पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

अब यसरी हुन्छ राष्ट्रपति निर्वाचन

नेपालगन्ज, ११ फागुन ।  नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको हो, नयाँ पत्रिकामा खबर छ । राष्ट्रपतिको निर्वाचन काठमाडौंमा हुनेछ । आयोगले प्रकाशित गरेको कार्यतालिका अनुरूप निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनको दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्नेछ । सोही दिनको सवा १ देखि...

माओवादीलाई सात मन्त्रालय : गृहका लागि हानथाप

नेपालगन्ज, ११ फागुन ।  एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्। माओवादीबाट गृहमा रामबहादुर थापा (बादल), वर्षमान पुन, जनार्दन शर्मासम्मले दाबी प्रस्तुत गरेका छन्। थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई सुरुमा दबाब बढाएका थिए। तर, प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री...

अब संघीय सरकारमा १७ मन्त्रालय रहने

नेपालगन्ज, ११ फागुन । अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन्। अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन्। अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन्। मन्त्रालय गाभिएस“गै एक दर्जन सचिव फाजिल (जिम्मेवारीविहीन) हुने भएका छन्। जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अब मन्त्रालयको संख्या बढीमा १७ वटासम्म...

‘कवाडी’ को भाउमा हेलिकप्टर बेच्दै सेना

काठमाडौँ, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ, कान्तिपुरमा खबर छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण...

किन थन्किए निगमका जहाज ?

काठमाडौँ, १० फागुन । चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् । पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् । निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १०...

अन्तत: मिले एमाले-माओवादी, कम्युनिस्ट राजनीतिमा ऐतिहासिक परिघटना

काठमाडौं, ८ फागुन ।  नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र...

चीनले माग्यो रेल प्रस्ताव

नेपालगन्ज, ७ फागुन । चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रूपमा विस्तृत प्रस्ताव मागेको छ । वाम गठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भइरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो । यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका छन्। नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नेपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएका हुन् । ‘हामीले प्राविधिक तथा भौगोलिक अध्ययन गर्‍यौं, निकै खर्चिलो छ तर असम्भव छैन,’...

राष्ट्रियसभा सदस्यका लागि तीन नाम सिफारिस तर गोप्य

नेपालगन्ज, ७ फागुन । तीन सदस्यीय मन्त्रिपरिषद्को आइतबार बसेको दोस्रो बैठकले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै तीन जनाको नयाँ नाम सिफारसिस गरेको छ। यो खबर गोरखापत्र दैनिकले लेखेको छ  तर नाम भने गोप्य राखिएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको गोरखापत्रसँग बताएका छन् । तर उनले ती नामहरु सार्वजनिक गर्न अस्वीकार...

संसदीय दलमा देउवालाई सर्वसम्मत नदिने

नेपालगन्ज, ७ फागुन । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्। यो खबर रमेश र मधुसुधनले आजको नयाँ पत्रिकामा लेखेका छन्। संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन्। स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा छन्। सिंह...

अस्पताललाई भएभरको सम्पत्ति, श्रीजंग शाह दम्पतीले दिए १ अर्ब दान

नेपालगन्ज, ७ फागुन । आत्मसन्तुष्टिका लागि केसम्म गर्दैनन् मानिसहरू ? कोही मठमन्दिर पुग्छन् त कोही ध्यानकेन्द्र धाउँछन् । कोहीचाहिँ बिलासी गाडी किन्छन्, भव्य महल बनाउँछन् । नेपालगन्जको एक वृद्ध दम्पतीले भने भएजति जायजेथा अस्पताललाई दान गरेको छ । उनीहरूले दान गरेको सम्पत्तिको मूल्य चलनचल्तीमा एक अर्ब रुपैयाँभन्दा बढीको छ । नेपालगन्जका ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी...