पत्रपत्रिकाबाटमा रहेका समाचारहरु
नेपालगन्ज, ५ फागुन । देशमा मुख्यमन्त्री र मन्त्रीहरू धमाधम शपथ लिँदैछन् । निकै उत्साहितसमेत छन् । तर मन्त्रालय पुगेपछि उनीहरूको उत्साह एकाएक मर्छ । मन्त्रालयमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव त छँदै छ, कहाँबाट कसरी कुन स्रोत र कसलाई परिचालन गरेर काम थाल्ने टुंगो लाग्न नसक्दा अलमलमा पर्छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। प्रदेशका मन्त्रालयहरू मातहत कुन–कुन कार्यालय रहने हो, कहिलेसम्म खुल्ने, केन्द्रबाट कहिले हस्तान्तरण हुने, त्यसको सुनिश्चितता छैन । त्यसैले काम के...
काठमाडौं, ५ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री...
काठमाडौं, ४ फागुन । एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे। ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनुहोला’, टेलिफोनमा देउवाले ओलीलाई भने। त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्बाङ देउवालाई कुरेर बसे। केहीबेरमा...
काठमाडौं, ४ फागुन । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ।तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ...
फागुन ४, नेपालगन्ज । निर्वाचन घोषणायता शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति, दूरगामी महत्वका सबै निर्णय मन्त्रिपरिषद्को निर्णयबाट खारेजका लागि प्रस्ताव गरेको छ। त्यस्तै, मुलुकको अर्थतन्त्रले धान्न नसक्ने गरी सामाजिक सुरक्षा भत्तालगायतका विषयमा गरेका निर्णय फिर्ता गर्ने प्रस्ताव छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। नयाँ सरकारका विकास र सुशासनका कार्यक्रम तयार गर्न गठित कार्यदलले योजना र कार्यक्रमको गृहकार्य अन्तिम चरणमा पु¥याएको छ । कार्यक्रमलाई शनिबार अन्तिम रूप दिएर...
काठमाडौँ, २ फागुन । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हटाएर खस–आर्यतर्फ पुरुष र महिला गरी एक/एकजना थपेको थियो । तर, आयोगले थपिएका दुईजनाको नाम अस्वीकार गर्दै सच्याउन भनेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । कांग्रेसका अनुसार आयोगले खसआर्य समूहको अन्तिममा रहेका पुरुष र महिलाको नाम काटेर पिछडिएको क्षेत्रमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका पुरुष र महिलाको नाम थप्न भनेको छ । आयोगको निर्देशनअनुरूप पठाउँदा खस–आर्य पुरुषको अन्तिममा रहेका...
नेपालगन्ज, २८ माघ । सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकैठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ। यो खबर मधुसूदन रायमाझीले आजको नेपाल समाचार पत्रमा लेखेका छन्। सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृतरूपमा एउटै प्रशासनिक भवन निर्माण गर्न लागेको हो। शहरी विकास तथा भवन निर्माण विभागले एकीकृत भवन निर्माणका लागि स्थान छनोट र भवनको डिजाइनको काम अन्तिम चरणमा पुर्याएको छ। बबरमहलस्थित वन विभाग परिसरभित्रको ८५ रोपनी...
नेपालगन्ज, २८ माघ । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ । माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेका थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल...
नेपालगन्ज, २८ माघ । एमाले नेतृ सुजिता शाक्य समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन्। ५ नम्बर प्रदेशका मुख्यमन्त्री पक्का पक्की भएकाले एमाले नेता शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटबाट समानुपातिक सांसद भएकी हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। जनजाति कोटाबाट सांसद बनेकी शंकर पोख्रेलकी पत्नी सुजिता ब्राह्मण कि जनजाति? प्रतिनिधिसभामा सदस्य मेटमणि चौधरी भन्छन्, ‘ब्राह्मणसँग बिहे गरेपछि त उहाँ ब्राह्मण हुनु पर्ने हो नि, कसरी जनजाति हुनुभयो?’ माओवादीकी यशोदा गुरुङ समानुपातिक...
नेपालगञ्ज, ९ माघ । सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४-०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ । यो खबर सुरेन्द्र पौडेलले आजको नागरिकमा लेखेका छन्। ‘अति विशिष्ट व्यक्ति (भिभिआइपी) को...