स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

डा.कुमार पोख्रेलद्वारा पदबाट राजीनामा

अर्पणा योगी/नेपालगन्ज,२६ साउन।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा. कुमार पोख्रेलले  सह-निर्देशक पदबाट राजीदिनु भएको छ। बिगत ३ बर्ष देखि अस्पतालको सह-निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आउनुभएका डा.पोख्रेलले बिरामीहरुको उपचारलाई प्राथमिकता दिदै पदबाट राजीनामा दिई चिकित्सकिय पेशामा फर्किनु भएको हो। त्रि.बि.शिक्षण अस्पताल महाराजगंजबाट चर्म रोग सम्बन्धी बिशेषज्ञता हासिल गर्नुभएका डा.पोख्रेल नेपालगन्ज मेडिकल कलेजको सह-प्राध्यापकको रूपमा समेत कार्य गर्दै आउनुभएको छ। ...

स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईलाई कारवाहीको लागी सिफारिश

जाजरकोट, २६ साउन। महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उहाँलाई कारवाही प्रक्रिया अघि बढाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्के अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएकाले निजलाई स्वास्थ्य सेवा...

अस्पतालमा पञ्जासमेत बिरामीले किन्नुपर्ने

धादिङ, २५ साउन। जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था...

राप्ती अञ्चल अस्पताल निमित्त प्रमुखका भरमा

तुलसीपुर, २३ साउन । दश वर्षअघि यस क्षेत्रका नागरिकको जनसहभागितामा निर्मित तुलसीपुरको ‘राप्ती अञ्चल अस्पताल’ डेढ वर्षदेखि निमित्त प्रमुखका भरमा चलिरहेको छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट नहुँदा अस्पतालको सेवा प्रवाहमा असहजता आएको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पताल सिफारिश केन्द्रका रुपमा मात्र रहेको नागरिकको गुनासो छ । मङ्गलबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ की राधा पाण्डेयले आफूलाई इण्डोस्कोपी...

कोरियन भाषा परीक्षा उत्तीर्णको स्वास्थ्य परीक्षण भदौ ४ देखि

काठमाडौं – सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ । यो वर्ष ७ हजार ९९६ जना भाषा परीक्षा पास भएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । स्वास्थ्य परीक्षणमा...

त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं, १८ साउन । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरे। सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ । प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस्पताल निर्माण भएको थियो । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पपछि उक्त भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द...

नेपालगन्जका अस्पतालमा बढे झाडापखाला, टाइफाइड र छालाजन्य रोगका विरामी

नेपालगञ्ज, ११ साउन । गर्मी र बर्षाले नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा झाडापखाला, टाइफाइड र छालाजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । दूषित पानीको प्रयोग र घर बाहिरको अस्वस्थ खानाका कारण झाडापखाला र टाइफाइडका बिरामी  अस्पतालमा बढेको चिकित्सकहरुले बताएका छन् । नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डाक्टर सुभाष योगीले बदलिएको मौसममा अस्वस्थकर खानेकुरा र सरसफाईको कमीका कारण विरामी बढेको बताउनुभयो । सरसफाईमा ध्यान नपुग्दा बिशेष गरी बालबालिकाहरुलाई बढी झाडापखालाले सताउने...

भेरी अस्पतालमा सिकलसेलको निःशुल्क परिक्षण

नेपालगञ्ज, साउन ११ । भेरी अञ्चल अस्पताल नेपालगञ्जले सिकलसेल एनिमियाको निःशुल्क परिक्षण शुरु गरेको छ । एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले सिकलसेल जाँच पनि निःशुल्क गरेको हो । अस्पतालले यसअघि सिकलसेल परिक्षण गर्न एक हजार रुपैयाँ लिँदै आएको थियो । विरामीको स्वास्थ्यलाई ख्याल गरी सिकलसेल एनिमिया जाँच निःशुल्क गरिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिनुभयो । थारु समुदायमा मात्र देखिएको सिकलसेल...

आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ,१० श्रावण — नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउन जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । २७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा। डा गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो। साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य चाँडो वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि संज्ञले आग्रह गरेको...

सेनापती क्षत्रिद्वारा नेपालगन्जको राँझामा सैनिक अस्पतालको उदघाटन

राधा आचार्य,नेपालगन्ज,७ साउन। नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षत्रिद्वारा नेपालगन्जको राँझामा सैनिक अस्पतालको उदघाटन सगै बिभिन्न गणहरुको निरिक्षण गरेका छन। ४ नम्बर बाहिनी सगै रहेको ५० शैयाको अस्पतालको सोमबार प्रधान सेनापति क्षत्रिको उद्घाटन सगै अस्पताल शुरू भएको छ।सेनाका डा.नरेन्द्र बास्कोटा प्रमुख रहेको सैनिक अस्पतालमा बहिरङ्ग बिभागका साथै अन्य सेवाहरु पनि शुरू गरिएको छ। यस्तै सेनापती क्षत्रिले बाँकेको एक सैनिक गणको निरिक्षण गरेका छन। निरिक्षणका क्रममा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षारथ...