्रदेश, क्षेत्र, क्लस्टर र लिंगसमेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने निर्णय गरिसकेको छ । देउवा सरकारमा नगएका तथा यसअघि कम अवसर पाएकालाई प्राथमिकतामा राखिएको छ । बिहीबार पूर्वहेडक्वार्टर बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि अध्यक्ष प्रचण्ड,...