पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

एक खर्ब ढाँटेर बजेट बनाइयो

नेपालगञ्ज, ९ माघ । सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यस वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो । तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यस वर्ष एक रुपैयाँ पनि...

एकीकृत पार्टीको कार्यदिशामा ओली-प्रचण्डबीच समझदारी

काठमाडौं,७ माघ ।  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ। सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक-राजनीतिक पक्षको ‘डकुमेन्टेसन’ का लागि कार्यदल बनाउनेछ। एमाले अध्यक्ष...

रामचन्द्र पौडेल पक्षको निर्णयले कांग्रेसमा अन्योल

काठमाडौँ, ७ माघ । विधान विपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले गरेपछि कांग्रेसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ । कान्तिपुर दैनिक लेख्छ- पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन्...

१९ हजार कर्मचारी भ्रष्टाचार कारबाहीमा पर्ने

काठमाडौं, ७ माघ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार निर्धारित समयमा सम्पत्ति विवरण  नबुझाउने १९ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने भएका छन् । निर्धारित समयमा सम्पत्ति विवरण नुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएपछि उनीहरु कारबाहीमा पर्ने भएका हुन् । राष्ट्रिय सर्तकता केन्द्रले आव २०७३÷७४ मा सम्पत्ति विवरण नबुझाउने १९ हजार १ सय ४० जना राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार समक्ष सिफारिस गर्ने तयारी गरेको छ, अन्नपूर्ण पाेस्टमा खबर छ। ...

के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

काठमाडौँ, ५ माघ ।  जनताका  सरकारी काम स्थानीय तहमै हुने हुँदा जनप्रतिनिधिले  मात्र राजधानी जानुपर्ने आजको नयाँ पत्रिकाले छापेको छ | जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला सदरमुकाम जानुपर्नेछ । घरजग्गा धनी पुर्जा वितरणसेत स्थानीय तहबाटै हुनेछ । जग्गाको नामसारी तथा किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा पनि स्थानीय तहमै उपलब्ध हुन्छ । सम्पत्ति कर, घरबहाल कर,...

कल्याण गुरुङले बोल्दा रिसाएर विमलेन्द्र निधिलाई बोल्न माइक दिए देउवाले

काठमाडौँ, ५ माघ । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखेको खबर नयाँ पत्रिकामा छापिएको छ । बैठकमा युवा नेता कल्याण गुरुङ सुरुदेखि नै आक्रामक ढंगले प्रस्तुत भए । उनले...

अर्को वर्षदेखि नेपालको बिजुली बचतमा

काठमाडौँ, ३ पुस । आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो वर्षदेखि वर्षात्को समयमा विद्युत् बचत हुने भएका कारण भारतबाट आयात गर्नु नपर्ने देखिएको हो। तथ्यांकअनुसार अर्को वर्षदेखि नै वर्षायाम (वैशाखदेखि मंसिरसम्म)मा विद्युत् मागको तुलनामा आपूर्ति...

यसकारण सहज छैन कोइरालाहरूलाई आफैँ अघि बढ्न

काठमाडौँ, ३ माघ । कांग्रेसमा कोइराला विरासत फर्काउन शशांक, सुजाता र शेखर लागेको भनेपनि  त्यति सहज नभएको आजको नयाँ पत्रिकाले छापेको छ  । नेता रामचन्द्र पौडेलदेखि अरू प्रभावशाली नेताको झुन्डलाई विश्वासमा लिने र मिलाउनुपर्ने बाध्यतामा उनीहरू छन् । प्रकाशमान सिंह, डा. रामशरण महत, असन्तुष्ट युवा नेताहरूलाई कसरी मिलाएर लैजाने भन्ने चुनौतीपूर्ण छ । पहिले आफ्नै गुटमा रहे पनि १३औँ महाधिवेशनबाट देउवातिर सरेका अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, चन्द्र भण्डारी, फरमुल्लाह...

कांग्रेसमा तिक्तता चुलियो, पौडेलले यस्तो माग राख्दा देउवा बोलेनन्

काठमाडौं, २ माघ । आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे छलफल भएको थियो । बैठकमा आफूले कांग्रेस विधानविपरीत गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति खोरजीको माग गरेको...

अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी

काठमाडौं, २ माघ । सरकारले अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । दलहरूबीचको औपचारिक तथा अनौपचारिक संवादपछि सरकारले दलीय भागबन्डामै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो । दलहरूबीच प्रदेश प्रमुखका विषयमा सहमति भएको र मंगलबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रदेश प्रमुखका विषयमा लगभग सहमति...